जनकपुरधाम, २९ कात्तिक । धनुषाको बहेडाबेलाकी एक वृद्धालाई बोक्सीको आरोपमा मल मुत्र खुवाउने प्रयास भएको छ ।
बहेडाबेला गाविस वडा नम्वर २ निवासी एकल महिला वर्ष ८० की फुलेसरी देवी यादवलाई गत बुधवार अवेर सांझ बोक्सीको आरोपमा मलमुत्र खुवाउने प्रयास भएको परिवारजनले आरोप लगाएका हुन् । कात्तिक पुर्णिमाको पूर्व सन्ध्यामा  धनुषामा यस्तो घटना सार्वजनिक भएको हो । जिल्लाका धामीझाक्रीहरु कमला स्नानको तयारीमा रहदा एकल महिलालाई बोक्सीको आरोपमा मलमुत्र खुवाउने प्रयास गरिएको हो ।  
स्थानिय देवनारायण मंडल र उनको छोरा जय कुमार मंडल लगायतले मल मुत्र खुवाउने प्रयास गरेको पीडित महिला यादवले बताइन् । तर आफनो छोरा तथा बुहारीले बचाउन खोज्दा उल्टै आफना पकड्का व्यक्तिहरुलाई परिचालन गरेर कुटपिट गरेको उनले बताइन् । 
जयकुमार यादवकी कान्छी छोरी टुनामुनाकै कारण विरामी भएको आरोप लगाउंदै भएको विवाद झडपमा परिणत भएको स्थानियहरुको भनाई छ ।
झडपमा परी पीडित फुलेसरीकी छोरा चन्दे यादवको धरानमा उपचार भईरहेको बताइएको छ भने पीडित भन्ने देवनारायण पक्षका समेत एक जनालाई धरान पठाइएको बताइएको छ । 
यता घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पीडित पक्षका सत्यनारायण यादव, तपेश्वर यादव, भोला यादव, मनोहर यादव, बिरेन्द्र यादव, दिलिप राउत, राकेश यादव, मंजे यादव र रोशन यादवलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु सम्पुर्ण नेकपा एमालेका स्थानिय नेताहरु भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक लालमणी आचार्यले फुलेसरी देवीकै पक्षबाट विवादको सुरुवात भएको दावी गर्दै क्षति भने देवनारायण पक्षको भएको स्पष्ट गरे ।
यता नेकपा एमाले धनुषाले घटनाबारेमा सत्यतथ्य जांचबुझ गरी कारवाही प्रक्रिया अगाडि बढाउन दवाव दिएको छ । जिल्ला अध्यक्ष राजकिशोर यादवको नेतृत्वमा हरिनारायण महतो लगायतका २ दर्जन बढी नेताहरु जिप्रकाका प्रमुख लालमणी आचार्यलाई ध्यानाकर्षण गराएका हुन् । गृहमंत्रीको दबाबमा एमालेका कार्यकर्ताहरुलाई मात्र पक्राउ गरिएको उनीहरुले आरोप समेत लगाएका छन् ।
लेबल:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.