September 2016


सेक्सको बारेमा प्रत्येक देशको आ—आफ्नै परम्परा र धारणा रहेका छन । कुनै देशमा सेक्सका बारेमा कडा नियम कानुनहरु रहेका छन भने कुनै देशमा उदारता पाउन सकिन्छ । कुनै देशमा सेक्सको बारेमा विचीत्रको नियम छ । यस्ता छन् त्यस्ता नियमहरु 

१, कोलम्वियाको काली भन्ने ठाउमा बिवाह पश्चात आफ्नो आमाको अगाडि मात्र श्रीमतीसंग सेक्स सम्वन्ध राख्न पाइन्छ । 

२, अमेरिकाको वेस्टर्न पेसिफीक ओसियनको केटाहरुको पूर्णकालीन काम नै गाउमा घुमेर कुमारी केटीहरुको कुमारित्व भङ्ग गर्ने हुन्छ कारण त्यहा कुमारी केटीहरुको विवाह हुदैन । 


वैज्ञानिकहरुले यौनसम्पर्क गर्दा टाउकोको दुखाई तुरुन्तै ठिक हुने नयाँ तथ्य पत्ता लगाएका छन् । उनीहरुले सेक्सलाई टाउको दुखाईको अचूक औषधि भनेका छन् । आमरुपमा सेक्सबाट यति सुख मिल्छ कि शरीर र मनको थकान मेटाउछ । कसैको नजिक हुनु, उसलाई छुनु, प्यारले उसको शरीरको गहिराइमा आफ्नो एकान्त शेयर गर्नुले एक अलग्गै खालको नशा दिन्छ । र यसलाई सेक्सको जादु भनिन्छ ।   यति मात्रै होइन् यसले टाउकोको दुखाई क्षणभरमै ठिक पारिदिन्छ । 


यदि तपाई सुरक्षित सेक्स गर्नु हुँदैन भने अब तपाई जोखिममा पर्न सक्नु हुन्छ । अर्थात एड्ससहित यौन रोगका अन्य जोखिमहरु त यसअघि बाटै थिए नै अब सेक्सकै कारण अर्काे गम्भीर खतरा समेत विश्वमा भित्रिएको तथ्य पत्ता लागेको छ।
संयुक्त राज्य अमेरिकाको तटीयमुलुक ‘हवाई’मा ‘सेक्स सुपरबग’ नामक एक खतरनाक जीवाणुको दुईवटा मामिला बाहिर आएको छ । जसले विश्वभरका चिकित्सकलाई चिन्तित बनाएको छ ।हवाईका स्वास्थ्य विभाग अधिकारीहरुले ‘सुपरबग’ एड्स फैलाउने जीवाणु ‘एचआईभी’ भन्दा पनि खतरनाक भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनीहरुले यसबाट बच्न मुस्किल हुने बताएका छन् । हवाईको स्वास्थ्य विभागले सुपरबगको रोकथामका लागि नयाँ ‘एन्टिबायोटिक’ पत्ता लगाउन सरकारसँग ५४ मिलियन डलर राशी माग गरेका छन् । वरिष्ठ चिकित्सकहरुले सुपरबगलाई कुनै पनि औषधीले छुन नसक्ने बताएका छन् । चिकित्सकका अनुसार सेक्स सुपरबगलाई ‘गोनोरिया एच ०४१’ नामबाट पनि चिनिन्छ । सुपरबगको पहिलो पहिचान वर्ष सन् २०११ मा जापानमा भएको थियो । यसपछि यो हवाईमा फैलिएको थियो । अहिले भने क्यालिफोर्निया र नर्वेतिर पनि यसको संक्रमण फैलिन सुरु भएको अनुमान गरिएको छ । हवाईमा पहिलो पटक सन् २०११ मा सेक्स सुपरबगको मामिला एक युवतीमा भेटिएको थियो । हवाईका चिकित्सकहरुले पूरा देशभरी यसबाट सुरक्षित रहन सल्लाह दिएका छन् ।

चिकित्सकहरुले सुपरबगबाट विशेष सचेत रहन आग्रह गर्दै यसको जीवाणु धेरै आक्रामक भएको बताएका छन् । यो द्रुत गतिमा फैलिने र कम समयमा नै असर देखाउने खालको भएको चिकित्सकहरुको भनाई छ । विशेषज्ञहरुले सदैव सुरक्षित सेक्स गरेको खण्डमा यसबाट जोगिन सक्ने जनाएका छन् । जीवाणु देखिएको मुलुक हवाईमा कोहीसँग पनि नयाँ सम्बन्ध बनाउनुअघि पहिले आफ्नो ‘पाटर्नर’को शारीरिक जाँच गराउन सल्लाह दिइएको छ । 

