१५ सय वर्ष अघिको ऐतिहासिक कथा माथि फिल्म बन्ने भएको छ । राजधानीमा सोमबार एक कार्यक्रमकाविच मिथिलाका राजा सलहेसको गाथामाथि ‘सलहेसः द पिपुल्स हिरो’ नामक आवधिक फिल्म निर्माण गर्ने घोषणा भएको हो ।भोर कम्पनीप्रा.लिको प्रस्तुतिमा बन्ने यो फिल्मका प्रमुख पात्र सलहेस मिथिलामा राजा जनकपछिको प्रादुर भाव भएको व्यक्तित्व मानिन्छन् । उनलाई तराईंको दुसाध समुदायले अहिले पनि भगवानका रुपमा पुजा गर्ने गर्छ ।
‘लामो समयको रिसर्च पछि हामी फिल्म बनाउने निष्कर्षमा पुगेका हौं,’ फिल्मका निर्माता समेत रहेका रिसर्चर राजकुमार महतोले बताए ।फिल्मलाई अमितेश साहले निर्देशन गर्ने भएका छन । उनको यो पहिलो फिचर फिल्म हुनेछ । भारतको दिल्लीस्थित एशियन एकेडेमी अफ फिल्म एण्ड टेलिभिजनबाट फिल्म मेकिङ पढेका अमितेश सन् २००० देखि अडियो–भिज्युअल मिडियामा कार्यरत छन् । करिब तीन करोड अनुमानित बजेट राखिएको यो फिल्मको छायांकन धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सुनसरी, मोरड., झापा, चितवन र भारतका स्थानहरु हुने निर्माता महतोले जानकारी दिए । ‘हामीकरिब ६ महिना प्रि–प्रडक्सनमा व्यस्त हुनेछौं,’ निर्देशक शाहले भने, ‘त्यसपछि मात्र फिल्मको सुटिङ थाल्नेछौं । एकवर्ष भित्रमा फिल्म रिलिज गरिसक्ने योजना छ ।’ यो फिल्मलाई अन्तराष्ट्रिय फिल्म महोत्सवहरुमा सहभागी गराउने उद्धेश्य रहेको उनले बताए । मिथिला क्षेत्रमा निकै लोकप्रिय पात्र हुन् राजा सहलेस । ‘उनको वास्तविक नाम भने राजा जयवर्धन सैलेश रहेको थियो,’ सलहेसबारे रिसर्च गरिरहेका निर्माता महतोले भने, ‘ यिनीकुनै दन्त्य कथाका पात्र होइनन्,न त पुराणका यशस्वी राजर्षि नै हुन्। उनी त्यतिबेला राजाभएता पनि लोक कल्याणमा सक्रिय थिए जसकारण उनी जनताका प्रिय पात्र बनेको बताइन्छ । निर्देशक शाहले यस्तो ऐतिहासिक कथामाथि फिल्म बनाउने जिम्मेवारी पाउनु आफैमा चुनौतीपुर्ण रहेको बताए ।

Source: News24nepal
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्