बिराटनगर , असोज ९   
–इन्टरनेट कम्पनी याहुले ५० करोड युजर एकाउण्ट ह्याक भएको जनाएको छ । ह्याकर्स समूहले आफ्नो ५० करोड युजर एकाउण्ट ह्याक गरेको याहुले पुष्टी गरेको हो ।
यति धेरै युजर एकाउण्ट ह्याक भएको इतिहासमा नै पहिलो हो ।
याहुले इमेल ह्याक गर्नु वा हुनु सामान्य कुरा हुनु चिन्ताको विषय भएको बताएको छ । याहुले पेमेन्ट कार्ड वा बैंकको एकाउण्टबाट ह्याक भएको नभई व्यक्तिको नाम, इमेल ठेगाना, फोन नम्बर र जन्मदिनको तारिख तथा पासवर्ड ह्याक भएको हुन सक्ने जनाएको छ ।
याहुले सन् २०१४ देखि आफ्नो एकाउण्टको पासवर्ड परिवर्तन नगरेको भए तत्काल बदल्न पनि प्रयोगकर्तालाई आग्रह गरेको छ ।

Post a Comment

  1. याहु त बेपत्ता नै छ अचेल :))

    ReplyDelete

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.