Articles by "समाचार"

Showing posts with label समाचार. Show all posts

विराटनगर : ओशो ध्यान आश्रम विराटनगरको आयोजनामा तीन दिने आवासीय ध्यान शिविर सम्पन्न भएको छ ।

भारत पटनाकी साधिका मा इशाले सहजीकरण गर्नु भएको शिविरमा नेपाल र भारतका विभिन्न ठाउँबाट सहभागी आएको आश्रमका अध्यक्ष विकास रुपाखेतीले जानकारी दिनुभयो ।


उहाँले भन्नुभयो,‘शिविरमा ध्यान गुरु ओशो रजनशिद्वारा प्रतिपादित ध्यानका विभिन्न विधि सिकाइयो, यसबाट साधकलाई शारीरिक स्फूर्तिका साथै मनोवैज्ञानिक फाइदा समेत पुगेको छ ।’
रुपाखेतीका अनुसार शनिबारसम्म चलेको ध्यान शिविरमा भाग लिन भारतको सिक्किम, पटना, बिहारका विभिन्न जिल्ला र नेपालको धरान, झापा तथा तेह्रथुमबाट साधकहरु विराटनगर आएका थिए ।

सहजकर्ता माँ इशाले ओशोका ध्यान विधि व्यस्त तर अति नै तनावपूर्ण जीवनशैलीमा बाँच्नेहरुका लागि बरदान भएको बताउँदै भन्नुभयो,‘खासगरी युवा पुस्तामा ध्यानले निकै रोमाञ्चक फाइदा पुग्ने गरेको छ ।’ उहाँले ध्यानका साथै जीवनशैलीमा परिवर्तन गर्ने र खुसी रहने सुत्र सिक्ने हो भने जीवनबाट तनाव सदाका लागि हराउँछ ।

सिक्किमबाट विराटनगर आउनु भएका प्रेम कुमारले आफूले शिविरबारे थाहा पाएर ध्यान गर्नकै लागि आएको बताउँदै भन्नुभयो,‘तीन दिनको बसाईको क्रममा ध्यानबारे धेरै कुरा जानकारी प्राप्त भयो, खुसी रहने विधि पनि थाहा पाइयो ।’


जनकपुरधाम, २९ कात्तिक । धनुषाको बहेडाबेलाकी एक वृद्धालाई बोक्सीको आरोपमा मल मुत्र खुवाउने प्रयास भएको छ ।
बहेडाबेला गाविस वडा नम्वर २ निवासी एकल महिला वर्ष ८० की फुलेसरी देवी यादवलाई गत बुधवार अवेर सांझ बोक्सीको आरोपमा मलमुत्र खुवाउने प्रयास भएको परिवारजनले आरोप लगाएका हुन् । कात्तिक पुर्णिमाको पूर्व सन्ध्यामा  धनुषामा यस्तो घटना सार्वजनिक भएको हो । जिल्लाका धामीझाक्रीहरु कमला स्नानको तयारीमा रहदा एकल महिलालाई बोक्सीको आरोपमा मलमुत्र खुवाउने प्रयास गरिएको हो ।  
स्थानिय देवनारायण मंडल र उनको छोरा जय कुमार मंडल लगायतले मल मुत्र खुवाउने प्रयास गरेको पीडित महिला यादवले बताइन् । तर आफनो छोरा तथा बुहारीले बचाउन खोज्दा उल्टै आफना पकड्का व्यक्तिहरुलाई परिचालन गरेर कुटपिट गरेको उनले बताइन् । 
जयकुमार यादवकी कान्छी छोरी टुनामुनाकै कारण विरामी भएको आरोप लगाउंदै भएको विवाद झडपमा परिणत भएको स्थानियहरुको भनाई छ ।
झडपमा परी पीडित फुलेसरीकी छोरा चन्दे यादवको धरानमा उपचार भईरहेको बताइएको छ भने पीडित भन्ने देवनारायण पक्षका समेत एक जनालाई धरान पठाइएको बताइएको छ । 
यता घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पीडित पक्षका सत्यनारायण यादव, तपेश्वर यादव, भोला यादव, मनोहर यादव, बिरेन्द्र यादव, दिलिप राउत, राकेश यादव, मंजे यादव र रोशन यादवलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु सम्पुर्ण नेकपा एमालेका स्थानिय नेताहरु भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक लालमणी आचार्यले फुलेसरी देवीकै पक्षबाट विवादको सुरुवात भएको दावी गर्दै क्षति भने देवनारायण पक्षको भएको स्पष्ट गरे ।
यता नेकपा एमाले धनुषाले घटनाबारेमा सत्यतथ्य जांचबुझ गरी कारवाही प्रक्रिया अगाडि बढाउन दवाव दिएको छ । जिल्ला अध्यक्ष राजकिशोर यादवको नेतृत्वमा हरिनारायण महतो लगायतका २ दर्जन बढी नेताहरु जिप्रकाका प्रमुख लालमणी आचार्यलाई ध्यानाकर्षण गराएका हुन् । गृहमंत्रीको दबाबमा एमालेका कार्यकर्ताहरुलाई मात्र पक्राउ गरिएको उनीहरुले आरोप समेत लगाएका छन् ।