बिराट्नगर, १५ आस्विन
हिजो शुक्रबार बिजुलिअफिस चोक छेउमा इन्डियन ट्रुक्कले मोटरसाइकल लाई ठक्कर दिदा मोटरसाइकल चालाईराखेकी युवतीलाई को घट्नास्थलमै मिर्त्यु भएको छ।


सर्वाधिक ठूलो स्तन 

मानिसहरू चर्चामा आउन जे गर्न पनि पछि पर्दैनन् । कतिपयले आफ्नो शरीरको अंग नै बदलेर दुनियाँलाई चकित पारिदिएका छन् । जर्मनीकी ३२ वर्षीया मेरा हिल्सले संसारको सबैभन्दा ठूलो स्तन (वक्षस्थल) भएकी महिलाका रूपमा आफ्नो नाम गिनिज बुकमा लेखाएकी छिन् । उनको वक्षस्थलको तौल ९ किलो छ भने आकार १०/१० लिटर छ । उनको वक्षस्थल कृत्रिम हो । हिल्सको शरीरलाई मिल्ने ब्रा बजारमा पाइँदैन । विशेष अर्डर गरेर बनाउन दिइएका ब्रा पनि च्यातिएर हैरान हुने जानकारी हिल्सले आफ्नो सामाजिक संजालमार्फत दिएकी छिन् । 

बिराटनगर ,१४ आश्विन – दशैतिहारलाई लक्षित गरेर मोबाइल कम्पनीहरुले ग्राहकलाई आकर्षक छुट र अफर दिन थालेका छन् । कम्पनीहरूले बजारीकरणका लागि चाडपर्वलाई कुरिरहेका हुन्छन् भने सेवाग्राहीहरू पनि यस्ता चाडपर्व कुरेर किनमेल गर्ने गर्दछन् ।


रुपन्देही, १३ असोज । रुपन्देहीमा केटी जिस्काएको आरोपमा बस चालक र सहचालकले ३० हजार रुपैयाँ जरिवाना तिरेका छन् ।



नयाँदिल्ली,१३ आश्विन – भारतको देहरादूनमा ‘लिभ इन रिलेशन’मा रहेकी युवतीलाई गर्भवती बनाएर एक युवक विगत दुई हप्तादेखि फरार भएका छन् ।गर्भवती भएकी ती युवतीले एक वर्षसम्म युवकसँग नियमित यौनसम्पर्क गरेकी थिइन् । यति लामो अवधिसम्म पनि ती युवतीले युवकका विषयमा कुनै जानकारी नराखेको प्रहरीले जनाएको छ ।

काठमाडौ , १३ आस्विन - नन्दुराज चौधरीले निर्माण गरेको थारु भाषाको फिल्म ‘भौँरा’ले शुक्रबार (असोज १४ गते) काठमाडौंमा आफ्नो च्यारिटी शो गर्ने भएको छ ।

फिल्मको च्यारिटी शो विश्वज्योति हलमा हुनेछ । च्यारिटीबाट संकलन हुने रकम थारु समुदायको उत्थानमा खर्च हुने निर्माण पक्षको भनाइ छ । च्यारिटीका लागि निर्माण पक्ष धमाधम तयारीमा जुटेको चौधरीले उल्लेख गरे ।
चम्पन साँस्कृतिक समूहको पहिलो प्रस्तुति ‘भौँरा’मा थारु समुदायमा विद्यमान नराम्रा विषयहरू कथामा समेटिएको छ ।

‘भौँरा’ अभिनेत्री सोनु थारुको कम्ब्याक फिल्म पनि हो । लामो समयपछि सोनुले ‘भौँरा’मा जोडदार अभिनय गरेकी छिन् । सोनुले थारु भाषाका थुप्रै फिल्म पनि निर्माण गर्नुका साथै आफै अभिनय गरेकी छिन् ।


‘भौँरा’मा थारु रितिरिवाज र साँस्कृतिबारे कथावस्तु समेटिएको निर्माता चौधरीले जानकारी दिए । ‘भौँरा’ झण्डै २५ लाखमा निर्माण भएको निर्माता चौधरीले दाबी गरेका छन् ।

