ताजा अपडेट




९ साउन, काठमाडौं ।

आइसीसी यू-१९ विश्वकपको एसियाली छनौट अन्तर्गत नेपाली युवा टोलीले मलेसियालाई ५ विकेटले हराएको छ ।
सिंगापुरमा केहिबेर अघि सम्पन्न खेलमा मलेसियाले दिएको ९० रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।
नेपालका लागि राहित कुमार पौडेलले सर्बाधिक अविजित ३४ रन बनाए । ओपनर सन्दिप सुनार १५ र अनिल शाह १२ रनमा आउट भए भने तेस्रो नम्बरमा आएका प्रनित थापामगरले पनि ८ रनमात्र बनाउन सके । नेपालले १० ओभरमा ३६ रन बनाउँदा महत्वपूर्ण तीन विकेट गुमाइसकेको थियो ।
त्यसपछि आएका अदिल शान र प्रकाश केसीले खाता नै खोल्न सकेनन् । ११.३ ओभरमा ५ विकेट गुमाउँदा ४० रन जोडेको नेपालको पारी दिपेन्द्र सिंह ऐरी र राहित कुमार पौडेलले धानेका थिए ।
यो जोडीले छैटौं विकेटका लागि अविजित ५२ रनको साझेदारी गरे । ऐरीले १९ र पौडेलले ३४ रन बनाए ।
यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले ३५.१ ओभरमा सबै विकेट गुमाउँदै ८९ रनको योगफल बनाएको थियो । मलेसियालाई सस्तैमा समेट्ने क्रममा खेलका म्यान अफ द म्याचसमेत बनेका नेपाली कप्तान सन्दीप लामिछाने एक्लैले ७ विकेट लिए । १० ओभर बलिङ गरेका उनले १ मेडन राख्दै १३ रन खर्चिए ।
उनका अलावा शाहव आलमले २ तथा रिजन ढकालले १ विकेट लिए ।
मलेसियाका सयेद अजिजले ४६ रन बनाएपनि अन्यले उल्लेखनीय रन बनाउन सकेनन् । उसका ८ ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् भने त्यसमध्ये ४ जनाले खाता खोल्नै सकेनन् ।
न्युजिल्याण्डमा हुने आइसीसी यू-१९ विश्वकपका लागि एसियाली छनौटमा चार टिमले एक अर्काबिरुद्ध दुई खेल खेल्नेछन् । अफगानिस्तानसँगको अन्तिम खेल बाँकी रहँदा नेपाल ८ अंकसहित दोस्रो स्थानमा छ । अफगानिस्तान प्रतियोगिताको एकमात्र अविजित टोली हो र उसको १० अंक छ ।
नेपालले छैटौं तथा अन्तिम खेल अफगानिस्तानसँग खेल्नेछ ।

२०७४ साउन ९ गते १२:०४ मा प्रकाशित

श्रावण ९, २०७४
 
 बाग्लुङमा आज भएको जीप दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् । जलजलाबाट खर्वाङतर्फ जाँदै गरेको ध १ ज १८४ नम्बरको पिकअप जीप बडीगाड गाउँपालिका ५ ग्वालीचौरमा दुर्घटना भएको हो । दुर्घटनामा बडिगाड ५ का मुक्त बहादुर वाइबा, बडिगाड ४ का हुमेन काउछा र तुल बहादुर पुन तथा बडिगाड ८ का नारायण शेरभुजाको मृत्यु भएको उद्दारमा खटिएका प्रहरी नायव निरीक्षक विष्णु लम्सालले जानकारी दिनुभयो । जीपमा ११ जना रहेकामा एकजना सकुसल छन भने घाइते सबै ६ जनाको अबस्था गम्भिर छ । उनीहरुलाई उपचारका लागि काठमाण्डौं ल्याउने तयारी भइरहेको लम्सालले बताउनुभयो । साघुँरो र कच्ची बाटोमा जिप सडकबाट भिरमा खसेको थियो ।

श्रावण ९, २०७४ 
प्रधानमन्त्री शेर बहादुर देउवाले भोली सरकार विस्तार गर्ने तयारी गर्नुभएको छ । आफ्नो नेतृत्वमा सरकार गठन भएको डेढ महिना भईसक्दा समेत सरकार विस्तार गर्न नसकेको भन्दै आलोचना खेपेका प्रधानमन्त्री देउवाले भोली मन्त्रीमण्डल विस्तार गर्न लाग्नुभएको हो । संविधान संशोधन प्रक्रियामा जानुअघि राजपा, राप्रपा, संघीय समाजवादी फोरम लगायत दललाई पनि समावेश गर्न प्रयास गर्नुपर्ने भएकाले ढिलाई भएको प्रधानमन्त्री देउवा निकटका नेताले बताउँदै आएका छन् । यद्यपी सत्तारुढ माओवादी केन्द्रले समेत प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद विस्तारमा गरेको ढिलाईको आलोचना गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजधानीमा हिजो आयोजित एक कार्यक्रममा मन्त्रीपरिषद विस्तारमा भईरहेको ढिलाई प्रति प्रधानमन्त्री देउवाको आलोचना गर्नुभएको थियो । देउवाले कंग्रेसबाट मिन विश्वकर्मा, रामकृष्ण यादव, कमला पन्त, धनराज गुरुङ, मोहनबहादुर बस्नेत, भिमसेनदास प्रधान लगायतलाई मन्त्रीमण्डलमा लैजाने सम्भावना छ । सत्तारुढ दलबीच भएको सहमति अनुसार माओवादी केन्द्रबाट महेन्द्र बहादुर शाही, सिता नेपाली, गिरिराज मणी पोखरेल, शिवकुमार मण्डल, हितराज पाण्डे टेकराज बस्नेत लगायतको नाम चर्चामा छ ।