वीरगन्ज, ३० कात्तिक ।     वीरगन्जको इनर्वास्थित रजत चोक नजिकै एक जना महिलालाई प्रहरीको समुहले नियन्त्रणमा लिई लछारपछार गरी निर्घात कुटपिट गरेको दृष्य यतिखेर समाजिक संजालहरुमा भाइरल भइरहेको छ । 
बोलीमा मिठोपना देखाउने पर्साका प्रहरी उपरीक्षक पछल्लो समयमा सम्प्रदायिक मानसिक्ताले प्रेरित भई स्थानीय समुदाय बिरुद्ध परिचालन गरेको भन्न थालिएको छ ।
दृष्य भाइरल भएपछि जिल्ला प्रहरी कार्यालयले ति प्रहरीहरुलाई झिकाई छानबिन सुरु गरेको जनाएको छ । बद्नाम भएपछि नेपाल प्रहरीले घुमुवा परिचालन बन्द गरेपनि घुमुवा प्रकृतिकै काम गर्न ‘टाईगर टोली’ अपराध नियन्त्रणका लागि भनेर पर्सा प्रहरीले खटाएकोमा यस्ता घट्ना पटक पटक दोह्रिदैछ ।
   
 टाइगरको दुई नम्बर टोलीले गत 
बुधवार रक्सोलबाट वीरगन्जतिर ४ जोर नयँ जुता भन्सार नतिरी लिएर आउदै गर्दा महिला चन्दा कुमारीलाई नियन्त्रणमा लिएर लछारपछार गर्दै कुटेको थियो । छुटाउन खोज्ने स्थानीयलाई पनि ति प्रहरीले दुब्यवहार गरेको प्रत्यक्षदर्शीले बताए । 
सबै दृष्यलाई नजिकै घर भएका एक स्थानीय मानिसले मोबाईलबाट छायांकन गरेको तस्विर र भिडियो भाइरल भएपछि जनआक्रोश बढेको हो ।  प्रहरी हवल्दार शान्तमणी लम्साल, प्रहरी जवान रजनीश ठाकुर र प्रहरी चौकी ईनर्वाका एकजना प्रहरी जवानले घट्ना गरेको खुलेको छ ।
नेपाल प्रहरीले जनतासंग संगठनको सम्बन्ध सुमधुर पार्न ‘प्रहरी मेरो साथी’ जस्ता अभियान चलाई रहेको बेला पर्सा प्रहरीको एउटा टोलीले गरेको यो घटनाको विरोध  भएको छ । महिलासंग प्लास्टिकको झोलामा रहेको जुत्ता खोसीसकेपछि पनि प्रहरी जवान ठाकुरले महिलाको टाउकोमा हिर्काएको दृष्य देखिएको छ ।  ‘फेसबुकमा हामी प्रचार त गर्दैनौ, पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठ भने, ‘प्रहरीको छवी बिगर्ने काम भएकोले गम्भीर किसिमकै बिभागीय कारवाही हुन्छ ।

