Articles by "मुख्य खबर"

Showing posts with label मुख्य खबर. Show all posts

श्रावण ९, २०७४ 
प्रधानमन्त्री शेर बहादुर देउवाले भोली सरकार विस्तार गर्ने तयारी गर्नुभएको छ । आफ्नो नेतृत्वमा सरकार गठन भएको डेढ महिना भईसक्दा समेत सरकार विस्तार गर्न नसकेको भन्दै आलोचना खेपेका प्रधानमन्त्री देउवाले भोली मन्त्रीमण्डल विस्तार गर्न लाग्नुभएको हो । संविधान संशोधन प्रक्रियामा जानुअघि राजपा, राप्रपा, संघीय समाजवादी फोरम लगायत दललाई पनि समावेश गर्न प्रयास गर्नुपर्ने भएकाले ढिलाई भएको प्रधानमन्त्री देउवा निकटका नेताले बताउँदै आएका छन् । यद्यपी सत्तारुढ माओवादी केन्द्रले समेत प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद विस्तारमा गरेको ढिलाईको आलोचना गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजधानीमा हिजो आयोजित एक कार्यक्रममा मन्त्रीपरिषद विस्तारमा भईरहेको ढिलाई प्रति प्रधानमन्त्री देउवाको आलोचना गर्नुभएको थियो । देउवाले कंग्रेसबाट मिन विश्वकर्मा, रामकृष्ण यादव, कमला पन्त, धनराज गुरुङ, मोहनबहादुर बस्नेत, भिमसेनदास प्रधान लगायतलाई मन्त्रीमण्डलमा लैजाने सम्भावना छ । सत्तारुढ दलबीच भएको सहमति अनुसार माओवादी केन्द्रबाट महेन्द्र बहादुर शाही, सिता नेपाली, गिरिराज मणी पोखरेल, शिवकुमार मण्डल, हितराज पाण्डे टेकराज बस्नेत लगायतको नाम चर्चामा छ ।


विराटनगरः विराटनगरमा नक्कली नोटको कारोबार गिरोह नै संलग्न रहेको खुलासा भएको छ ।

केही व्यक्तिहरूले नक्कली नोटको अवैध कारोवार गरिरहेका छन् भन्ने विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयले विशेष टोली परिचालन गरी कारोबारमा संलग्नलाई पक्राउ गर्न सफल भएको हो ।


कार्यालयबाट गोप्य रूपमा त्यस्ता ब्यक्तिहरूको खोजतलास तथा निगरानी गर्दै जाने क्रममा शुक्रबार विराटनगर महानगरपालिका वडा नम्बर ९ स्थित रघुनाथ पेट्रोल पम्प पछाडिको गल्लीमा शंकास्पद अवस्थामा हिडिरहेका बेला दुई जना पक्राउ परेको मोरङका एसपी सन्दीप भण्डारीले बताउनु भयो ।

पक्राउ पर्नेमा विराटनगर ६ बस्ने बर्ष २२ को संगित महतो र विराटनगर ७ बस्ने बर्ष २१ को सुमन तोलाङी छन । महतोको शरीर खानतलासी गर्दा निजको साथबाट नक्कली जस्तो देखिने नेपाली रूपैया ५०० दरका १५० थान, रू ७५००० (पचहत्तर हजार) र निजसँगै रहेका जिल्ला मोरङ विराटनगर ७ बस्ने बर्ष २१ को सुमन तोलाङीको साथबाट नक्कली जस्तो देखिने नेपाली रूपैया ५०० दरका १९८ थान, रू ९९००० (उन्नासय हजार) गरी जम्मा नेपाली रूपैया ५०० दरका ३४८ थान, रू. १,७४,००० (एकलाख चौरहत्तर हजार) नक्कली नेपाली रूपैया फेला परेको भण्डारीले बताउनु भयो ।

दुवै जनालाई नियन्त्रणमा लिई उक्त नक्कली नोटहरू बरामद गरी आइतबार खोटा चलन मुद्दामा सम्मानित मोरङ जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