फिल्ममा अधिकांश कलाकार नयाँ छन् । ‘भौँरा’को अधिकांस छायाँकन दाङमा गरिएको हो । फिल्मलाई कृष्ण चौधरीले निर्देशन गरेका हुन् ।

श्रीनारायण चौधरीको पटकथा, हरिनारायण चौधरीको छायाँकन रहेको ‘भौँरा’मा दीपक चौधरी, हरि वाग्ले र दीपक दीपको नृत्य निर्देशन रहेको छ ।

‘भौँरा’मा निर्माता नन्दुराज चौधरीले पनि अभिनय गरेका छन् । फिल्ममा सोनु थारु, कृष्ण चौधरी, श्रीनारायण चौधरी, अञ्जु चौधरी, रीमा चौधरी, राज कुस्मी, हरि चौधरी, रोशन रत्गैँया, फिरु चौधरी, वीरबहादुर चौधरी, समीक्षा चौधरी, राम कठरियालगायतको अभिनय रहेको छ ।

बिराट्नगर,१४ आश्विन – नेपाल टेलिकमले दसैँतिहार तथा छठ पर्वलाई लक्षित गर्दै डाटादेखि एसएमएस सेवासम्म छुटको अफर ल्याएको छ।

डाटा अफर

जीएसएम तथा सीडीएमएका प्रिपेड तथा पोष्टपेडका ग्राहकले डाटा लिई त्यसमा निःशुल्क भ्वाइस तथा एसएमएस पाउने व्यवस्था टेलिकमले गरेको छ।
असोज १५ देखि २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म १ सय एमबीको डाटा ५० रुपैयाँ र २५० एमबीको डाटा १०० रुपैयाँमा उपलब्ध गराइने कम्पनीले जनाएको छ। १०० एमबी डाटाको अवधि ५ दिन सम्म र २५० एमबी डाटाको अवधि १० दिनसम्म रहने छ।
सो अवधिमा डाटा प्रयोगकर्ताले क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन सक्नेछन्।

नाइट डाटा अफर

जिएसएम तथा सिडीएमए दुवैमा नाइट डाटा अफर पनि उपलब्ध गराइने छ। सो अनुसार राति १० बजेदेखि बिहान ६ बजेसम्म ४० रुपैयाँमा ५०० एमबी र ८५ रुपैयाँमा १२०० एमबी डाटा प्रयोग गर्न सकिने छ । यी डाटा भोल्युमको अवधि क्रमशः ७ दिन र १५ दिन हुनेछ । नाइट डाटा अफर आगामी असोज १५ देखि ३ महिना सम्म उपलब्ध गराइने कम्पनीले जनाएको छ।

भ्वाइस कलमा छुट

जीएसएम तथा सीडीएमए मोबाइल सेवा मार्फत कम्पनीकै नेटवर्क भित्र हुने कलमा विद्यमान महसुल दरमा १० प्रतिशत छुट उपलब्ध गराइएको छ । सो अनुसार प्रिपेड मोबाइलबाट प्रति मिनेट १. ३५ रुपैयाँ र पोष्टपेड मोबाइलबाट प्रति मिनेट ९० पैसामा कल गर्न सकिने छ । उक्त छुट आगामी असोज २२ देखि असोज २९ गते सम्म र कात्तिक १४ देखि २१ गतेसम्म उपलब्ध गराइने छ।
एसएमएस अफर
हाल जीएसएम तथा सीडीएमए मोबाइल सेवामा प्रति एसएमएस शुल्क १ रुपैयाँ भएकोमा आगामी असोज २२ देखि २९ गतेसम्म र कात्तिक १४ देखि २१ गतेसम्म प्रत्येक एसएमएसमा ५० प्रतिशत छुट उपलब्ध गराइने छ।

स्थानीय टेलिफोनमा थप १०० कल निःशुल्क

कम्पनीबाट वितरण गरिएको स्थानीय टेलिफोन सेवाअन्तर्गत २ सय रुपैयाँमा १७५ कल निःशुल्क उपलब्ध गराई आएकोमा असोज र कात्तिक महिनाको मासिक महसुल २ सयमा थप १ सय लोकल कल उपलब्ध गराइने कम्पनीले जनाएको छ।

