इनरुवा, २० असोज । ८ वर्षदेखि फलामे सिक्रीमा बाँधेर राखिएका सुनसरी औरावनीका एक मानसिक सन्तुलन गुमाएका युवाको उद्धार गरिएको छ ।  राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरको टोलीले ८ वर्षदेखि कष्टकर जीवन बिताउँदै आएका मानसिक रोगी अमित साहको उद्धार गरेको हो । 


अमितको अवस्थाबारे  टेलिभिजनमा समाचार सार्वजनिक गरेपछि आयोगको  सक्रियतामा अमितको उद्धार गरिएको हो । कमजोर आर्थिक अवस्थाका कारण उपचार अभावमा सिक्रीमा बाँधेर राखिएका अमितको उद्धारका लागि मानवअधिकार आयोगका क्षेत्रीय संयोजक झन्कारबहादुर रावलसहित इन्सेक पूर्वाञ्चल संयोजक सोम थापा, कोकनकी मञ्जिता औरावनी पुग्नुभएको थियो । 

परिवारको सहमतिमा अमितको उपचारको व्यवस्था धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिलाइएको राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय संयोजक झन्कारबहादुर रावलले जानकारी दिनुभयो । अमितसँगै सुनसरी मधेलीका अर्का मानसिक रोगी सकिल मोहम्मदलाई समेत आयोगको टोलीले उद्धार गरी उपचारका लागि प्रतिष्ठानमा भर्ना गरेको छ ।

mentally ill boy locked up since 8 years in nepal, inaruwa saptari ko manasik santulan thik na bhaeko kta

लेबल:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.