Articles by "मनोरञ्जन"

Showing posts with label मनोरञ्जन. Show all posts

मोरङ:एपीवान टेलिभिजनबाट प्रसारण हुने नेपाल आईडलका प्रतिस्पर्धी निशान भट्टराईको ‘भोटिङ’ प्रचारका लागि उनका बुवाले घरको लैनो गाई समेत विक्री गरेका छन् ।

उर्लाबारी नगरपालिका-७ का २१ वर्षीय निशानका बुवा नित्यानन्दले छोराको प्रचारका लागि दुई साता अघि मात्रै ब्याएको लैनो गाई ६० हजारमा विक्री गरेका हुन् ।उनलेे त्यही पैसा खर्च गरेर छोरालाई नेपाल आइडल बनाउन प्रचार गरिरहेका छन् ।

निशान अहिले प्रतियोगिताको टप टेनमा पुगेका छन् । सामान्य परिवारमा जन्मिएका निशान स्कुलमा भर्ना भएदेखि नै गीतसंगीतप्रतिको लगाव राख्ने गरेपछि उनको प्रतिभाको सम्मान गर्दै भृकुटी मोडल स्कुलले संगीत कक्षा नै चलाउन सुरु गरेको थियो ।

निशानका संगीत शिक्षक विशाल राईका अनुसार सानै उमेरदेखि उनी गीतसंगीतप्रति निकै मेहनती थिए ।

भर्खरै मात्रै मिस नेपालको उपाधी जितेको उर्लाबारीका लागि नेपाल आइडल जिताउन पनि स्थानीयबासीसँगै संघसंस्थाहरु अभियानकै रुपमा लागिपरेका छन् ।

उर्लाबारीकै निकिता चन्डकले मिस नेपालको उपाधी हात पारेकी थिइन ।

निशानलाई जिताउन उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष चन्ऽबहादुर भट्टराईको संयोजकत्वमा १५ सदस्यीय ‘निशान जिताउ अभियान’ समिति गठन भएको छ ।

आम मानिस होस् या कुनै सेलिब्रेटी आफ्नो विवाहलाई सबैले स्पेशल बनाउन चाहन्छन् । बलिउडमा पनि सेलिब्रेटीका विवाह कुनै न कुनै कारणले स्पेशल र चर्चाको विषय बनेको हुन्छ । 

स्पेशल विवाह भन्ने बित्तिकै अभिनेत्री शिल्पा शेट्टीको विवाह धेरैले सम्झन्छन् । किनकी बलिउडको महंगो विवाह मध्येको एक विवाह थियो शिल्पाको । सन् २००९ को नोभेम्बर २२ मा व्यापारी राज कुन्द्रकी दोस्रो श्रीमती बनेर भित्रिएकी शिल्पाको विवाहमा ५० लाख भारतीय रुपैयाँको आउटफिट र ५ करोड रुपैयाँको गहना प्रयोग भएको थियो । यस बाहेक उनको विवाहको अर्को चाखलाग्दो कुरा, उनीहरुले विवाहमा २० किलोको केक पनि काटेका थिए जसमा ९ स्टेज थिए । 

अभिशेक बच्चन र ऐश्वर्या राय 

अभिशेक र ऐश्वर्याको रिसेप्शनमा पाँच सय मानिसहरुको सहभागिता थियो । रिसेप्शनलाई स्पेशल बनाउनको लागि माथिबाट हेलिकप्टरबाट फूल बर्साइएको थियो ।

उनीहरुको विवाहको अर्को एउटा चाखलाग्दो कुरा के छ भने अभिशेकसँग विवाह गर्नुभन्दा पहिले ऐश्वर्याको मांगलिक दोष हटाउन भन्दै पिपलको बोटसँग विवाह गरिएको थियो । यो हिसाबले ऐश्वर्याको दुई पटक विवाह भएको थियो ।

ऋषि कपूर र नितू कपूर


ऋषि कपूर र नितू कपूरको विवाह सन् १९८० मा भएको थियो । एक अन्र्तवार्ताको क्रममा नितूले उनीहरुको विवाहको काम आर के हाउसमा २० दिनसम्म चलेको बताएकी थिइन् । नितूका अनुसार नुसरत फतेह उनको विवाहमा पफर्म गरेपछि नै चर्चित भएका थिए रे ।

