मोरङ:एपीवान टेलिभिजनबाट प्रसारण हुने नेपाल आईडलका प्रतिस्पर्धी निशान भट्टराईको ‘भोटिङ’ प्रचारका लागि उनका बुवाले घरको लैनो गाई समेत विक्री गरेका छन् ।

उर्लाबारी नगरपालिका-७ का २१ वर्षीय निशानका बुवा नित्यानन्दले छोराको प्रचारका लागि दुई साता अघि मात्रै ब्याएको लैनो गाई ६० हजारमा विक्री गरेका हुन् ।उनलेे त्यही पैसा खर्च गरेर छोरालाई नेपाल आइडल बनाउन प्रचार गरिरहेका छन् ।

निशान अहिले प्रतियोगिताको टप टेनमा पुगेका छन् । सामान्य परिवारमा जन्मिएका निशान स्कुलमा भर्ना भएदेखि नै गीतसंगीतप्रतिको लगाव राख्ने गरेपछि उनको प्रतिभाको सम्मान गर्दै भृकुटी मोडल स्कुलले संगीत कक्षा नै चलाउन सुरु गरेको थियो ।

निशानका संगीत शिक्षक विशाल राईका अनुसार सानै उमेरदेखि उनी गीतसंगीतप्रति निकै मेहनती थिए ।

भर्खरै मात्रै मिस नेपालको उपाधी जितेको उर्लाबारीका लागि नेपाल आइडल जिताउन पनि स्थानीयबासीसँगै संघसंस्थाहरु अभियानकै रुपमा लागिपरेका छन् ।

उर्लाबारीकै निकिता चन्डकले मिस नेपालको उपाधी हात पारेकी थिइन ।

निशानलाई जिताउन उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष चन्ऽबहादुर भट्टराईको संयोजकत्वमा १५ सदस्यीय ‘निशान जिताउ अभियान’ समिति गठन भएको छ ।
लेबल:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.