काठमाडौ , १३ आस्विन - नन्दुराज चौधरीले निर्माण गरेको थारु भाषाको फिल्म ‘भौँरा’ले शुक्रबार (असोज १४ गते) काठमाडौंमा आफ्नो च्यारिटी शो गर्ने भएको छ ।

फिल्मको च्यारिटी शो विश्वज्योति हलमा हुनेछ । च्यारिटीबाट संकलन हुने रकम थारु समुदायको उत्थानमा खर्च हुने निर्माण पक्षको भनाइ छ । च्यारिटीका लागि निर्माण पक्ष धमाधम तयारीमा जुटेको चौधरीले उल्लेख गरे ।
चम्पन साँस्कृतिक समूहको पहिलो प्रस्तुति ‘भौँरा’मा थारु समुदायमा विद्यमान नराम्रा विषयहरू कथामा समेटिएको छ ।

‘भौँरा’ अभिनेत्री सोनु थारुको कम्ब्याक फिल्म पनि हो । लामो समयपछि सोनुले ‘भौँरा’मा जोडदार अभिनय गरेकी छिन् । सोनुले थारु भाषाका थुप्रै फिल्म पनि निर्माण गर्नुका साथै आफै अभिनय गरेकी छिन् ।


‘भौँरा’मा थारु रितिरिवाज र साँस्कृतिबारे कथावस्तु समेटिएको निर्माता चौधरीले जानकारी दिए । ‘भौँरा’ झण्डै २५ लाखमा निर्माण भएको निर्माता चौधरीले दाबी गरेका छन् ।

फिल्ममा अधिकांश कलाकार नयाँ छन् । ‘भौँरा’को अधिकांस छायाँकन दाङमा गरिएको हो । फिल्मलाई कृष्ण चौधरीले निर्देशन गरेका हुन् ।

श्रीनारायण चौधरीको पटकथा, हरिनारायण चौधरीको छायाँकन रहेको ‘भौँरा’मा दीपक चौधरी, हरि वाग्ले र दीपक दीपको नृत्य निर्देशन रहेको छ ।

‘भौँरा’मा निर्माता नन्दुराज चौधरीले पनि अभिनय गरेका छन् । फिल्ममा सोनु थारु, कृष्ण चौधरी, श्रीनारायण चौधरी, अञ्जु चौधरी, रीमा चौधरी, राज कुस्मी, हरि चौधरी, रोशन रत्गैँया, फिरु चौधरी, वीरबहादुर चौधरी, समीक्षा चौधरी, राम कठरियालगायतको अभिनय रहेको छ ।

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.