नयाँ दिल्ली। लण्डनमा हुन लागेको एक मोडलिङ्ग प्रतियोगितामा मधेशी युवा पियुष कर्णले नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्दैछ


फेस आफ द वल्र्ड’ नामक प्रतियोगितामा बीरगञ्ज घर भएका पियुष कर्णले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता सेप्टेम्बर १७ मा लन्डनमा हुनेछ ।

मिस्टर राजधानी नेपाल र मिस्टर कर्नाटका बेंगलोर जस्ता उपाधी हात पारिसकेका पियुषले पहिलो पटक अन्तरास्ट्रिय स्तरको ठूलो प्रतियोगितामा सहभागिता जनाउन लागेका हुन् ।
प्रतियोगितामा सफल हुने पियुषलाई पूर्ण बिस्वास रहेको बताउँदै भनेका छन्,‘प्रतियोगितालाई लिएर उत्सुकता त छदै छ साथै धेरै खुशी पनि छु विश्व सामु नेपालको लागि प्रतिनिधित्व गर्न पाएकोमा ।’
उनले धेरै म्युजिक भिडियोमा अभिनय गर्नुका साथै कयौं संघ–संस्थाद्वारा संचालन हुने रयाम्प वाल्कमा पनि सहभागिता जनाइसकेका छन् । उनले केही स्थानीय शोहरुमा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन् ।
पेशाले इन्जिनियर भए पनि मोडलिङ्ग क्षेत्रमा उनको बिशेष झुकाव रहेको छ
फेस आफ द वल्र्ड बेलायतको एक प्रतिष्ठित प्रतियोगिता मध्ये एक हो जसमा विश्वभरीकै प्रतियोगीहरुले सहभागिता जनाउने गरेका छन् ।
लोकप्रिय मानिएको यस अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको आफ्नै बिशेषता रहेको छ । यस प्रतियोगितामा विश्वभरीका प्रतिस्पर्धीहरुले आफुले मोडलिङ्ग गरेका तीन तस्वीर पठाउनुपर्ने थियो र सोही आधारमा छनोटमा पर्ने प्रावधान रहेको थियो ।
उक्त प्रतियोगीतामा विवाहित, अविवाहित, सम्बन्ध बिच्छेद भएका, नभएका जो कोहीले पनि सहभागिता जनाउन पाउनु बिशेषता रहेको छ । एउटा महिला र एउटा पुरुषका साथसाथै दुई जना किशोर पनि बिजेता बन्न पाउने छन् । यस रोचक प्रतियोगितामा धेरै थरीको अवार्ड पनि राखिएको छ । रनवे अवार्ड, फोटोग्राफिक अवार्ड्र, कमर्सियल अवार्ड, इडिटोरियल अवार्ड , हेयर एंड ब्युटी अवार्ड, पब्लिसिटी अवार्ड, च्यारिटी अवार्ड प्रमुख आकर्षणमा रहेका छन् ।
सभार :हुलाकी न्यूज
लेबल:

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.