विराटनगर : ओशो ध्यान आश्रम विराटनगरको आयोजनामा तीन दिने आवासीय ध्यान शिविर सम्पन्न भएको छ ।

भारत पटनाकी साधिका मा इशाले सहजीकरण गर्नु भएको शिविरमा नेपाल र भारतका विभिन्न ठाउँबाट सहभागी आएको आश्रमका अध्यक्ष विकास रुपाखेतीले जानकारी दिनुभयो ।


उहाँले भन्नुभयो,‘शिविरमा ध्यान गुरु ओशो रजनशिद्वारा प्रतिपादित ध्यानका विभिन्न विधि सिकाइयो, यसबाट साधकलाई शारीरिक स्फूर्तिका साथै मनोवैज्ञानिक फाइदा समेत पुगेको छ ।’
रुपाखेतीका अनुसार शनिबारसम्म चलेको ध्यान शिविरमा भाग लिन भारतको सिक्किम, पटना, बिहारका विभिन्न जिल्ला र नेपालको धरान, झापा तथा तेह्रथुमबाट साधकहरु विराटनगर आएका थिए ।

सहजकर्ता माँ इशाले ओशोका ध्यान विधि व्यस्त तर अति नै तनावपूर्ण जीवनशैलीमा बाँच्नेहरुका लागि बरदान भएको बताउँदै भन्नुभयो,‘खासगरी युवा पुस्तामा ध्यानले निकै रोमाञ्चक फाइदा पुग्ने गरेको छ ।’ उहाँले ध्यानका साथै जीवनशैलीमा परिवर्तन गर्ने र खुसी रहने सुत्र सिक्ने हो भने जीवनबाट तनाव सदाका लागि हराउँछ ।

सिक्किमबाट विराटनगर आउनु भएका प्रेम कुमारले आफूले शिविरबारे थाहा पाएर ध्यान गर्नकै लागि आएको बताउँदै भन्नुभयो,‘तीन दिनको बसाईको क्रममा ध्यानबारे धेरै कुरा जानकारी प्राप्त भयो, खुसी रहने विधि पनि थाहा पाइयो ।’

नेपाली मोडलिङ क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएर अगाडी बढ्ने सोचका साथ संघर्षरत हुन मोडल सुस्मिता गुरुङ । आफुलाई हट एण्ड सेक्सी मोडलको रुपमा चिनाउन चाहने मोडल सुस्मिता पछिल्लो समयमा म्युजिक भिडियोमा निकै व्यस्त हुने गरेकी छन् ।


मोडलिङ संसार, रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाका साथ अहिले मोडेल सुस्मिता गुरुङ लागेकी छिन ।

पेशाले एक कुशल ब्युटिसियन रहेकी पुर्बको सुन्दर शहर धरानकी स्थाई बासिन्दा  सुस्मिता काठमाडौँलाइ कर्मथलो बनाएर अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन ।

हालसम्म कसैको पनि प्रेममा नपरेको बताउने सुस्मिताले भनिन् – सेक्स प्रकृतिले दिएको अमूल्य उपहार हो । कुराकानीका क्रममा मुस्कुराउँदै उनले भनिन् – अहिलेसम्म सेक्सको अनुभव भने लिएको छैन ।

आधा दर्जन जति म्युजिक भिडियोहरुमा समेत आफ्नो कुशल अभिनय प्रस्तुत गरि सकेकी सुस्मिताले केहि डकुमेन्ट्री र गुरुङ चलचित्रमा समेत अभिनय गरिसकेकी छिन ।

मोरङ:एपीवान टेलिभिजनबाट प्रसारण हुने नेपाल आईडलका प्रतिस्पर्धी निशान भट्टराईको ‘भोटिङ’ प्रचारका लागि उनका बुवाले घरको लैनो गाई समेत विक्री गरेका छन् ।

उर्लाबारी नगरपालिका-७ का २१ वर्षीय निशानका बुवा नित्यानन्दले छोराको प्रचारका लागि दुई साता अघि मात्रै ब्याएको लैनो गाई ६० हजारमा विक्री गरेका हुन् ।उनलेे त्यही पैसा खर्च गरेर छोरालाई नेपाल आइडल बनाउन प्रचार गरिरहेका छन् ।

निशान अहिले प्रतियोगिताको टप टेनमा पुगेका छन् । सामान्य परिवारमा जन्मिएका निशान स्कुलमा भर्ना भएदेखि नै गीतसंगीतप्रतिको लगाव राख्ने गरेपछि उनको प्रतिभाको सम्मान गर्दै भृकुटी मोडल स्कुलले संगीत कक्षा नै चलाउन सुरु गरेको थियो ।

निशानका संगीत शिक्षक विशाल राईका अनुसार सानै उमेरदेखि उनी गीतसंगीतप्रति निकै मेहनती थिए ।

भर्खरै मात्रै मिस नेपालको उपाधी जितेको उर्लाबारीका लागि नेपाल आइडल जिताउन पनि स्थानीयबासीसँगै संघसंस्थाहरु अभियानकै रुपमा लागिपरेका छन् ।

उर्लाबारीकै निकिता चन्डकले मिस नेपालको उपाधी हात पारेकी थिइन ।

निशानलाई जिताउन उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष चन्ऽबहादुर भट्टराईको संयोजकत्वमा १५ सदस्यीय ‘निशान जिताउ अभियान’ समिति गठन भएको छ ।

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.