मोरङ, कात्तिक २६ 
मोरङको टंकिसिनवारी-२ स्थित सेन्चुरी मसला फ्याक्ट्रीको गोदाममा विहीबार भिषण आगालगी भएको छ। साँझ ६ बजेतिर अचानक लागेको आगोले फ्याक्ट्रिको दुई तला, र दुईवटा गोदाम जलेर नष्ट भएको छ।
आगलागी पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरका कार्यालय प्रमुख प्रहरी नायव महानिरिक्षक केशरीराज घिमिरेसहितको स्थानिय नेपाल प्रहरीको टोली, नेपाली सेना, शसस्त्र प्रहरी र मोरङ, झापा, सुनसरी, सप्तरी, सिरहाबाट दम्कल र स्काइवेटरको सहयोगमा नियन्त्रणमा लिने कार्य भइरहेको छ।
आगलागीको अन्य क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

काठमान्डौ, २६ कातिक । भारत सरकारले प्रतिबन्ध लगाएको ५०० र हजारको नोट नेपालमा तीन करोड बढी रहेको राष्ट्र बैंकले जनाएको छ । मुलुकका बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट इजाजत प्राप्त सटही केन्द्रसंग एक हजार र ५०० दरका भारतीय नोट तीन करोड ३६ लाख ९० करोड रहेको छ ।

राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितका अनुसार सर्वसाधारणसँग रहेको रकमको व्यवस्थापन र बैंकिङ प्रणालीमा रहेको रकमबारे जानकारी सहित राष्ट्र बैंकले आजै रिजर्भ बैंक अफ इन्डियालाई पत्र पठाएको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको उक्त रकम नै अन्तिम भएको सहप्रवक्ता पण्डितले जानकारी दिनुभयो । 

