वीरगन्ज, ३० कात्तिक ।     वीरगन्जको इनर्वास्थित रजत चोक नजिकै एक जना महिलालाई प्रहरीको समुहले नियन्त्रणमा लिई लछारपछार गरी निर्घात कुटपिट गरेको दृष्य यतिखेर समाजिक संजालहरुमा भाइरल भइरहेको छ । 
बोलीमा मिठोपना देखाउने पर्साका प्रहरी उपरीक्षक पछल्लो समयमा सम्प्रदायिक मानसिक्ताले प्रेरित भई स्थानीय समुदाय बिरुद्ध परिचालन गरेको भन्न थालिएको छ ।
दृष्य भाइरल भएपछि जिल्ला प्रहरी कार्यालयले ति प्रहरीहरुलाई झिकाई छानबिन सुरु गरेको जनाएको छ । बद्नाम भएपछि नेपाल प्रहरीले घुमुवा परिचालन बन्द गरेपनि घुमुवा प्रकृतिकै काम गर्न ‘टाईगर टोली’ अपराध नियन्त्रणका लागि भनेर पर्सा प्रहरीले खटाएकोमा यस्ता घट्ना पटक पटक दोह्रिदैछ ।
   
 टाइगरको दुई नम्बर टोलीले गत 
बुधवार रक्सोलबाट वीरगन्जतिर ४ जोर नयँ जुता भन्सार नतिरी लिएर आउदै गर्दा महिला चन्दा कुमारीलाई नियन्त्रणमा लिएर लछारपछार गर्दै कुटेको थियो । छुटाउन खोज्ने स्थानीयलाई पनि ति प्रहरीले दुब्यवहार गरेको प्रत्यक्षदर्शीले बताए । 
सबै दृष्यलाई नजिकै घर भएका एक स्थानीय मानिसले मोबाईलबाट छायांकन गरेको तस्विर र भिडियो भाइरल भएपछि जनआक्रोश बढेको हो ।  प्रहरी हवल्दार शान्तमणी लम्साल, प्रहरी जवान रजनीश ठाकुर र प्रहरी चौकी ईनर्वाका एकजना प्रहरी जवानले घट्ना गरेको खुलेको छ ।
नेपाल प्रहरीले जनतासंग संगठनको सम्बन्ध सुमधुर पार्न ‘प्रहरी मेरो साथी’ जस्ता अभियान चलाई रहेको बेला पर्सा प्रहरीको एउटा टोलीले गरेको यो घटनाको विरोध  भएको छ । महिलासंग प्लास्टिकको झोलामा रहेको जुत्ता खोसीसकेपछि पनि प्रहरी जवान ठाकुरले महिलाको टाउकोमा हिर्काएको दृष्य देखिएको छ ।  ‘फेसबुकमा हामी प्रचार त गर्दैनौ, पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठ भने, ‘प्रहरीको छवी बिगर्ने काम भएकोले गम्भीर किसिमकै बिभागीय कारवाही हुन्छ ।

Birgunj Police Beat Woman Viral Video

लेबल:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.