एडिएसएल, वाईम्याक्स, एफटिटिएच सेवामा अवधि थप

अवधि सकिने भोल्यूम बेस्ड तथा अल्टिमेटेड एडिएसएलका ग्राहकहरुलाई समय थप गरिने छ। वाईम्याक्स तथा एफटिटिएचका ग्राहकहरुको हकमा डाटा भोल्यूम बाँकी भएको तर अवधि सकिएको खण्डमा समय थप गरिने छ।
सो अनुसार दसैँको समयमा असोज २२ देखि असोज २८ सम्म अवधि सकिने ग्राहकको अवधि असोज २९ गतेसम्म र तिहार तथा छठको समयमा कात्तिक १४ देखि कात्तिक २० गतेसम्म अवधि सकिने ग्राहकको अवधि कात्तिक २१ गतेसम्म थप गरिने छ।
जीएसएम प्रिपेड तथा सीडीएमए प्रिपेडमा एमपिओएस सिस्टमबाट १ सय र सो भन्दा माथिको दरको रिचार्ज गर्दा १० प्रतिशत टक टाइम बोनस उपलब्ध गराइने

आज को समय मा मेडिकल वर्ल्ड ले धेरै प्रगति गरिसकेको छ। ठुलो भन्दा ठूलो रोगको इलाज पत्ता लगाएका छन । अचम्म लाग्न सक्छ, यदि एस्तोमा हामिले  भन्योउ कि दुनियामा एस्तो पनि देशहरु छ जहाँ मान्छे ५० साल भन्दा धेरै जिउन सक्दैनन्  । आज हामी  बताउछौ एस्तो १० देशहरु को बारे मा।  

१. सेंट्रल अफ्रीका

बलिउडमा कार्यरत पाकिस्तानी कलाकारलाई भारत छाड्न धम्की दिइएको छ ।
राज ठाकरे नेतृत्वको महाराष्ट्र नवनिर्माण सेना (एमएनएस) ले भारतमा रहेका पाकिस्तानी कलाकारलाई ४८ घण्टाभित्र भारत छाड्न धम्की दिइएको हो । शिव सेनाबाट अलग्गिएर बनेको एमएनएसले हिन्दु एवं मराठीहरुको पक्षमा वकालत गर्दै आएको छ ।


काठमाडौं, असोज ९ । नेपाल राष्ट्र बैंकले दसैंका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराउन थालेको छ ।


1. Wikipedia -  विकिपेडीया एक अन्लाईन लाईब्ररी अथ्वा  बहुभाषी वेबमा आधारित स्वतन्त्र र खुलाज्ञानकोश हो।

2. Twitter - ट्विटर नेटवर्किङ सेवा जसमा प्रयोगकर्ता ले १४० अक्षर पोस्ट गर्न तथा पढ्न सकछन जस्लाई ट्विट भनिन्छ ।

3. Whatsapp -  सामाजिक संजाल ह्वाट्सएप मा फ्री भोइस  कलिङ्ग , भिडियो कलिङ्ग , मेसेजिङ , भिडियो सेरिङ सुबिधा उपलब्ध छन।

नयाँ दिल्ली। लण्डनमा हुन लागेको एक मोडलिङ्ग प्रतियोगितामा मधेशी युवा पियुष कर्णले नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्दैछ


फेस आफ द वल्र्ड’ नामक प्रतियोगितामा बीरगञ्ज घर भएका पियुष कर्णले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता सेप्टेम्बर १७ मा लन्डनमा हुनेछ ।

बिदेशमा अलपत्र पर्नु भयो? यो नम्बर मा फोन गर्नुस। 
९७७-०१४२४११७७

९ असोज २०७३  राजविराज ।
प्रहरी चौकी तिलाठीले भारततर्फ लैजादै गरेको ५० क्वाटर मदिरासहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

काठमाडौं, असोज ९ । काठमाडौको शान्तिनगरमा एक युवकको कोठामा आएकी युवतीको बेहोस भएर मृत्यु भएको छ ।

कथा लेखनबाट साहित्य क्षेत्रमा प्रवेश गरेका सुबिन भट्टराई पछिल्लो समय उपन्यासकारको चिनारीमा फैलिएका छन् । प्रेमकथा बुन्न रुचाउने उनी युवापुस्तामाझ लोकप्रिय छन् ।


भूमिसुधार तथा ब्यवस्था मन्त्री विक्रम पाण्डेले थारुहरुको सबैभन्दा ठूलो चाड जितियमा राष्ट्रिय विदा हुनुपर्ने बताएका छन्। माडी नगरपालिकाको बसन्तपुरमा थारुहरुको जितिया पर्वको झम्टा नृत्य प्रतियोगिता कार्यक्रममा बोल्दै पाण्डेले यस्तो बताएका हुन्। 

