विराटनगरः एकजना युवकको शव धानबारीमा लडिरहेको छ भन्ने प्रहरीकहाँ सूचना आयो । मोरङ प्रहरी तत्कालै सर्तक भयो । एसपी सन्दीप भण्डारी आफैं आफ्ना तीनजना सहयोगी डिएसपीकासाथ लागेर हुइँकिए विराटनगर ६ को जामुनगाछीतिर । साथमा चिकित्सक पनि लगिएको थियो । 

धानबारीतिर पुग्दा केही कुहिएको ह्वास्सै गन्ध आयो । प्रहरी टोली शवको छेउमा पुग्दा स्वयम् एसपी भण्डारी पनि बिलखबन्दमा परे । शवमा औंसा किरा लागि सकेको छ । आधा गलेको शरीरमा स्याउँ स्याउँ दौडिएका औंसा देखेर त्यहाँ पुग्ने प्रहरी टोलीलाई पनि ‘वाकवाकी आयो’ । 

एसपी भण्डारीले शव सनाखत हुन कठिन हुने लख काटे । सनाखत नभए चिकित्सकसहितको आफ्नो टोलीसँग सल्लाह गरेर निश्कर्ष निकाले ‘शवबाट बंगारा र पिठ्यूको हाड झिकेर डिएनए परीक्षण गर्न लैजाने’ तर मृतकको कपडा, जुत्ता र मोबाइलको आधारमा उनी १९ वर्षीय अंकित दाहाल भएको खुल्न अयो । 

लागूऔषधको विषयमा भएको विवादका क्रममा दाहाललाई आफ्नै साथीले हत्या गरेको प्रारम्भिक निश्कर्षमा प्रहरी पुगेको छ । हत्यामा संलग्न रहेको आरोपमा ५ जना पक्राउ पनि परेका छन् ।

उनीहरुलाई पत्रकार सम्मेलन गरेर मोरङ प्रहरीले आज सार्वजनिक गरेको छ । तीन दिनदेखि दाहाल हराएका थिए । तर, शनिबार विराटनगर ६ का १९ वर्षीय अंकित दाहालको शव जामुनगाछीस्थित धानबारीमा फेला परेको थियो । शव फेला परेपनि हत्यामा संलग्न भने फरार थिए ।

हातखुट्टा डोरीले बाँधेर पेट र घाँटीमा धारिलो हतियार प्रयोग गरेको पत्ता लागेपछि यो हत्या नै हो भन्ने प्रहरीले निक्र्यौल गरिसकेको थियो । एसपी भण्डारीले भने,‘त्यसपछि सबै टोली सीमावर्ती क्षेत्रसम्म पुगेर हत्यामा संलग्न भएकालाई पक्राऊ गर्न सफल भइयो ।’ प्रहरीले मंगलबार दिउँसो २ बजेसम्म सबैलाई पक्राउ गर्न सफल पनि भयो ।


घटनामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर ५ की टाइली भन्ने फूलकुमार उराव, सोही ठाउँका युवराज परियार, सुकदेव यादव, सुरज उराव र सार्जन खरेललाई पक्राउ गरेको हो । मोरंग प्रहरीका एसपी सन्दीप भण्डारीले लागूऔषध लेनदेनको विषयमा विवाद भई दाहाललाई नियोजित रुपमा हत्या गरेको देखिएको जानकारी दिए । 
लेबल:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.