उदयपुर, २५ मंसिर । उदयपुरमा तीर्थयात्री सवार बस दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २५ जना घाइते छन् ।
खोटाङको प्रसिद्ध हलेसी महादेव मन्दिरको दर्शन गरेर फर्किँदै गरेका चालक सहित ४२ जना तीर्थयात्री सवार ना ४ ख ३६२० नम्बरको बस कटारी–घुर्मी सडकखण्ड अन्तर्गत उदयपुरको लेखानी ५ भदौरेमा आज दुर्घटना भएको हो । 
प्रहरीका अनुसार बस करिब २ सय मिटर तल खसेकोे छ । दुर्घटनामा सप्तरीका १३ वर्षीय दिपेश राम, मधुपट्टी ६ सप्तरीकै ६० वर्षीया सरस्वतीदेवी राम, ३३ वर्षीया उसम देवी राम र ७० वर्षीय ठकन रामको मृत्यु भएको प्रहरीले जनाएको छ । 
बस तेल बोकेको ट्यांकरलाई साइड दिन खोज्दा दुर्घटना भएको बताइएको छ । घाइते मध्य पाच जनाको अबस्था गम्भिर रहेको छ । उनीहरुलाई थप उपाचारका लागि धरान लगिएको प्रहरीले जनाएको छ ।


रौतहट, ३० कात्तिक । रौतहटको देवाहीमा सोमबार बिहान डाका समूह र प्रहरीबीचको भिडन्तमा एक जनाको मृत्यु भएको छ । गाउमा हतियारधारी समूह पसेको सूचना पाएपछि अञ्चल प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली देवाही ८ मा पुग्दा हतियारधारी डाकाको समूहसग झडप भएको हो ।
बिहान ६ बजे देवाही वडा नं. ८ मा प्रहरी देखेपछि चार जनाको समूहमा रहेका डाकाहरुले गोली चलाएका थिए । प्रहरी र डाकाबीच भएको दोहोरो गोली हानाहानमा एक डाकाको मृत्यु भएको छ भने प्रहरी तर्फ प्रहरी जवान सुरेन्द्र चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका अन्दाजी ३० वर्षीय पुरुषको सनाखत हुन सकेको छैन । उनको टाउकोमा गोली लागेको छ ।
यता खुट्टामा गोली लागेको प्रहरी जवान चौधरीलाई थप उपचारको लागि हेटौंडा पठाइएको छ । प्रहरीले घटनास्थलबाट तीन थान हतियार र गोलीहरु बरामद गरेको छ । 
घटनास्थलबाट अत्याधुनिक इन्सास राइफल एक थान, मेड इन इटाली लेखिएको पेस्तोल र त्यसको म्याग्जिन तथा एक थान कटुवा पेस्तोल बरामद गरेको रौतहटका डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए । घटनास्थलबाट बरामद भएको इन्सास राइफल नेपालमा नेपाली सेनाले मात्रै प्रयोग गर्छ भने भारतमा सीमा सुरक्षा बल एसएसबी लगायतले प्रयोग गर्दछन् । प्रहरीले ईन्सास राइफलमा प्रयोग हुने १५ थान गोलीसमेत बरामद गरेको छ ।

काठमाडौं, २९ कात्तिक । द्वन्द्वकालिन केही गम्भीर अपराधमा उन्मुक्ति दिन मिल्ने गरी सरकारले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन सम्बन्धी दुई आयोगको ऐन संशोधन तयारी गरेको छ । 
बम बिष्फोट, सामुहिक हत्या र अन्तर्राष्ट्रिय कानुनविपरितका केही गम्भीर अपराधमा उन्मुक्ति दिन सकिने गरी सरकारले ऐन संशोधन तयारी गरेको हो ।
विद्यमान ऐनअनुसार द्वन्द्वकालिन मुद्दाहरू सम्बोधन गर्न “सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन’ आयोग गठन गरिएको छ । ती आयोगले द्वन्द्वकालिन उजुरी संकलन गरिसकेका छन् । उजुरी छानबिनकै चरणमा छन् ।
सर्वोच्च अदालतको फैसलालाई आफू अनुकुल व्याख्या गर्दै सरकारले ऐन संशोधन तयारी गरेको हो । संशोधन प्रस्तावमा ऐनमा रहेको गम्भीर अपराधसम्बन्धी नौ नम्बर बुँदा हटाइएको छ । उक्त बुँदामा रहेको अन्तर्राष्ट्रिय मानवअधिकार वा मानवीय कानुनविपरित गरिएका जुनसुकै किसिमका अमानवीय कार्य वा मानवताविरूद्धको अपराधलाई हटाइएको छ । आजको नागरिक दैनिकमा खबर छ । 


बिराटनगर कार्तिक २३, बिराटनगर-१९ बैंक रोडस्थित पोखरीमा छैठ मनाउने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बिराटनगर-२० का निवासी अन्दाजी ५० वर्षका सागर राई रहेका छन् । उनी पोखरीबाट लामो समयसम्म बाहिर ननिस्केपछि प्रहरी र स्थानीयले खोजी गर्दा शव फेला परेको थियो ।