बिराटनगर , असोज ९   
–इन्टरनेट कम्पनी याहुले ५० करोड युजर एकाउण्ट ह्याक भएको जनाएको छ । ह्याकर्स समूहले आफ्नो ५० करोड युजर एकाउण्ट ह्याक गरेको याहुले पुष्टी गरेको हो ।
यति धेरै युजर एकाउण्ट ह्याक भएको इतिहासमा नै पहिलो हो ।

बीबीसी– विज्ञान र प्रविधिका विकाससँगै मानिसका विभिन्न अंगको प्रत्यारोपण भएका छन् । जस्तै हातका औला, सिंगो हात, अनुहारका विभिन्न अंश र सम्पूर्ण अनुहार इत्यादि । विभिन्न सफल प्रत्यारोपणपछि अब सिंगो टाउको नै

राष्ट्रिय खेलकुद परिषद्को ५३ औं बार्षिकउत्सव हिजो (२०७३/०५/१३-१५) त्रिपुरेश्वोर स्थित राष्ट्रिय खेलकुद परिसदको हलमा ३ दिने बर्सिक कार्यक्रम गरी सम्पन गरियो ।
राष्ट्रिय खेलकुद परिषद्को ५३ औं बार्षिकउत्सव समारोहको सम्मान कार्यक्रममा यो बर्ष ६ जना

हरेक पुरुषलाई आफूसँग कुनै स्त्री आकर्षित हुन्छे कि हुन्ने भन्ने चासो र चिन्ता हुन्छ । तपाइँ कुनै केटीले तपाइँलाई मन पराउँछे कि मन पराउँदिन भन्ने जान्न चाहनु हुन्छ भने यी

मानव अधिकारकर्मी मोहना अन्सारीले कला क्षेत्रमा लागेका मुस्लिम समुदायका नेपाली महिला विरलै भेटेकी छन्।
‘भारत, बंगलादेश, पाकिस्तान लगायत देशमा थुप्रै मुस्लिम महिला फिल्म क्षेत्रमा चर्चित छन्, नेपालमा भने फिल्म,

