बबी देओललाई नायकको रुपमा सबैले चिन्नुभएकै होला तर के तपाईंलाई थाहा छ, उनी अहिले डिजे बनिसकेका छन् । आफूभित्र लुकेको डिजेको यही प्रतिभालाई उजागर गर्ने उद्देश्यसहित बबी देवल दिल्लीको एक क्लबमा गए । 

तर उनको यो प्रतिभाले मानिसहरु ऊर्जावान् बनाएर नचाउनुको साटो मानिसहरुलाई यतिसम्म बोर बनायो कि उनीहरुले टिकटको पैसा फिर्ता मागेका छन् ।डेक्कन क्रोनिकल्सको रिपोर्ट अनुसार दिल्लीको एक हाई–फाई क्लबमा जब बबी डेओल डिजे हुने कुरा सार्वजनिक भयो तब त्यसको टिकट पुरै सोल्ड आउट भएको थियो ।
तर डीजे नाइटमा बबीले आफनो फिल्म “गुप्त” (१९९७) को गीत बजाइरहे । पटक–पटक एउटै फिल्मको गीत सुन्दा त्यहां उपस्थित मानिसहरु बोर हुन थाले । उनीहरुले त्यहां हंगामा मच्चाउन सुरु गरे । यतिमात्र होइन, डिजे नाइटमा मस्ती गर्ने उद्देश्यसहित आएका मानिसहरु आयोजकसंग आफनो टिकटको पैसा माग्न सुरु गरे । टिकटको मूल्य २५ सयदेखि ४ हजारसम्म तय गरिएको थियो । स्रोतलाई मान्ने हो भने हंगामा बढ्ने डरले बबी देओल कार्यक्रमको बिचमा नै त्यहांबाट फरार भएका
थिए ।

bollywood star Bobby Deol Dj night, dj bobby deol get insulted, bobby deol insult in nepal

लेबल:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.