हाम्रो देशको सन्दर्भमा सर्वस्वीकार्य र सर्वमान्य तथ्य कुरा के हो भने नेपाल एक बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक मुलुक हो । दर्जनभन्दा बढी धर्म, सयभन्दा बढी भाषाभाषी र जातजाति तथा त्यसभन्दा पनि कैयौं बढी रितिरिवाज, परम्परा, चालचलन, संस्कार तथा संस्कृतिहरु नेपालको गौरव र गरिमामय चिनारी हुन् ।