Articles by "राष्ट्रिय"

Showing posts with label राष्ट्रिय. Show all posts

जितेन्द्र सिंह
जनकपुरधाम, २२ मंसिर । सरसफाईलाई मानव विकासको प्रमुख आधार मानिन्छ । सरसफाई नभएको ठाउमा दैनिक क्रियाकलाप संचालन गर्न समस्या हुनुका साथै गंभीर सामाजिक तथा स्वास्थ्य समस्याहरु समेत उत्पन्न हुने गर्दछ । सरसफाई मानव जीवनसंग सम्बन्धित विषय हो ।
यो मानवको जीवनसंग प्रत्यक्ष सरोकार राख्ने विषय पनि भएकोले सरकारले पछिल्लो समय सरसफाईका साथै खुला दिशा मुक्त अभियानमा विशेष रुपमा जोड दिदै आएको छ ।
अझ भन्नुपर्दा सार्वजनिक सरोकार राख्ने मठमन्दिरमा त झन सरसफाई हुनु आवश्यक छ । सरसफाई अभियान मै लागेको कारणले कतिपय व्यक्तिहरुलाई सरसफाईको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका साथै सरकारी स्तरबाट  सम्मान तथा पुरस्कृत गर्दै आएको छ । 
दुर्गन्धित अवस्थामा रहेको जनकपुरको गंगा सागरलाई शौन्दर्यीकरण गरी गंगा महाआरती संचालन गरेकै कारण पत्रकार रामअशिष यादवलाई विभिन्न संघसंस्थाले सम्मान गरेको छ । स्वर्गद्वारका निर्माता पवन सिंघानियालाई समेत सम्मान गर्ने गरिएको छ । तर मंगलवार दिंउंसो जनकपुरमा सरसफाई गरेकै कारणले डा. सीके राउतका १७ जना कार्यकर्तालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । 
जानकी मन्दिरमा सरसफाई गरेको भन्दै डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका १७ जना कार्यकर्तालाई जानकी मन्दिरबाट पक्राउ गरिएको छ  । जानकी मन्दिरमा सरसफाई गरिरहेको अवस्थामा प्रहरीले गठबन्धनका जिल्ला संयोजक रामाशंकर महासेठका साथै संजय यादव, मनोज मरबैत लगायत १७ जना कार्यकर्तालाई पक्राउ गरेको गठबन्धनले जनाएको छ । 
गठबन्धनका नेता जासेर यादवका अनुसार सरसफाई गरिरहेका नेता तथा कार्यकर्तालाई प्रहरीले अभद्र व्यवहार गर्दै पक्राउ गरेको छ । विवाह पञ्चमीको क्रममा जानकी मन्दिर दुर्गन्धित बनेको भन्दै गठबन्धनका नेता तथा कार्यकर्ताहरु सरसफाईको लागि मन्दिर पुगेका थिए, नेता यादवले भने–“ सरसफाई सुरु गरेको केही समयभित्रै प्रहरीले हस्तक्षेप गर्दै पक्राउ गरेका थिए ।”
सप्ताहव्यापी विवाह पञ्चमीको क्रममा जानकी मन्दिर, राम मन्दिर लगायतका क्षेत्र दुर्गन्धित बनेको छ । विवाह पञ्चमी समाप्त भएको २४ घण्टा बढी समयसम्म पनि जनकपुर नगरभित्र सरसफाई हुन सकेको छैन । सरकारी स्वामित्वमा रहेको जानकी मन्दिरको सरसफाई लगायतको कार्य स्थानिय स्तरबाट नै हुंदै आएको छ ।
सप्ताहव्यापी विवाह पञ्चमीले दुर्गन्धित बनेको जानकी मन्दिरमा सरसफाई गर्न सरोकारवाला निकायले खासै ध्यान नदिएको भन्दै गठबन्धनका नेता तथा कार्यकर्ताले सरसफाई कार्यक्रमको आयोजना गरेको थियो  । 
विवाह पञ्चमी सोमवार दिउंसो रामकलेवा संगै सम्पन्न भएपनि सरसफाई गरिएको छैन ।
यस अघि विवाह पञ्चमीको दिन समेत प्रहरीले गठबन्धनका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएका थिए । विवाह पञ्चमीमा सहभागी हुने श्रद्धालुहरुको लागि निःशुल्क खानेपानी बितरण गरेको भन्दै प्रहरीले रामानन्द चोकबाट दर्जनौ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको थियो । 
गठबन्धन धनुषाले विवाह पञ्चमीको दिन रामानन्द चोकमा निःशुल्य स्वास्थ्य शिविरका साथै पानी बितरण कार्यक्रमको आयोजना गरेको थियो । गठबन्धनका नेता तथा कार्यकर्ताहरुलाई सामाजिक कार्य गर्ने क्रमममा पक्राउ गर्न थालेपछि कार्यकर्ताहरु आक्रोश व्यक्त गरेका छन् । तराई मधेशलाई छुट्टै देश बनाउनुपर्ने अभियानमा लागेका डा.राउतका कार्यकताहरु शान्तिपुर्ण आन्दोलनको क्रममा पटक पटक पक्राउ पर्दै आएका छन् ।


गोर्खाकी कुसुम श्रेष्ठ तिहारको समयमा सामाजिक संजालमा एका एक हिट भईन ।
पर्यटन व्यावसायी रुप चन्द्र महर्जनले गोर्खा देखि फिस्लिङमा तरकारी बेच्न ल्याउँदै गर्दा पुलमा उनको फोटो खिचेका थिए । फोटो खिच्ने क्रममा खासै वास्ता नगरेकी कुसुम भोली पल्ट देखिनै चर्चामा आउन थालीन् ।
दशैँ तिहारमा कलेज विदाको अवसर पारेर घर गएकी उनी परिवारलाई सघाउने हेतुले तरकारी बेच्न हिँडेकी थिईन् । उनले तरकारी बोकेको फोटो सामाजिक संजालमा आएपछि भारतिय मिडियाले कुसुमलाई तरकारीवालीको नाम दिएर समाचार प्रकाशित गर्यो । त्यसपछि उनी एकाएक चर्चामा आईन् । 


गोर्खाको सामान्य परिवारमा जन्मेकी कुसुम परिवारकी एक्लो सन्तान हुन् । तरकारीवालीको नाममा चर्चामा आएकी कुसुमलाई अहिले धेरै अफरहरु आईरहेका छन् । चलचित्र,मोडलिङ र फोटोशुटको अफर पाएकी उनी कान्तिपुर साप्ताहिकको आजको अंकमा छाएकी छिन् । 

उनको फोटो र समाचारलाई नेपाल बाहेक अन्य देशका समाचारपत्रले पनि स्थान दिएका छन् । लामो कपाल,सिलिक्क परेको शरीर अनि गहुँगोरी उनको सधै लामो कपडा लगाउनु एउटा अर्को बिशेषता हो । तर उनले तरकीवाली भएर चर्चामा आएपछि पछि लामो कपडाको विषेशता बिर्सेर लामो,छोटो दुबै पहिरन लगाउन थालेकी छिन् । 
उनले लामो र छोटो ड्रेसमा पहिलो फोटो शुट गरेकी छिन् । तस्वीरमा हेर्नुहोस् तरकारीवाली कुशुम श्रेष्ठ 










Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.