फेसनजस्तो खुलापन भएको क्षेत्रमा त परै जाओस्, राम्रो प्रतिभा भएका मुस्लिम महिलाले रेडियोमा समेत काम गर्न पाएका छैनन्,’ मोहनाको अनुभव छ।
ओशिमा बानु यस अर्थमा पृथक छिन्, जो नेपाली फिल्मक्षेत्रमा मुस्लिम समुदायबाटै पहिलो ‘हिरोइन’ का रूपमा भित्रिएकी छन्। यतिमात्र होइन, ओशिमा मोडल, फेसन तथा मोडलिङसम्बन्धी काम गर्ने संस्था ‘हाउस अफ फेसन’ की संस्थापकसमेत हुन्।
फिल्मक्षेत्रमा मुस्लिम महिलाको न्यून उपस्थिति रहेका बेला ओशिमाको प्रवेशलाई सुखद र गौरवको विषय मान्छिन्, अन्सारी।
र, उनको सफलता र निरन्तरताको कामना पनि गर्छिन्।
पचास वर्षभन्दा लामो इतिहास बोकेको फिल्मक्षेत्रमा अहिलेसम्म कुनै पनि मुस्लिम महिला पर्दामा नअटाउनु आफैंमा सोचनीय विषय हो। उत्तिकै सोचनीय विषय हो, नेपाली फिल्मले मुस्लिम समुदायका कथालाई उतिसारो नसमेट्नु।7
यस्तै बहस चलिरहेका बेला हसन खानको निर्माण तथा नारायण पुरी निर्देशक रहने ‘रोमियो’ नामक फिल्ममा ओशिमा नायिका बनेर अभिनय गर्दैछिन्।
ओशिमा फिल्ममा छानिएपछि मुस्लिम समुदायका थुप्रैले सकारात्मक कदम भन्दै बधाइ दिए। तर, सामाजिक सञ्जालमा मुस्लिम समुदायबाटै ओशिमाले नकारात्मक टिप्पणी पनि खेपिन्।
‘हेर मुस्लिम केटी भएर…, लाज छैन, दिमाग छैन? जस्ता कमेन्टहरू आए,’ ओशिमा भन्छिन्, ‘म यस्ता कुराको वास्ता गर्दिन।’
‘मुस्लिम महिला’ भन्नेबित्तिकै धेरैको मस्तिष्कमा बुर्काले ढाकिएको जुनखाले चित्र आउँछ, त्यो धेरै हदसम्म नेपाली समाजको यथार्थ पनि हो। यस्तो सामाजिक जकडबीच नेपाली मुस्लिम समुदायभित्र सानो भए पनि यस्तो वर्ग हुर्किंदैछ, जो मोडलिङ, फेसनजस्ता ‘ग्ल्यामरस’ दुनियाँमा सक्रिय छन। सुन्दरी प्रतियोगितामा भाग लिन्छन्। ‘ग्ल्यामरस’ तस्बिर खिचाउँछन्। यद्यपि, धर्मप्रति आस्था पनि उत्तिकै राख्छन्।
ओशिमा बानु यस्तै समूहकी युवती हुन्।
आफ्ना पुर्खा कहिलेदेखि काठमाडौं बस्न थाले, ओशिमालाई थाहा छैन। उनले देखेसम्मका उनका पुर्खा काठमाडौंकै रैथाने हुन्। त्यसैले काठमाडौंबाहिरका मुस्लिम समुदायको भन्दा अलि फरक भोगाइ रह्यो उनका बा/हजुरबाहरूको।
उनका बाबु मुस्लिम भए पनि आमा क्षत्री समुदायकी हुन्। बिहेपछि आमा मुस्लिम भइन्। हरेक बिहान अल्लाहको प्रार्थना गर्छिन् तर छोरीलाई प्रार्थना गर्नैपर्ने, हिजाब वा बुर्का लगाएर हिँड्नुपर्ने ‘उपदेश’ भने कहिल्यै दिइनन्। उनी यति मात्र भन्ने गर्छिन्, ‘राम्रो बाटोमा हिँड्नुपर्छ। त्यसो भयो भने कसैले केही भन्न सक्दैन।’
काठमाडौंको आधुनिक परिवेशमा हुर्किएका सबै मुस्लिम युवतीको अवस्था ओशिमाको जस्तो सहज छैन, ओशिमाको ‘अब्जर्भेसन’ले यसै भन्छ।
मोडलिङ, फेसन, अभिनय लगायत क्षेत्रमा लाग्ने सोच हुँदाहुँदै मनमा समाज र परिवारको डर पालेर आफ्नो इच्छा मार्ने थुप्रै मुस्लिम युवती उनले देखेकी छन्। उनका उमेरका साथीहरू त अहिले घरजम गरेर बच्चा हुर्काएर बसिरहेका छन्। काठमाडौंमै जन्मेहुर्केका युवतीको समेत १६/१७ वर्षमै बिहे हुने गरेको उनले देखेकी छन्। उनलाई पनि कसैकसैले भनेका रहेछन्, ‘बिहे गरेर थपक्क मुस्लिम तरिकाले बस।’
उनले कसैको कुरा सुनिनन्। ‘मनमा विश्वास लिएर अगाडि बढ्ने मात्र सोचेँ,’ उनले भनिन्, ‘मनको कुरा सुनेँ।’
सुरुमा उनको मनले मोडलिङको कुरा गरेको भने थिएन। उनी अनायासै ‘शोबिज’को दुनियाँमा आइपुगिन्।
केही वर्ष अस्ट्रेलिया बसेर फर्किएपछि उनले साडी व्यापारमा हात हालिन्। कसैले फेसबुकमा उनको फोटो देखेछन्। सुन्दर देखेपछि ‘भिभासिटी म्यागेजिन’का लागि फोटोसुटको प्रस्ताव गरेछन्। त्यतिबेलासम्म उनलाई मोडलिङ, फेसनका बारेमा उति ज्ञान थिएन। अस्ट्रेलिया बसेकीले ‘खुल्ला समाज’बारे थाहा भने थियो। उनले आफूलाई कहिल्यै ‘म मुस्लिम हुँ, मलाई यो गर्न वर्जित छ’ भन्ने ठानिनन्। बरु केही पत्रपत्रिकाका ‘ब्लोअप’ देखेकाले फोटोसुटप्रति उनको धारणा त्यति सकारात्मक थिएन। तर, ‘भिभासिटी म्यागेजिन’ को फोटोसुट उनले देखिरहेका ब्लोअपभन्दा ‘सालिन’ हुने भएपछि बाबुआमासँग सोधिन्।
बाबुले अनुमति दिए। आमाले उही कुरा दोहोर्याइन्, जुन उनले पहिलेदेखि नै भन्दै आएकी थिइन्, ‘राम्रो बाटोमा हिँड्नुपर्छ। त्यसो भयो भने कसैले केही भन्न सक्दैन।’
‘मलाई खुसी लागेको काम, अनि परिवारको सपोर्ट। त्यति भए पुगिहाल्यो। अरूले के भन्लान् भन्ने मतलबै भएन,’ उनले भनिन्।

