प्रधानमन्त्री शेर बहादुर देउवाले भोली सरकार विस्तार गर्ने तयारी
गर्नुभएको छ । आफ्नो नेतृत्वमा सरकार गठन भएको डेढ महिना भईसक्दा समेत
सरकार विस्तार गर्न नसकेको भन्दै आलोचना खेपेका प्रधानमन्त्री देउवाले भोली
मन्त्रीमण्डल विस्तार गर्न लाग्नुभएको हो ।
संविधान संशोधन प्रक्रियामा जानुअघि राजपा, राप्रपा, संघीय समाजवादी फोरम
लगायत दललाई पनि समावेश गर्न प्रयास गर्नुपर्ने भएकाले ढिलाई भएको
प्रधानमन्त्री देउवा निकटका नेताले बताउँदै आएका छन् । यद्यपी सत्तारुढ
माओवादी केन्द्रले समेत प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद विस्तारमा
गरेको ढिलाईको आलोचना गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजधानीमा हिजो आयोजित एक
कार्यक्रममा मन्त्रीपरिषद विस्तारमा भईरहेको ढिलाई प्रति प्रधानमन्त्री
देउवाको आलोचना गर्नुभएको थियो ।
देउवाले कंग्रेसबाट मिन विश्वकर्मा, रामकृष्ण यादव, कमला पन्त, धनराज
गुरुङ, मोहनबहादुर बस्नेत, भिमसेनदास प्रधान लगायतलाई मन्त्रीमण्डलमा
लैजाने सम्भावना छ । सत्तारुढ दलबीच भएको सहमति अनुसार माओवादी केन्द्रबाट
महेन्द्र बहादुर शाही, सिता नेपाली, गिरिराज मणी पोखरेल, शिवकुमार मण्डल,
हितराज पाण्डे टेकराज बस्नेत लगायतको नाम चर्चामा छ ।
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्