विराटनगरः विराटनगरमा नक्कली नोटको कारोबार गिरोह नै संलग्न रहेको खुलासा भएको छ ।

केही व्यक्तिहरूले नक्कली नोटको अवैध कारोवार गरिरहेका छन् भन्ने विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयले विशेष टोली परिचालन गरी कारोबारमा संलग्नलाई पक्राउ गर्न सफल भएको हो ।


कार्यालयबाट गोप्य रूपमा त्यस्ता ब्यक्तिहरूको खोजतलास तथा निगरानी गर्दै जाने क्रममा शुक्रबार विराटनगर महानगरपालिका वडा नम्बर ९ स्थित रघुनाथ पेट्रोल पम्प पछाडिको गल्लीमा शंकास्पद अवस्थामा हिडिरहेका बेला दुई जना पक्राउ परेको मोरङका एसपी सन्दीप भण्डारीले बताउनु भयो ।

पक्राउ पर्नेमा विराटनगर ६ बस्ने बर्ष २२ को संगित महतो र विराटनगर ७ बस्ने बर्ष २१ को सुमन तोलाङी छन । महतोको शरीर खानतलासी गर्दा निजको साथबाट नक्कली जस्तो देखिने नेपाली रूपैया ५०० दरका १५० थान, रू ७५००० (पचहत्तर हजार) र निजसँगै रहेका जिल्ला मोरङ विराटनगर ७ बस्ने बर्ष २१ को सुमन तोलाङीको साथबाट नक्कली जस्तो देखिने नेपाली रूपैया ५०० दरका १९८ थान, रू ९९००० (उन्नासय हजार) गरी जम्मा नेपाली रूपैया ५०० दरका ३४८ थान, रू. १,७४,००० (एकलाख चौरहत्तर हजार) नक्कली नेपाली रूपैया फेला परेको भण्डारीले बताउनु भयो ।

दुवै जनालाई नियन्त्रणमा लिई उक्त नक्कली नोटहरू बरामद गरी आइतबार खोटा चलन मुद्दामा सम्मानित मोरङ जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.