मासिक १० हजार रुपैयाको तलब, ५ हजार बसाई मै सकिने २ हजार यताउता , बचत ३ हजार भन्दा कम । यति सानो रकमको लागि पनि हाम्रा धेरै नेपालीहरु आफ्नो परिवार, समाज र देश छाडि परदेशीएका छन् । ‘नेपालमा बसेर के नै गर्न सकिएको छ र ? न काम छ, न पैसा नै’ यसो भनि बेरोजगारी समस्याबाट पन्छिन खोज्ने धेरैका लागि तिखो उत्तर बनेका छन् विराटनगरको छिमेकी गाविस टंकि सिनवारीका एक चटपटे व्यापारी मुन्ना साह ।
टंकि सिनवारी चौकमा चटपटे व्यवसाय गर्ने मुन्नाले यहि व्यवसायको आमदानीबाट दुई सन्तानलाई बोर्डिङ्ग स्कुलमा पढाउनुको साथै २ तले बिल्डिङ्ग पनि ठड्याएका छन् । ३२ वर्षे मुन्नाले यो व्यवसायमा लागेको २२ वर्ष भई सक्यो । उनको अनुसार उनी दश वर्षको उमेर देखि नै चटपटे बेच्दै आएका हुन् । ‘घरको आर्थीक समस्याको कारण ३ कक्षा पढ्दा पढ्दै काम गर्नु पर्ने अवस्था आयो’ परिवारको पाँच जना दाजु भाई मध्येका जेठो छोरो मुन्नाले आफ्नो दुखेसो पोखे ‘सुरुमा फ्याक्ट्रीमा केहि महिना काम गरे तर आम्दानी चित्त बुझ्दो र पर्याप्त नभएकाले कुनै व्यवसाय गर्न मन लाग्यो, अनि आमालाई भनेर चटपटे बेच्न थाले’ । आँफुले पढ्न नपाएको भए पनि उनले आफ्ना ६ वर्षे छोरा राशन र ९ वर्षे छोरी रोश्नीलाई स्थानीय अंग्रेजी माध्यमका स्कुलमा पढाएका छन् । ‘छोरा भन्दा छोरी पढाईमा जान्ने छे , जिउले साथ दिए उनिहरुलाई तिनिहरुले चाहेअनुसार जति पनी पढाउने छु’ मुन्नाले हौसीएर सुनाए ।
अहिले मुन्ना विहानै उठेर चटपटेको ठेला र डब्बाहरु सफा गर्छन, २ घण्टा नियमित त्यसमा लागे पछि सामान किन्नका लागि बजार पुग्छन् । बजारबाट भुजा, कागती, खोर्सानी लगायतका सामाग्री खरिद गरिसके पछि घर आई पुरी लगायतका सामग्री तयार गर्न भान्सा पस्छन् । यस काममा उनलाई श्रीमती प्रमिलाले पनि साथ दिने गर्छिन । उनले २०५० सालमा विवाह गरी सोनापुर सुनसरीबाट भित्र्याएका प्रमिलाले उनलाई हरेक समस्यामा साथ दिएको बताउछन् उनी । ‘रोजी रोटी र कमाई राम्रैसँग चलेको छ, खासै समस्या छैन त्यसैले पनि श्रीमान्को काम प्रति केहि आपत्ती छै्रन ।’ प्रमिलाले भनिन् । करिब ६ वर्ष अघि परिवारबाट अलग्गीएर बसेका भए पनि आफुले आमा बुबा र भाईहरु प्रतिको जिम्मेवारी पुरा गरी रहेको बताए । ‘मेरो दुई भाई विदेशमा काम गर्दैछन् अनि दुई जना प्रहरीमा लागेका छन् ।’ विदेश गएका भाईहरु प्रति असन्तुष्टि जनाउदै उनी भन्छन् ‘फर्केर आउन भनी रहेको छु , सुन्दैनन् ।’ उनी काम सानो ठुलो नभनी मिहिनेत गरे यहि पनि विदेश भन्दा बढि कमाउन सकिने कुरा बताउछन् । दैनिक १४ घण्टा चटपटे व्यवसायमा लगाउने उनी अहिले मासिक ३० हजार भन्दा बढि आम्दानी गर्ने बताउछन् । ‘घरायसी खर्च कटाएर मासिक २० हजार बढि बचत गर्ने गरेको छु । यसरी दशौ वर्ष मिहिनेत गरी अहिले घर बनाएको हुँ । अहिलेसम्म पच्चिस लाख यो घरमा खर्च गरिसँके , पुरै निर्माण गर्न ३० लाख लाग्ला । ’
सप्रेको व्यापार, राम्रै आम्दानी विच पनि उनलाई समस्याले भने छाडेको छैन ‘केहि दिन अघि घर निर्माणका लागि राखेको ५० हजारको छड चोरी भयो ’ आफ्नो पसिनाप्रतिको मायामा उनले सुनाए ‘स्वास्थ्य पनि ठिक छैन, केहि समय अघि विरामी पर्दा पनि ७० हजार भन्दा बढि खर्च भयो । विरामी भएकाले ठेला तान्न समस्या हुन्छ ।’
‘मेरा लागि त मेरो ग्राहक सबै देवता हुन, तिनीहरुको मायाले नै आज मुन्ना चटपटेवाला भनेर चिनिन पाएको छु ।’ आफ्नो छुट्टै अस्तित्व प्रति गर्व व्यक्त गर्छन उनी । हुन पनि आधा दर्जन बढि चटपटे व्यापारीले व्यापार गर्ने टंकी सिनवारी चौकमा मुन्ना चटपटेवाला भनी धेरै उनको ठेला मै झुम्मिन्छन् । किन त ग्राहकले तपाईलाई नै खोजेको ? भन्ने प्रश्नमा उनी भन्छन् ‘मुन्नाले ग्राहकसँग मिठो बोल्छ, कहिले काँही ग्राहकले भने जस्तो चटपटे नभए फेरी पनि बनाएर दिने गरेको छु , स्थानिय भएकैले पनि धेरैले माया गर्नु हुन्छ’ । ‘तर जस्तो भए पनि अहिले पहिलेको जस्तो व्यवसाय गर्न सजिलो भने छैन’ उनी भन्छन् ‘सामान महङ्गो भएको छ, फाइदा कम हुन्छ अझ प्रतिस्पर्धा पनि बढेको छ’ । ५–६ वर्ष अघिसम्म पनि टंकि चौकमा एक्लै चटपटे बेच्ने मुन्नाले अहिले आफ्नो व्यवसाय झण्डै आधा दर्जन व्यापारीसँग बाड्नु परेको छ । प्रतिस्पर्धा बढेकोमा भने उनलाई कुनै चिन्ता छैन भन्छन् ‘सबैले गरी खाउन्, मिहिनेत गर्न लजाउनु हुन्न’ ।
जागीर नपाई बेरोजगार भई बसेका युवालाई उनी भन्छन् ‘ मैले जस्तो चटपटे नै बेच्नु पर्छ भन्ने छैन तर श्रमलाई हेला नगरी कुनै पनि काममा आफु लाग्ने हो भने पैसा कमाउन असम्भव छैन , कमाउन कै लागी पनि विदेश जानु पर्दैन ।' 
Source:OurBiratnagar