फोटोसुट भयो। उनलाई विस्तारै मोडलिङको चस्का पस्यो।
सन् २०१२ को कुरा हो, उनले ‘फेस अफ क्लासिक डायमन्ड’ मा भाग लिइन् र विजेता बनिन्। उनलाई मिस नेपालमा पनि भाग लिने रहर जाग्यो। एक वर्षपछि मिस नेपालमा पनि भाग लिइन् र टप टेनसम्म पुगिन्।
यी दुई प्रतियोगितामा भाग लिने क्रममा अन्य सहभागीहरूसँग उनको परिचय हुन्थ्यो। जब उनी आफ्नो पूरै नाम भन्थिन्, सबै चकित भावमा भन्थे, ‘मुस्लिम पनि यस्तो ओपन?’
यसबीच उनी आफैंले मोडलिङसम्बन्धि काम गर्ने ‘हाउस अफ फेसन’ पनि खोलिसकेकी थिइन्। जहाँबाट उनी फेसनसम्बन्धी कार्यक्रम आयोजना गर्नुका साथै सुन्दरी प्रतियोगिता पनि चलाउँछिन्। बजारमा आएका पछिल्ला फेसनका कपडा बिक्रीवितरण पनि गर्छिन्।
धर्मकै कारण कुनै उल्झन नब्यहोरी करिब सात वर्षभन्दा बढी समयदेखि मोडलिङ यात्रामा रहेकी ओशिमाले मोडलिङमा लागेका मुस्लिम समुदायका महिला विरलै भेटेकी छन्। ‘बाहिर हामीजत्तिकै खुल्ला भएर हिँड्नेहरू छन् तर मोडलिङ, फेसनमा फाट्टफुट्ट मात्रै छन्,’ उनले भनिन्।
उनको अनुमानमा परिवार, समाज र धर्मकै कारण मुस्लिम युवतीहरू ग्ल्यामरस दुनियाँमा आउन सक्दैनन्।
त्यसो त जति नै खुला भएर हिँडे पनि उनको मनमा बेला–बेला डर पलाउँदो रहेछ। परिवार नै आफ्नो कामदेखि खुसी छन् भने समाजको डर उनलाई छैन। डर रहेछ, ‘अल्लाह’को। उनी भगवान र अदृश्य शक्तिप्रति विश्वास राख्छिन्।
दिनहुँ प्रार्थना नगर्दा, आम–मुस्लिम महिलाजस्तो हिजाब वा बुर्का नलगाउँदा बेला–बेला ‘अल्लाह’ को डर लाग्ने उनको भनाइ छ। मनमा यस्तो सोच आएको बेला आफूलाई सम्हाल्ने उनको आफ्नै सूत्र छ, ‘मैले मान्छे त मारेको होइन, त्यसो भने के पाप?’

ओशिमालाई आफू मुस्लिम समुदायबाट पहिलो नेपाली ‘हिरोइन’ भएकोमा त्यति गर्व लाग्दैन!
‘को मुस्लिम, को क्रिश्चियनभन्दा पनि उसको खुबीको प्रशंसा गर्नुपर्छ,’ उनले भनिन्, ‘म आफ्नो धार्मिक पृष्ठभूमि होइन, कामसँग मात्र मतलब राख्छु र मलाई पनि मेरो कामकै आधारमा मूल्यांकन गरियोस् भन्ने चाहन्छु।’
हुन त मुस्लिम समुदायमा मात्र होइन, नेपालका नगन्य महिलाले आफूले रोजेको काम गर्न पाएका छन्। ओशिमा मुस्लिम समुदायभित्र औंलामा गन्न सकिने युवतीमध्ये पर्छिन्, जसले आफूले रोजेको काम गर्न पाएकी छन्।
ओशिमाले पाएको मौकामा खुसी हुँदै मानवअधिकारकर्मी मोहना अन्सारी भन्छिन्, ‘मुस्लिम महिलाहरूको अवस्था पनि ठाउँअनुसार फरक छ। काठमाडौंका मुस्लिम महिला अलि बढी स्वतन्त्र छन्। ओशिमा बहिनीले जुन मौका पाएकी छन्, त्यो एकदमै खुसीको कुरा हो। फिल्मक्षेत्र पनि एउटा राम्रो व्यावसायिक क्षेत्र हो, जहाँ हरेक तह–तप्काका मान्छेको उपस्थिति र अभिव्यक्ति आवश्यक छ। अब उनको निरन्तरताले पनि अर्थ राख्छ।’


