सर्वाधिक ठूलो स्तन 

मानिसहरू चर्चामा आउन जे गर्न पनि पछि पर्दैनन् । कतिपयले आफ्नो शरीरको अंग नै बदलेर दुनियाँलाई चकित पारिदिएका छन् । जर्मनीकी ३२ वर्षीया मेरा हिल्सले संसारको सबैभन्दा ठूलो स्तन (वक्षस्थल) भएकी महिलाका रूपमा आफ्नो नाम गिनिज बुकमा लेखाएकी छिन् । उनको वक्षस्थलको तौल ९ किलो छ भने आकार १०/१० लिटर छ । उनको वक्षस्थल कृत्रिम हो । हिल्सको शरीरलाई मिल्ने ब्रा बजारमा पाइँदैन । विशेष अर्डर गरेर बनाउन दिइएका ब्रा पनि च्यातिएर हैरान हुने जानकारी हिल्सले आफ्नो सामाजिक संजालमार्फत दिएकी छिन् । 
संसारको ठूलो हिप

४३ वर्षीया मिकेल रफिनेलीको हिप देखेर चकित हुने मानिस थुप्रै छन् । चार फिट मोटो  कम्मर भएकी मिकेलको हिप भने ८ फिट चौडा छ । पहिलो सन्तानको जन्मपछि उनको हिप बढ्न थालेको हो । मिकेल लस एन्जलसमा बसोबास गर्छिन् । ५ फिट ४ इन्च अग्ली मिकेल १ सय ९० केजीकी छिन् । उनलाई विश्वकै सर्वाधिक ठूलो हिप भएकी महिलाका रूपमा चिनिन्छ । 

रोगका विरुद्ध शरीरभरि ट्याटु

मानिसहरू सोखले मात्र नभै रोगका कारण पनि शरीरभरि ट्याटु खोप्न बाध्य छन् । शरीरको ९५ प्रतिशत भागमा ट्याटु खोपेर एक अमेरिकी महिलाले गिनिज बुकमा आफ्नो नाम दर्ता गराएकी छिन् । जुलिया गुनिसले छालासम्बन्धी गम्भीर रोगबाट ग्रसित भएपछि टाटु खोपाएकी हुन् । चिकित्सकहरूले पनि उनको रोग निको पार्न सकेनन् । त्यसैले उनले नौलो उपाय अपनाउँदै शरीरका अधिकांश भागमा ट्याटु खोपाइन् । सन् १९५९ मा जन्मिएकी जुलिया क्यालिफोर्नियामा बसोबास गर्छिन् । उनको शरीरमा विभिन्न व्यक्तिका तस्बिरका ट्याटु खोपिएको छ । 

पचपन्न फिट लामो ड्रेडलक केश

मानिसको केश कतिसम्म लामो हुनसक्छ भन्ने जिज्ञासा मेट्न ५१ वर्षीया आशा मन्डेलालाई हेरे पुग्छ । सन् २००९ मा उनले संसारको सबैभन्दा लामो ड्रेडलक केश भएकी महिलाका रूपमा गिनिज बुकमा नाम लेखाइन् । उनको केश ५५ फिट ७ इन्च लामो छ भने त्यसको तौल २० किलोभन्दा बढी छ । डाक्टरले धेरै पटक केमोथेरापी गर्दा पनि उनको केश झरेन । आइसल्यान्डकी मन्डेला हाल अमेरिकामा बस्छिन् । उनका श्रीमान् हेयर स्टाइलिस्ट हुन् भने उनी हेयर प्रोडक्स्को व्यापार गर्छिन्फ्ग्घ्ह्ह्ग



ओठ बनाएर कीर्तिमान

सुन्दर र सेक्सी देखिन महिलाहरू अनेकौं उपाय अपनाउँछन् । कुनै पनि अंगको सर्जरी गरेर सेक्सी देखिने होड चलेको उदाहरण पश्चिमा देशमा प्रशस्तै सुन्न वा देख्न पाइन्छ । रुसको सेन्ट पिटर्सबर्गकी क्रिस्टिना रिले आफू कामुक वा सुन्दर देखिन ओठमा एक सय पटक सिलिकन इन्जेक्सन लगाएर कीर्तिमान राखेकी छिन् । यसरी नियमित सिलिकन भरेपछि उनको ओठ सर्वाधिक ठूलो, गुलाबी तथा सेक्सी देखियो । त्यसपछि उनको नाम गिनिज बुकमा दर्ता भयो । टेलिभिजन कार्टुनमा एक महिलाको ठूलो र कामुक ओठ देखेपछि क्रिस्टिनाले १७ वर्षको उमेरदेखि निरन्तर २३ वर्षसम्म ओठमा सिलिकन भरेकी थिइन् । करिब ६० हजार डलर खर्च गरेर बनाइएको उनको ओठ यतिबेला कुरूप देखिएको संचारमाध्यमहरूले उल्लेख गरेका छन् । 

खुट्टाले विमान उडाउने र पियानो बजाउने

जन्मजात हात भएन भने वा कुनै कारणले हात गुम्यो भने के होला ? कल्पनासम्म गर्न सकिँदैन । यद्यपि एक अमेरिकाकी महिला हात नभएकै कारण विश्वचर्चित छिन् । अमेरिकाको एरिजोनाकी बासिन्दा जेसिका कक्सका दुवै हात छैनन् तर जेसिका खुट्टाले विमान उडाउन सफल भएकी छिन् । जन्मजात हात नभएकी जेसिका खुट्टाकै सहायताले अन्य साहसिक काम पनि गर्छिन् । उनी तेक्वान्दो तथा कराँतेमा अब्बल छिन् । जेसिकाले खुट्टाले नै पिनायो बजाएर धेरै संगीतप्रेमीको मन जितेकी छिन् । सन् २००८ मा गिनिज बुकमा नाम लेखाएकी जेसिका विशेष गरेर खुट्टाको सहायताले विमान उडाएर विश्वभर चर्चामा आइन् । हाल उनी सामाजिक काममा सक्रिय छिन् । 

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.