नेपालमा एक पुरुषले दुईजनालाई पत्नी बनाएमा जेलको बास बस्नुपर्छ । नेपाली काननुले एक पुरुषले एकमात्रै महिलालाई पत्नी बनाउने मन्जुरी दिएको छ ।
तर, नाइजेरियामा भने एक पुरषले १३ जनालाई पत्नी बनाएका छन् ।

अब जति रुपैयाँको मोवाइल रिचार्ज गर्यो त्यति नै क्यास ब्याक पाउन सकिने भएको छ। दशैं तिहारको अबसरमा ग्लोबल की टेक्नोलोजी प्रालिले मोबाइल रिचार्ज गर्दा रिचार्ज बराबर नै क्यास ब्याक दिने नयाँ मोबाइल एप्स ‘रिचार्जर’ सोमबार सार्वजनिक गरेको छ।

बाङ्लादेशको मंडी नामक जनजातिमा छोरीहरु आफ्नै आमाको सौता जाने अचम्मको चलन छ । यहाँ छोरीहरु आफ्नै बाबुको श्रीमती बन्छन् ।

बिराटनगर १९ असोज, : फेसबुकले पूरानो संस्करणका स्मार्टफोन प्रचलनमा रहेका तथा इन्टरनेट स्पीड पनि कम रहेका देशका प्रयोगकर्ताहरुलाई लक्षित गर्दै नयाँ भर्सनको फेसबुक मेसेन्जर एप सार्वजनिक गरेको छ ।

काठमाडाैं / अाजबाट डाइभर्सिटी भिसा (डीभी) चिट्ठा खुल्ला हुँदैछ । काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार मंगलबार बिहान पौने १० बजेदेखि डिभीको आवेदन दर्ता गर्न सकिनेछ । डिभी कात्तिक २२ गतेसम्म भर्न सकिनेछ । नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरी १८ असोजबाट सन् २०१८ को डीभी कार्यक्रमका लागि आवेदन दर्ता अवधि खुला हुने जनाएको हो ।

अहिलेको युगमा विश्वमा अनौठा अनौठा घटना सुन्न पाइन्छ । जसलाई कलियुग भन्ने गरिन्छ । हाम्रो समाजले सोच्नै नसक्नेगरी यहाँका दम्पत्तिले श्रीमती साटेर यौनसम्पर्क गर्ने गरेको रहस्य खुलेको छ । आफ्नी श्रीमतीलाई परपुरुषसँग र परपुरुषकी श्रीमती वा गर्लफेण्डसँग आफूले यौनसम्पर्क राख्ने गरेको घटना समाचारमार्फत बाहिर आएको हो । 

नुवाकोटः पाँच वार्षिया एक बालिकालाई बलात्कार गरेको आरोपमा नुवाकोटमा एकजना युवक पक्राउ परेका छन्।


काठमाडौं, असोज । मलाई ससुराले गर्भवती र सुत्केरी हुँदासम्म पनि छोडेनन्’ लामो समयदेखि ससुराबाट बलात्कृत हँुदै आएकी १८ वर्षीया रमिला(नाम परिवर्तन)ले भनिन् । आठ महिनाको गर्भ रहेको बेला गोठमा लडाएर ससुराले बलात्कार गरेको उनले बताइन् । सुत्केरी भएको चार महिना पुगेका बेला बच्चालाई तेल लगाउँदै गर्दा कोठामै आएर आफूलाई बलात्कार गरेको जानकारी दिइन् ।

काठमाडौँ, १४ असोज – सरकारले मिर्गौला फेल भएका विरामीका लागि गर्नुपर्ने डायालासिस सेवा साताको तीन पटक गर्नुपरे पनि निशुल्क उपलव्ध गराउने भएको छ ।

बिराट्नगर, १५ आस्विन
हिजो शुक्रबार बिजुलिअफिस चोक छेउमा इन्डियन ट्रुक्कले मोटरसाइकल लाई ठक्कर दिदा मोटरसाइकल चालाईराखेकी युवतीलाई को घट्नास्थलमै मिर्त्यु भएको छ।


बलिउडमा कार्यरत पाकिस्तानी कलाकारलाई भारत छाड्न धम्की दिइएको छ ।
राज ठाकरे नेतृत्वको महाराष्ट्र नवनिर्माण सेना (एमएनएस) ले भारतमा रहेका पाकिस्तानी कलाकारलाई ४८ घण्टाभित्र भारत छाड्न धम्की दिइएको हो । शिव सेनाबाट अलग्गिएर बनेको एमएनएसले हिन्दु एवं मराठीहरुको पक्षमा वकालत गर्दै आएको छ ।


काठमाडौं, असोज ९ । नेपाल राष्ट्र बैंकले दसैंका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराउन थालेको छ ।

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.