बीबीसी– विज्ञान र प्रविधिका विकाससँगै मानिसका विभिन्न अंगको प्रत्यारोपण भएका छन् । जस्तै हातका औला, सिंगो हात, अनुहारका विभिन्न अंश र सम्पूर्ण अनुहार इत्यादि । विभिन्न सफल प्रत्यारोपणपछि अब सिंगो टाउको नै
प्रत्यारोपणबारे बहस सुरु भएको छ । अन्य अंगझैं टाउको पनि सहज प्रत्यारोपण हुने विज्ञहरुले दाबी गरेका छन् । यदि उनीहरुले दाबी गरेजस्तै प्रत्याोपण सफल भएमा टाउको भन्दा तलको शरिर विग्रेका, अपांग भएका वा अन्य समस्यामा परेका मानिसलाई प्रत्यारोपण बरदान साबित हुनेछ, तथापी यो खर्च सर्बसधारणका लागि भने पहुँच बाहिरको विषय हुन सक्छ ।


इटालीका न्युरो सर्जन प्राध्यापक सर्गियो क्यानाभेरोले आगामी वर्षभित्र संसारमै पहिलो पटक टाउकोको प्रत्यारोपण गर्ने बताएका छन् । प्रत्यारोपणका लागि बेलायतबाट प्रशस्त स्वयंमसेबक समेत जुटाइएको उनले जानाकारी दिएका छन् । यस विधि अन्र्तगत डोनरको टाउको अर्कोको शरिरमा फिट गरिन्छ ।
टाउको प्रत्यारोपणको लागि प्रर्याप्त प्रविधिको विकास भएको प्राध्यपाक क्यानेभेरोले बताए । ‘एक दशकको समय होइन, केबल एक वर्षमा अर्थात सन् २०१७ को अन्त्यसम्मा टाउको प्रत्यारोपणको सम्प”र्ण पािक्रया पूरा हुनेछ,’ उनी भन्छन् ।
‘प्रत्यारोपण उपर्युक्त बे्रन डोनरमा निर्भर पर्छ,’ उनी भन्छन्, ‘ शल्यक्रियाको ठूलो खतरा भएपनि धेरै मानिस टाउको प्रत्यारोपणका लागि तयार भएको यी चिकित्सक बताउछन् । ‘बिरामीको सूची निकै लामो छ, अधिकाश बिरामी बेलायतका छन,’ उनी भन्छन् ।
‘यस्तो प्रकारको शल्यक्रिया गर्न बेलायतमा सम्भावना छ । निश्चय नै यो शल्यक्रिया बेलायतमा वा जर्मनी वा फ्रान्समा हुन सक्छ,’ उनले भने ।
प्रत्यारोपणको खबरले उत्साहित बिरामी
३१ वर्षीय भ्यालेरी स्प्रिडोनोभ मांशपेशी कुहिने रोगले पीडित छन जसका कारण उनी ह्विलचेयरमा बस्छन् । आफ्नो टाउको अन्य मानिसको शरिरमा प्रत्यारोपण गर्न चाहन्छन् ।
‘आजकल मेरो जिन्दगी निकै कठिन छ । म प्राय अरु मानिसमाथि निर्भर छु । मलाई बेडमा लैजान र ह्विलचेयरमा राख्न धेरै मानिसको सहयोग चाहिन्छ  । जसका कारण मेरो जिन्दगी पूर्ण रुपमा अरुमा निर्भर छ,’ उनी भन्छन् ।
‘यदि टाउको प्रत्यारोपण सम्भव छ भने यसको प्रयास गरिनुपर्छ,’ उनले भने ।
टाउको प्रत्यारोपणले कसरी काम गर्छ ?
टाउको प्रत्यारोपण शल्यक्रियाको लागि १५० मेडिकल स्टाफ लाग्ने र उनीहरुले ३६ घन्टामा यस्तो शल्यक्रिया गर्न सक्ने चिकित्सकले बताएका छन् ।
पहिलो चरणमा टाउको र शरिरलाई चिस्याइनेछ ताकी दिमागका कोषहरु मर्नबाट बच्नेछन् । त्यसपछि गर्धनलाई काटिनेछ र मुख्य रक्तनली र धमनी जोड्ने ट्युबलाई जोडिनेछ ।
त्यसछि अर्को चलाखी पक्ष आउँछ– स्पाईनल कर्डलाई काट्ने । स्पाईनल कर्डलाई हिराबाट बनेको विशेष चक्कुद्धारा काटिनेछ ।
टाउकोलाई डोनरको शरिरमा लगिनेछ र स्पाईनल कोर्डलाई विशेष प्रकारको ग्लुद्धारा जोडिनेछ ।
त्यसपछि मांशपेशी, नशा, र अगलाई पुन जडान गरिनेछ र छालामा स्टिच लगाइनेछ । प्रत्यारोपणको पहिलो विधिलाई ब्रेन डेड जीवित दाताहरुमा परीक्षण गर्ने प्राध्यापक कानाभेरो बताउँछन् ।
‘हामीले सजिलै सर्जिकल कर्ड काट्नेछौ र ६ देखि१२घन्टाको अवधिमा त्यसको रिकोभरी र न्युरो साइकोलोजिकल कन्डक्सन (विद्युतीय धड्कन) अनुगमन गर्नेछौ,’ उनी भन्छन् ।
‘हामीसँग एउटा राम्रो तरिका छ जसले गम्भीर स्पाईनल कोर्डलाई पनि नविकरण गर्छ । ’ उनले भन्छन् । ‘जब स्पाईनल कोर्डले काम गर्छ ,  त्यसको परिणाम अनौठो हुन्छ,’ उनी थप्छन् ।
‘कहिलेकाही मानिसहरु आकस्मिक विभागमा जान्छन् र ९० प्रतिशत सर्जिकल कोर्ड काटिन्छ । यस्तो विधि कुकुरमा गरिएको छ,’ उनी भन्छन् ।
‘हामीले यो पक्रिया कुकुरमा गरेका छौ र कुकुरको दुई सातामा नै अभूतपूर्व रिकोभरी भएको थियो,’ उनी भन्छन् । ‘स्पाइनल कोर्ड फेरेको कुकुर दौडिएको थियो’ उनी थप्छन् ।
source : swasthiyakhabar

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.