काठमाडौं, असोज ९ । नेपाल राष्ट्र बैंकले दसैंका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराउन थालेको छ ।

राष्ट्र बैंकको कार्यालयबाट सर्वसाधारणले असोज १६ गतेबाट नयाँ नोट साट्न सक्नेछन् । निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुले भने सोमबारबाट सर्वसाधारणलाई नयाँ नोट उपलब्ध गराउनेछन् ।
राष्ट्र बैंकले थापाथलीस्थित कार्यालयसहित देशका विभिन्न ७ वटा शाखाबाट नयाँ नोट प्रदान गर्ने सहायक प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।
नयाँ नोट साट्न पाउने व्यवस्थालाई सरल गर्न यस पटक कुपनको व्यवस्था गरिएको उनले बताए ।
यस्तै असहाय व्यक्तिका लागि छुट्टै व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ ।

यस वर्ष साना दरका ६ देखि ८ अर्ब नयाँ नोट साटिने अनुमान राष्ट्र बैंकको छ । राष्ट्र बैंक कार्यालयबाट २१ गतेसम्म नयाँ नोट साट्न सकिने बैंकले जनाएको छ ।
यस वर्ष एक जनाले ३७ हजार रुपैयाँसम्म नयाँ नोट पाउने सक्नेछन् । गत वर्ष सर्वसाधारणले प्रति व्यक्ति २२ हजारका दरले नयाँ नोट प्राप्त गरेका थिए ।
पाँच देखि १०० रुपैयाँसम्मका दुई–दुई बिटाका दरले नयाँ नोट उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ ।


Source - Imagekhabar

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.