विवेक ओब्रोय र प्रियंका अल्वा


उनीहरुको विवाहको सबै काम बैंगलोरको पाँचतारे होटेलमा भएको थियो । यो विवाहको विशेषता उनीहको कार्डमा थियो । एक कार्डको मूल्य ७ हजार रुपैयाँ थियो । जसलाई हातले बनाइएको थियो । यसलाई एक ज्वेलरी बक्समा राखिएको थियो । 

शुनील शेट्टी र माना


सुनिल शेट्टीले विवाहमा पत्नीलाई बि एम डब्ल्यु कार उपहार दिएका थिए । यस कारको पछाडि  बि एम डब्ल्युको अर्थ बी माई वाईफ लेखिएको थियो । यहि नै उनीहरुको विवाहको विशेषता थियो ।

अनुराग कश्यप र कल्की कोचलिन


निर्देशक तथा अभिनेता अनुराग कश्यप र अभिनेत्री कल्की कोचलिनको विवाह २०११ मा भएर २०१३ मा टुटेको थियो । तर उनीहरुको विवाहको एउटा चाखलाग्दो कुरा भने छ । उनीहरुले एक सय वर्ष पुरानो आँपको फेदमा विवाह गेका थिए । जुन रुखको फेदमा कल्की बाल्यकालमा खेल्ने गर्थिन् ।

बिरटनगर, कात्तिक २४ – सिने उद्योगमा स्थापित सबै स्टारहरुले आफ्नो करिअरको सुरुवात प्रायः सानो भूमिकाबाट गरेका हुन्छन् । सानो भूमिकाबाट करिअरको सुरुवात गरेपनि उनीहरुले पछि भने सिनेमामा रजाँई गरेका हुन्छन् । यही मध्येका एक स्टार हुन् दक्षिण भारतीय सिनेमाका कमेडियन ब्रम्हानंदम ।
सन् १९५६ फेब्रुअरी १ मा आन्ध्रप्रदेशमा जन्मेका ब्रम्हानंदमको परिवाको आर्थिक अवस्था कमजोर थियो ।  यही कारण उनको परिवारबाट एमएसम्मको अध्ययन गर्ने उनी मात्र पहिलो सन्तान थिए ।
अध्ययन सकेपछि उनले एक तेलुगु लेक्चररको रुपमा कलेजमा पढाउन थाले ।  उनी कलेजमा प्रायः विद्यार्थीलाई मिमिक्री गरेर हँसाउथे । एकपटक उनलाई ईंटर कलेज नाटक प्रतियोगितामा बेस्ट सपोर्टिङ कलाकारको पुरस्कार मिल्यो । त्यसपछि उनको रुची नाटक तर्फ बढ्न थाल्यो ।
नाटकमा काम गर्ने क्रममा तेलुगु फिल्मका चर्चित निर्देशक जन्धयालाले उनलाई बोद्दाबाई नामको नाटकमा अभिनय गर्दै गरेको देखे । त्यही अभिनयबाट जन्धयाला प्रभावित भए र चान्ताबाई नामक फिल्ममा ब्रम्हानंदमलाई सानो भूमिका दिए । यही फिल्मबाट १९८५ मा ब्रम्हानंदमको सिने करिअर सुरु भयो ।
पहिलो सिनेमाको काम मन पराएपछि जन्धयालाले उनलाई दोस्रो सिनेमामा पनि लिए । दोस्रो सिनेमामा आहा न पेल्लानतामा उनले गरेको अभिनय धेरैले मन पराए र दोस्रो सिनेमाबाटै ब्रम्हानंदम सिनेमाको चर्चित अनुहार बन्न पुगे । अहिलेसम्म उनले एक हजार भन्दा धेरै सिनेमामा काम गरेका छन् । अहिले उनी एक सिनेमामा काम गरेबापत एक करोड पारिश्रमिक लिन्छन् ।
आफूले सिनेमामा पाएको ब्रेकबारे ब्रम्हानंदम भन्छन्– म माता पिताका आठ सन्तान मध्ये सातौं नम्बरमा जन्मेको हुँ । भगवानलाई म धेरै धन्यवाद दिन्छु । किनकी मैले बाल्यकालदेखि नै अरुलाई हँसाउन सफल भएको छु । मेरा एकदमै मिल्ने साथी एमसिबी शशिधर, उनी डि डि ८ मा चिफ प्रोगामिङ अफिसर थिए । उनले मलाई चर्चित लेखक आदि विष्णुको घरमा लगे । आदि विष्णुले मलाई –तिमी निकै राम्रो स्टैंड कमेडी गर्न सक्छौ जसलाई टेलिभिजनमा अनएअर गर्न सकिन्छ भने । त्यसपछि मलाई जन्धयालाले सन् १९८५ मा पहिलो ब्रेक दिएका हुन् ।

