असोज ५ | राजविराज–सप्तरीको कोइलाडी गाविसमा गत सोमवारदेखि फैलिएको झाडापखालाका दुई जना विरामीमा व्याक्टेरियम भिव्रियो कोलेरी नामक जिवाणु देखिएको छ ।

उपचारार्थ गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल राजविराजमा भर्ना भएका दुई जना झाडापखालाका विरामीमा व्याक्टेरियम भिव्रिया कोेलेरीको जिवाणु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । मुखको माध्यमले दिशाबाट संक्रमित पानी र खाने कुराबाट फैलिने उक्त जिवाणु कोईलाडी–२ का सोनिदेवी र सचियामा देखा परेको जनस्वास्थ्य प्रमुख विजयकुमार झाले बताए । ‘दुई जनामा व्याक्टेरियम भिव्रियो कोलेरी नामक जिवाणु देखिएपनि यकिन् हुन नसकेको हो’ उनले भने ‘व्याक्टेरियम भिव्रिया कोेलेरीको जिवाणु यकिन गर्न काठमाण्डौंबाट टोली आउदैछ ।’ उनका अनुसार हैजाको प्रकोप फैलाउन भिव्रियो कलेरी ‘ओ १’ र ‘ओ १३९’ प्रजाति जिम्मेवार भएपनि व्याक्टेरियम भिव्रिया कोेलेरीको जिवाणु देखिनासाथ हैजा भएको मानिन्छ । उक्त गाविसमा करिब तीन दर्जन मानिस झाडा पखालाले ग्रसित रहेकोले आवश्यक औषधीसहित जनस्वास्थ्यबाट उपचार टोली पठाइएको छ ।


लेबल:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.