९ असोज २०७३ | राजविराज÷सप्तरीको विभिन्न ग्रामिण भेगका किसानहरु सनपात खेतिलाई नगदे बालीको रुपमा ग्रहणगरेपछि अहिले उनीहरु सो खेतीतर्फ आकर्षित भएका छन । प्राय सप्तरीको कोशी नदी तटबन्ध किनार गाविसका जनताहरु सो खेतीतर्फ बढी

असोज ५ | राजविराज–सप्तरीको कोइलाडी गाविसमा गत सोमवारदेखि फैलिएको झाडापखालाका दुई जना विरामीमा व्याक्टेरियम भिव्रियो कोलेरी नामक जिवाणु देखिएको छ ।

९ असोज, काठमाडौं । एघार महिनाअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेका थिए । ओलीको त्यो घोषणासँगै सरकारका सरोकारवाला निकायहरु एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने योजना बनाउन थाले ।

उर्जा मन्त्रालयले फास्ट ट्रयाकमा काम गरेर एक वर्षभित्र १ सय ५० मेगावाट विजुली उत्पादन गरेरै छाड्ने लक्ष्य सार्वजानिक गर्‍यो । जसअनुसार ०७३ असोज मसान्तसम्ममा राष्ट्रिय प्रसारणलाइनमा १ सय ५० मेगावाट विजुली जोडिइसक्नुपथ्र्यो ।


कबड्डिको थकालि, झुम्कीको थरुनी ,

थारु जातिको सम्बेदना बोकेको फिल्म झुम्की सन्योग बस  थारु जातीको महान चाड जितियाकै दिन देखी प्रदर्शन हुने भएकोले फिल्म सफलताको लागी सम्पुर्ण टिमलाई बधाई, अनि जितिया पर्व मनाउने र सदभाव राख्ने सम्पुर्ण महानु भाव हार्दिक शुभ कामना ।

आइतबार, फाल्गुण २४, २०७१ ११:१६:४४

हनुमानढोकामा एसपी मीरा चौधरीसँग कुरा गरेर निस्किएपछि उपल्ला दर्जाका प्रहरी अधिकृतको कोठामा छिर्‍यौं।
‘ए, मीरासँग नारी दिवसको सन्दर्भमा कुरा गर्न आउनुभएको,’ उनले भने, ‘हामी मीरालाई महिला प्रहरीमा गन्दैनौं।’
उनले खासमा मीराको क्षमता, मिहिनेत लगन र साहसको प्रसंशा गरेका हुन्। कुनै पुरुष प्रहरीभन्दा कम छैनन् मीरा भन्न खोजेका हुन्।

सन्दर्भ: थारु माघी र थारु नया बर्ष
थारु एउटा बहुभाषिक, बहुसांस्कृतिक समुदाय हो. थारु हरुको सांस्कृतिक बिबिधता उनीहरुले ठाउँ अनुसार मनाउने चाड पर्वबाट स्पष्ट बुझ्न सकिन्छ. पुर्व देखि पश्चिम तराईमा बसोबास गर्ने थारु हरुमा क्षेत्र र वर्गअनुसार चाडको महत्व फरक फरक छ. पुर्वका थारु हरु सिरुवा पवैनलाइ निकै प्रमुखताका साथ् तिन दिन सम्म मनाउछन भने त्यहि पर्व

पृष्ठभूमिः

हाम्रो देशको सन्दर्भमा सर्वस्वीकार्य र सर्वमान्य तथ्य कुरा के हो भने नेपाल एक बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक मुलुक हो । दर्जनभन्दा बढी धर्म, सयभन्दा बढी भाषाभाषी र जातजाति तथा त्यसभन्दा पनि कैयौं बढी रितिरिवाज, परम्परा, चालचलन, संस्कार तथा संस्कृतिहरु नेपालको गौरव र गरिमामय चिनारी हुन् ।

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.