मलाई देखेर दर्शक थाकेकै छैनन् 

मलाई लाग्छ सबै अभिनेताहरुले मैले जस्तै कडा मेहनत गर्छन् । तर मानिसहरु अझै पनि मलाई देखेर थाकेका छैनन् । यही कारण भगवानले मलाई, मात्र अरुलाई हँसाउनको लागि यस धर्तिमा पठाएको जस्तो लाग्छ ।  एक पटक मेरो साथीको छोराले मलाई सोध्यो ‘तपाईँको नाम ब्रम्हानंदम कसले राख्यो ?’ मेरा पिताले पनि मलाई कहिल्यै मेरो नाम ब्रम्हानंदम किन राखियो भनेर भन्नु भएन । तर मेरो नामको अर्थ हो द ह्याप्पीनेस अफ द युनिभर्स । पुरै ब्रहमाण्डको आनन्द । 

आफ्नो व्यस्तताबारे के भन्छन् उनी ?

तीन दशकपछि पनि ब्रम्हानंदम सिनेमामा उत्तिकै व्यस्त छन् । यस प्रश्नमा उनी भन्छन्–एक भनाई छ नि ‘ताजा पानी सधैँ बासी पानीलाई रिप्लेस गर्छ ,तर भाँडो भने एउटै रहन्छ ।’ म पनि फिल्म उद्योगको यस्तै भाडो हुँ ।  
निर्देशक वीर बिक्रमले मलाई एकपटक भन्नुभएको थियो ‘तिमी भगवानको दर्शन गर्न लामो समय प्रतिक्षा गरेर लाईन बस्छौ अनि भगवानलाई भेटेपछि सबै कुरा बिर्सन्छौ । मैले तिमीलाई भगवानसँग तुलना गर्न खोजेको भने हैन तर जब मानिसहरु तिमीलाई हेर्छन्  सबै कुरा बिर्सेर हाँस्न थाल्छन् ।’
नेपाली सम्भार:कोचिला मिडिया 

पूर्वाञ्चल नाट्य यात्रा २०७३ अन्तर्गतको नाटक मञ्चन हुने भएको छ ।  रंगकर्मी दयाहाङ राईले निर्देशन गरेको नाटक डिग्री माइला यही कार्तिक १२ गते आरोहण गुरुकुल आरोहरणको सुशीला कोइराला नाटक घरमा मञ्चलन हुन लागेको हो ।  


१५ सय वर्ष अघिको ऐतिहासिक कथा माथि फिल्म बन्ने भएको छ । राजधानीमा सोमबार एक कार्यक्रमकाविच मिथिलाका राजा सलहेसको गाथामाथि ‘सलहेसः द पिपुल्स हिरो’ नामक आवधिक फिल्म निर्माण गर्ने घोषणा भएको हो ।भोर कम्पनीप्रा.लिको प्रस्तुतिमा बन्ने यो फिल्मका प्रमुख पात्र सलहेस मिथिलामा राजा जनकपछिको प्रादुर भाव भएको व्यक्तित्व मानिन्छन् । उनलाई तराईंको दुसाध समुदायले अहिले पनि भगवानका रुपमा पुजा गर्ने गर्छ ।