कात्तिक २४ गते।
मोरङको अमरदह-१ मा बुधबार विधुत सर्ट भइ आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ भने अन्दाजी २ लाख बराबरको क्षति भएको छ।
अमरदह-१ बस्ने मनसरी शर्मा र सुकनीदेबी शर्माको एक तले कच्चि घरमा साँझ ६ बजेतिर अचानक आगाली भएको थियो आगलागीबाट उनीहरुको घर तथा घर भित्र भएको सम्पूर्ण सामान समेत जल्दा २ लाख बराबरको क्षति भएको बताइएको छ।
आगलागी प्रहरी चौकी अमरदहबाट खटिएको प्रहरीको टोली र स्थानिय मानिसको सहयोगमा नियन्त्रणमा लिइएको प्रहीले जनाएको छ।


बिराटनगर कार्तिक १९ , गत कार्तिक १४ गते राती बिराटनगर-५ गोकुल टोलका ३३ वर्षिय बिपिन कटुवाललाई कुटपिट तथा ईटाले प्रहार गरी हत्या भएको छ। हत्या गरेको अभियोगमा तीन जना समेत पक्राउ परेका छन।

पक्राउ पर्नेमा विराटनगर ४ बस्ने १८ वर्षिय सुरज मण्डल, सोही ठाउँ बस्ने २९ वर्षिय सुरेश कटुवाल र २७ वर्षिय भीम बहादुर मगर रहेका छन।उनीहरु सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङले बिहिबार सार्वजनिक गरेको हो।पक्राउ परेका ३ जना उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।


बिराटनगर कार्तिक २३, बिराटनगर-१९ बैंक रोडस्थित पोखरीमा छैठ मनाउने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बिराटनगर-२० का निवासी अन्दाजी ५० वर्षका सागर राई रहेका छन् । उनी पोखरीबाट लामो समयसम्म बाहिर ननिस्केपछि प्रहरी र स्थानीयले खोजी गर्दा शव फेला परेको थियो ।


विराटनगरः एकजना युवकको शव धानबारीमा लडिरहेको छ भन्ने प्रहरीकहाँ सूचना आयो । मोरङ प्रहरी तत्कालै सर्तक भयो । एसपी सन्दीप भण्डारी आफैं आफ्ना तीनजना सहयोगी डिएसपीकासाथ लागेर हुइँकिए विराटनगर ६ को जामुनगाछीतिर । साथमा चिकित्सक पनि लगिएको थियो । 

