९ साउन, काठमाडौं ।

आइसीसी यू-१९ विश्वकपको एसियाली छनौट अन्तर्गत नेपाली युवा टोलीले मलेसियालाई ५ विकेटले हराएको छ ।
सिंगापुरमा केहिबेर अघि सम्पन्न खेलमा मलेसियाले दिएको ९० रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।
नेपालका लागि राहित कुमार पौडेलले सर्बाधिक अविजित ३४ रन बनाए । ओपनर सन्दिप सुनार १५ र अनिल शाह १२ रनमा आउट भए भने तेस्रो नम्बरमा आएका प्रनित थापामगरले पनि ८ रनमात्र बनाउन सके । नेपालले १० ओभरमा ३६ रन बनाउँदा महत्वपूर्ण तीन विकेट गुमाइसकेको थियो ।
त्यसपछि आएका अदिल शान र प्रकाश केसीले खाता नै खोल्न सकेनन् । ११.३ ओभरमा ५ विकेट गुमाउँदा ४० रन जोडेको नेपालको पारी दिपेन्द्र सिंह ऐरी र राहित कुमार पौडेलले धानेका थिए ।
यो जोडीले छैटौं विकेटका लागि अविजित ५२ रनको साझेदारी गरे । ऐरीले १९ र पौडेलले ३४ रन बनाए ।
यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले ३५.१ ओभरमा सबै विकेट गुमाउँदै ८९ रनको योगफल बनाएको थियो । मलेसियालाई सस्तैमा समेट्ने क्रममा खेलका म्यान अफ द म्याचसमेत बनेका नेपाली कप्तान सन्दीप लामिछाने एक्लैले ७ विकेट लिए । १० ओभर बलिङ गरेका उनले १ मेडन राख्दै १३ रन खर्चिए ।
उनका अलावा शाहव आलमले २ तथा रिजन ढकालले १ विकेट लिए ।
मलेसियाका सयेद अजिजले ४६ रन बनाएपनि अन्यले उल्लेखनीय रन बनाउन सकेनन् । उसका ८ ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् भने त्यसमध्ये ४ जनाले खाता खोल्नै सकेनन् ।
न्युजिल्याण्डमा हुने आइसीसी यू-१९ विश्वकपका लागि एसियाली छनौटमा चार टिमले एक अर्काबिरुद्ध दुई खेल खेल्नेछन् । अफगानिस्तानसँगको अन्तिम खेल बाँकी रहँदा नेपाल ८ अंकसहित दोस्रो स्थानमा छ । अफगानिस्तान प्रतियोगिताको एकमात्र अविजित टोली हो र उसको १० अंक छ ।
नेपालले छैटौं तथा अन्तिम खेल अफगानिस्तानसँग खेल्नेछ ।

२०७४ साउन ९ गते १२:०४ मा प्रकाशित
This is the most recent post.
Older Post

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.