तेरे मेरे दरमियाँ नामक हिन्दी भाषाको म्यूजिक भिडियो वीरगन्जमा विमोचन गरिएको छ । वीरगंजको वृन्दावनमा आयोजित एक कार्यक्रममा भिडियो विमोचन गरिएको हो । वीरगंजका स्थानिय गायक अशोक प्रधानले सो म्युजिक भिडियोको विमोचन गर्नुभएको थियो । उक्त म्यूजिक भिडियोमा सप्तरी राजविराजका बासिन्दा तथा हाल वीरगंज स्थित नेशनल मेडिकल कलेजमा कार्यरत डा. अशोकआर्यन यादव मुख्य अभिनय तथा मोडल मल्लिका चौलागाई, सहयोगि कलकारमा राज रोकाया अभिनय छ ।

 भिडियोमा स्वर भन्टु यादव ,शब्द रयान कायस्थ भिडिओको लागि फोटो ग्राफिक्स र सह छायाँकन बिकास प्रजापति र मेकअपमा चन्द्र गुरुङ्ग र सन्तोषले गरेका छन् । लारेव बावलाको संगीत र डा. यादवकै कथा रहेको भिडिओको छायाँकन काठमाडौं र वीरगंजका बिभिन्न ठाँउमा गरिएको छ । ईनोसेन्ट हर्ट नामक एलबमा रहेको गीत तेरे मेरे दरमिया को बिमोचनमा बोल्दै नायक यादवले एल्बममा रहेका अन्य गीतहरु चाँडै नै बजारमा ल्याउने बताएका थिए ।

डा.यादवले म्यूजिक भिडियो मार्फत अभिनयको क्षेत्रमा लाग्ने थालनी गरेका छन् । उनी यस भिडियोबाट निकै उत्साहित छन् । भिडियो संगस नेपाल मार्फत यु ट्युवमा सार्वजनिक गरिएको छ । अहिले सम्म यु ट्युवमा  १० हजारबढीले उक्त म्यूजिक भिडियो हेरिसकेक छन् ।

nepali artist performing on hindi songs video, hindi video marketed by songs nepal, hindi song from nepal, nepali singer sings hindi song,

लेबल:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.