धानबारीतिर पुग्दा केही कुहिएको ह्वास्सै गन्ध आयो । प्रहरी टोली शवको छेउमा पुग्दा स्वयम् एसपी भण्डारी पनि बिलखबन्दमा परे । शवमा औंसा किरा लागि सकेको छ । आधा गलेको शरीरमा स्याउँ स्याउँ दौडिएका औंसा देखेर त्यहाँ पुग्ने प्रहरी टोलीलाई पनि ‘वाकवाकी आयो’ । 

एसपी भण्डारीले शव सनाखत हुन कठिन हुने लख काटे । सनाखत नभए चिकित्सकसहितको आफ्नो टोलीसँग सल्लाह गरेर निश्कर्ष निकाले ‘शवबाट बंगारा र पिठ्यूको हाड झिकेर डिएनए परीक्षण गर्न लैजाने’ तर मृतकको कपडा, जुत्ता र मोबाइलको आधारमा उनी १९ वर्षीय अंकित दाहाल भएको खुल्न अयो । 

लागूऔषधको विषयमा भएको विवादका क्रममा दाहाललाई आफ्नै साथीले हत्या गरेको प्रारम्भिक निश्कर्षमा प्रहरी पुगेको छ । हत्यामा संलग्न रहेको आरोपमा ५ जना पक्राउ पनि परेका छन् ।

उनीहरुलाई पत्रकार सम्मेलन गरेर मोरङ प्रहरीले आज सार्वजनिक गरेको छ । तीन दिनदेखि दाहाल हराएका थिए । तर, शनिबार विराटनगर ६ का १९ वर्षीय अंकित दाहालको शव जामुनगाछीस्थित धानबारीमा फेला परेको थियो । शव फेला परेपनि हत्यामा संलग्न भने फरार थिए ।

हातखुट्टा डोरीले बाँधेर पेट र घाँटीमा धारिलो हतियार प्रयोग गरेको पत्ता लागेपछि यो हत्या नै हो भन्ने प्रहरीले निक्र्यौल गरिसकेको थियो । एसपी भण्डारीले भने,‘त्यसपछि सबै टोली सीमावर्ती क्षेत्रसम्म पुगेर हत्यामा संलग्न भएकालाई पक्राऊ गर्न सफल भइयो ।’ प्रहरीले मंगलबार दिउँसो २ बजेसम्म सबैलाई पक्राउ गर्न सफल पनि भयो ।


घटनामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर ५ की टाइली भन्ने फूलकुमार उराव, सोही ठाउँका युवराज परियार, सुकदेव यादव, सुरज उराव र सार्जन खरेललाई पक्राउ गरेको हो । मोरंग प्रहरीका एसपी सन्दीप भण्डारीले लागूऔषध लेनदेनको विषयमा विवाद भई दाहाललाई नियोजित रुपमा हत्या गरेको देखिएको जानकारी दिए । 

बिराट्नगर २६, असार : हिजो  बेलुका निउरो हस्पिटल बिराटनगर मा भर्ना गरिएको १ घन्टा पशचात नै एक बालकको मिर्त्यु भएको थियो। बिराट्नगर मधुमारा बस्ने उक्त बालकको खुट्टा भाचिएको अवस्था मा भर्नागरिएको र चिकित्सकहरु दशैको छुट्टीमा भएको हुनाले सो बालकको मिर्त्यु हुन पुगेको र चिकित्सक  नभएको खण्डमा भर्ना लिन नहुने,हामी लाई अर्कै हस्पिटल लग्न न भनेको भन्दै आफन्त र गाउलेहरु ले आक्रोश पोखि निउरो हस्पिटल तोडफोड गरेका थिए


कोचिला मिडिया

आश्विन २४,  - सुनसरीको इटहरी उपमहानगरपालिका–२४ सेउती खोलानिर हिजो बिहान भएको मोटसाइकल दुर्घटनामा एकैघरका दाजुभाइको मृत्यु भएको छ ।