तेरे मेरे दरमियाँ नामक हिन्दी भाषाको म्यूजिक भिडियो वीरगन्जमा विमोचन गरिएको छ । वीरगंजको वृन्दावनमा आयोजित एक कार्यक्रममा भिडियो विमोचन गरिएको हो । वीरगंजका स्थानिय गायक अशोक प्रधानले सो म्युजिक भिडियोको विमोचन गर्नुभएको थियो । उक्त म्यूजिक भिडियोमा सप्तरी राजविराजका बासिन्दा तथा हाल वीरगंज स्थित नेशनल मेडिकल कलेजमा कार्यरत डा. अशोकआर्यन यादव मुख्य अभिनय तथा मोडल मल्लिका चौलागाई, सहयोगि कलकारमा राज रोकाया अभिनय छ ।

काठमाडौ , १३ आस्विन - नन्दुराज चौधरीले निर्माण गरेको थारु भाषाको फिल्म ‘भौँरा’ले शुक्रबार (असोज १४ गते) काठमाडौंमा आफ्नो च्यारिटी शो गर्ने भएको छ ।

फिल्मको च्यारिटी शो विश्वज्योति हलमा हुनेछ । च्यारिटीबाट संकलन हुने रकम थारु समुदायको उत्थानमा खर्च हुने निर्माण पक्षको भनाइ छ । च्यारिटीका लागि निर्माण पक्ष धमाधम तयारीमा जुटेको चौधरीले उल्लेख गरे ।
चम्पन साँस्कृतिक समूहको पहिलो प्रस्तुति ‘भौँरा’मा थारु समुदायमा विद्यमान नराम्रा विषयहरू कथामा समेटिएको छ ।

‘भौँरा’ अभिनेत्री सोनु थारुको कम्ब्याक फिल्म पनि हो । लामो समयपछि सोनुले ‘भौँरा’मा जोडदार अभिनय गरेकी छिन् । सोनुले थारु भाषाका थुप्रै फिल्म पनि निर्माण गर्नुका साथै आफै अभिनय गरेकी छिन् ।


‘भौँरा’मा थारु रितिरिवाज र साँस्कृतिबारे कथावस्तु समेटिएको निर्माता चौधरीले जानकारी दिए । ‘भौँरा’ झण्डै २५ लाखमा निर्माण भएको निर्माता चौधरीले दाबी गरेका छन् ।

फिल्ममा अधिकांश कलाकार नयाँ छन् । ‘भौँरा’को अधिकांस छायाँकन दाङमा गरिएको हो । फिल्मलाई कृष्ण चौधरीले निर्देशन गरेका हुन् ।

श्रीनारायण चौधरीको पटकथा, हरिनारायण चौधरीको छायाँकन रहेको ‘भौँरा’मा दीपक चौधरी, हरि वाग्ले र दीपक दीपको नृत्य निर्देशन रहेको छ ।

‘भौँरा’मा निर्माता नन्दुराज चौधरीले पनि अभिनय गरेका छन् । फिल्ममा सोनु थारु, कृष्ण चौधरी, श्रीनारायण चौधरी, अञ्जु चौधरी, रीमा चौधरी, राज कुस्मी, हरि चौधरी, रोशन रत्गैँया, फिरु चौधरी, वीरबहादुर चौधरी, समीक्षा चौधरी, राम कठरियालगायतको अभिनय रहेको छ ।

कथा लेखनबाट साहित्य क्षेत्रमा प्रवेश गरेका सुबिन भट्टराई पछिल्लो समय उपन्यासकारको चिनारीमा फैलिएका छन् । प्रेमकथा बुन्न रुचाउने उनी युवापुस्तामाझ लोकप्रिय छन् ।

हरेक पुरुषलाई आफूसँग कुनै स्त्री आकर्षित हुन्छे कि हुन्ने भन्ने चासो र चिन्ता हुन्छ । तपाइँ कुनै केटीले तपाइँलाई मन पराउँछे कि मन पराउँदिन भन्ने जान्न चाहनु हुन्छ भने यी


कबड्डिको थकालि, झुम्कीको थरुनी ,

थारु जातिको सम्बेदना बोकेको फिल्म झुम्की सन्योग बस  थारु जातीको महान चाड जितियाकै दिन देखी प्रदर्शन हुने भएकोले फिल्म सफलताको लागी सम्पुर्ण टिमलाई बधाई, अनि जितिया पर्व मनाउने र सदभाव राख्ने सम्पुर्ण महानु भाव हार्दिक शुभ कामना ।

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.