आश्विन २४, २०७३- मधेसवासीले झरीबीच हर्षोल्लासकासाथ दसैंको स्वागत गरिरहेका छन् । दसैंमा तीन दिन छुट्टि पाएकोमा युवा बुद्धि चौधरी खुशीले गदगद छन् ।
‘लुगा किन्छु, आमालाई मठ, मन्दिर र मेला घुमाउँछु,’उनले भने । मोरंग तेतरिया–६ का उनी विराटनगरको हस्पिटल चोकस्थित एक औंषधी पसलमा काम गर्छन् ।
‘सेवामुलक जागिर खाइएकोले अरु बेला फूर्सद हुन्न,’चौधरीले भने,‘लुगाफाटा किन्नलाई पनि दशमी नै आउनुपर्छ ।’अष्टमी, नवमी र दशमीसम्म आमासँग बस्ने र नातागोतालाई भेट्ने चौधरीले बताए । पिताको निधन भइसकेको र साख्खै दिदीबहिनी नभएकाले आमाको हेरचाहको जिम्मेबारी उनीमाथि छ ।

‘एकादशीको बिहान काममा फर्किहाल्छु,’उनले भने,‘हस्पिटलको मुखमै पसल छ, धेरै दिन छुट्टि बस्नै मिलदैन। स्थानीय काली मन्दिरमा पुजा गरी फर्किरहेका सिराहा जिरोमाइल गाविस–८, धनगढी टोलका अर्का शैलेस सिंहले विजयादशमीको आगमनले राहत महसुस हुने गरेको बताए । उनी फुलपातीमा मन्दिर अघिल्तिर उभेर भक्तिमय माहौलको आनन्द लिइरहेका थिए ।

 विराटनगरको एक प्राईवेट कलेजबाट कम्प्युटर विषयमा ओभरसियर सकेर थप अध्ययनकालागि भारत जाने तयारीमा रहेका उनले अरुबेला वर्षभरी अध्ययनमै व्यस्त हुने गरेको बताए । सिंहले बसबाट शनिबारै सिराहास्थित घर पुगि दसैंसम्म बा, आमा र भाइसँग वरिपरि लाग्ने मेला घुम्ने तथा मिठो परिकारहरुको आनन्द लिने बताए । ‘पढाईका कारणले विदा नमिल्ने हुनाले यस्तै चाँडबाँडमा मात्र बाआमासँग बस्न र उनीहरुको सेवा गर्न पाइन्छ,’उनले भने ।  कक्षा–१० सम्मको पढाई भारतको जयपुरमा गरेका उनले आफ्नो देशमा जस्तो दशहरामा कहि पनि रमाईलो नहुने गरेको सुनाए । ‘यहाँ त टोल र गली पिच्छैं रमझम छ, जहाँ पुगे पनि मजाले समय बित्छ,’ सिंहले भने ।

#विराटनगर भानुटोलका बिकी ठाकुर र उनको मित्र मण्डलीले संगीत एवं नृत्यकासाथ दसैंको महत्वपूर्ण उत्सव फुलपातीको स्वागत गरिरहेका भेटिए । उनीहरु झरीमा रुझ्दै विच सडकमै कालीन ओछयाएर नृत्यमा मस्त थिए । आफ्नो समूहले दसैंको आगमनमा स्वत: स्फूर्त रुपमा सडकमा नृत्य शो गरिरहेको उनले बताए । एउटा व्यावसायिक नृत्य केन्द्रसँग आवद्ध उनीहरु २०/२५ जनाको समूह बनाएर दसैं, तिहार र छठलगायतका पर्वलाई संगीतमय बनाउँछन् । ‘गीतसंगीत बिना चाँडपर्व खल्लो हुन्छ,’ठाकुरले भने,‘त्यही भएर निम्तो पाएको ठाउँमा गएर नृत्य कला देखाउँछौं, बोलाउनेको स्थिति हेरेर पैसा लिई वा नलिई कार्यक्रम गर्छौं ।’ यहाँस्थित भूमि प्रसासन चोकवासी व्यवसायी कृष्णपती लाल दास त घटस्थापनादेखि दसमीसम्मको अवधि पुजापाठमै बित्ने गरेको बताए । 

 ‘दशमीको मुख्य उद्देश्य नै दुर्गाको आराधना गर्नु हो,’उनले भने । नयाँ लुगा किन्न र मिठो खानलाई अचेलको समयमा दसैं नै कुर्नु नपर्ने बताए । ‘तर, नवरात्री पुजन त वर्षमा एक पटक मात्र हुन्छ,’उनले भने । यतिखेर चोरी बढ्ने हुनाले रमाईलोसँगै घरको सुरक्षा गर्नु उतिकै जरुरी भएको दासले बताए ।

Source:Kantipur

madhesh dashain 2073

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.