धरानबाट इटहरीतर्फ आउँदै गरेको को१६प ७७६८ नंको मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मृत्यु हुनेमा इटहरी–५ बस्ने मदन गुरुङ र कुमार रहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए । राति र र बिहान अत्यधिक मापसे गरी आइरहेका कारण मोटरसाइकल दुर्घटना भई गुरुङद्वयको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

आश्विन २४, २०७३- युवाहरुको एक समूहले सन्हैठामा आइतवार राति गरेको छुरा प्रहारबाट कृष्णपुर ७ का २० वर्षीय
सञ्जय यादव गम्भीर घाइते भएका छन् । यादवको लहानस्थित डिभाइन हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।


इनरुवा, २० असोज । ८ वर्षदेखि फलामे सिक्रीमा बाँधेर राखिएका सुनसरी औरावनीका एक मानसिक सन्तुलन गुमाएका युवाको उद्धार गरिएको छ ।  राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरको टोलीले ८ वर्षदेखि कष्टकर जीवन बिताउँदै आएका मानसिक रोगी अमित साहको उद्धार गरेको हो । 


विराटनगरःपूर्वाञ्चलका प्रमुख बजारहरुमा चाडवाड सुरु नहुँदै पटाका भित्र्याउने क्रम बढेको छ । तिहार र छठ पर्वमा धेरै पटाका पड्काउने गरिन्छ ।

पोखरा, १७ असोज-
पोखराको लामाचौरमा रहेको इन्जिनियरीङ अध्ययन सस्थान पश्चिमाञ्चल क्याम्पसमा अध्ययनरत विद्यार्थीले सोलारबाट चल्ले कार निमार्ण गरेर शुक्रबार प्रर्दशन गरेका छन् । क्याम्पसको मेकानिकल विभागमा अन्तरर्गतको चौथो वर्षमा अध्ययनरत विद्यार्थीले सोलार कार निमार्ण गरेका हुन् ।



असोज-१७, भारतमा एउटा यस्तो ठाउँ छ जहाँ आफ्नै श्रीमतीसँग अन्यलाई सहबास गराइन्छ । श्रीमतीनै सुम्पिएर पाहुनालाई औपचारिक रुपमा स्वागत गर्ने गरिन्छ । यो प्रचलन भारतका विभिन्न गाउँमा अझै पनि कायमै छ । भारत सरकारले यो प्रचलनमा अहिले प्रतिबन्ध लगाएको छ । तर पनि परम्परागत समाजमा यो प्रथा अझै कायमै छ । भर्खरैमात्र भारतको रानियाँ गाउँमा स्वागत गर्न श्रीमानले आफ्नी श्रीमतीलाई जबरजस्ती पाहुनालाई यौन सम्बन्ध गर्न लगाएको घटना बढे पछि सरकारले रोक लगाएको हो ।

अहिलेको युगमा विश्वमा अनौठा अनौठा घटना सुन्न पाइन्छ । जसलाई कलियुग भन्ने गरिन्छ । हाम्रो समाजले सोच्नै नसक्नेगरी यहाँका दम्पत्तिले श्रीमती साटेर यौनसम्पर्क गर्ने गरेको रहस्य खुलेको छ । आफ्नी श्रीमतीलाई परपुरुषसँग र परपुरुषकी श्रीमती वा गर्लफेण्डसँग आफूले यौनसम्पर्क राख्ने गरेको घटना समाचारमार्फत बाहिर आएको हो । 

नुवाकोटः पाँच वार्षिया एक बालिकालाई बलात्कार गरेको आरोपमा नुवाकोटमा एकजना युवक पक्राउ परेका छन्।


असोज १६ :- अपराध गरेर कारागार पुगेका कैदीको संरक्षणमा खटिएका प्रहरी जवानले उपचार गर्न लैजान्छु भन्दै अस्पताल लगेर मस्ती गर्दै आएको खुलासा भएको छ ।

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.