बिराटनगर १९ असोज, : फेसबुकले पूरानो संस्करणका स्मार्टफोन प्रचलनमा रहेका तथा इन्टरनेट स्पीड पनि कम रहेका देशका प्रयोगकर्ताहरुलाई लक्षित गर्दै नयाँ भर्सनको फेसबुक मेसेन्जर एप सार्वजनिक गरेको छ ।
फेसबुकले सार्वजनिक गरेको मेसेन्जर लाइट नामक नयाँ एपमा मुख्य मेसेन्जर एपका धेरैजसो मूख्य फिचरहरु जस्तै, टेक्स्ट तथा फोटोहरु शेयर गर्ने फिचर, रहेको  बताइएको छ । मेसेन्जर लाइटलाई स्लिम मेसेन्जरको संज्ञा दिइएको छ ।

फेसबुकको यो नयाँ मेसेन्जर एपले फेसबुककै आर्के च्याट एप ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्नेछ । ह्वाट्सएपका १ अर्ब प्रयोगकर्ता रहेको फेसबुकको दाबी छ ।
विश्लेषकहरुले विकाशोन्मुख बजारहरुका लागि यस्ता सजिला सेवा प्रदान गर्दा उपभोक्ताहरुमा सेवा अवलम्बन दरमा बढोत्तरी हुने बताएका छन् ।
यद्यपि उदीयमान बजारहरुलाई लक्षित गर्दै यस्ता लाइट एपहरु पेश गर्नु कुनै नयाँ कार्य भने होइन । गुगल र लाइनले पनि विकाशशील बजारहरुलाई लक्षित गर्दै आफ्ना भिन्दै खालका सर्भिसहरु उपलब्ध गराउने गरेका छन् । वस्तु तथा सेवाबाट तत्कालै नाफा कमाउने तर्फ सोँच्नुको साटो उपभोक्ताहरु समक्ष आफ्ना सेवा तथा वस्तुलाई मूलप्रवाहिकरण गरी वस्तु तथा सेवाको अबलम्बनमा वृद्धि गर्ने रणनीति कम्पनीहरुको हुन्छ ।
गत जुमा आफ्नो मोबाइल एपमार्फत च्याट गर्ने फिचर हटाएसँगै फेसबुक आलोचित बनेको थियो । च्याटका लागि मानिसहरुले फेसबुक मेसेन्जर नै प्रयोग गरुन् भन्ने हेतुले फेसबुकले आफ्नो मूख्य एपबाट मेसेजिंग फिचर हटाएको थियो ।
फेसबुकको मेसेन्जर प्रडक्ट विभागका प्रमुख स्टान चुड्नोभ्स्कीका अनुसार भिन्नै मेसेन्जर एपको रुपमा फेसबुक मेसेन्जर प्रदान गर्दा मानिसहरुले बढि भन्दा बढि मेसेज गरेको पाइयो । साथै मेसेन्जर एपमा मानिसहरुलाई फेसबुकले प्रदान गर्ने नयाँ फिचर तथा सर्भिसहरुबारेमा जानकारी प्राप्त गर्न पनि सहज हुने गरेको छ । जबकी यस्ता फिचरहरु बारे फेसबुकको मुख्य एप प्रयोगकर्ताले थाहा नपाउने गरेका छन् ।
फेसबुकले अहिले ल्याएको मेसेन्जरको नयाँ लाइट भर्सन मेसेन्जर लाइट एप १० एमबीको रहेको छ । त्यसैले यसले स्मार्टफोनको स्टोरेजमा कम स्थान लिन्छ । यो फेसबुक मेसेन्जर भन्दा ९५ प्रतिशत सानो हो । एन्ड्रोइड डिभाइसमा मेसेन्जर एप १५० एमबीको छ ।
पहिलो चरणमा मेसेन्जर लाइट एप केन्या, ट्युनिसिया मलेसिया र श्रीलंका तथा भेनेजुयलाका एन्ड्रोइड प्रयोगकर्ताका लागि रिलिज गरिएको छ ।

facebook lite release, nepali news facebook release messenger lite

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.