विज्ञान प्रविधिको क्षेत्र तिव्र रुपमा विकाश भैरहेको छ । वैज्ञानिक अनुसन्धानले मानिसको जिवनलाई सहज, सरल तथा आनन्ददायी बनाइरहेको छ । यस्तै रोचक ५ आविष्कार यी हुन्ः
१. पारदर्शी ट्रकः 

 हरेक वर्ष गाडी दुर्घटनामा विश्वमा हजारौँ मानिस घाइते हुन्छन् र कैयौँको मृत्यु पनि हुन्छ । यस्ता दुर्घटनामध्ये कतिपय अगाडिको सवारी साधनका कारण भिजिबिलिटी रोकिँदा भएका हुन्छन् । पर्वतीय क्षेत्रका साँघुरा तथा घुमाउरा सडकमा यो समस्या अझै बढि हुन्छ ।

यो समस्यालाई दृष्टिगत गर्दै सामसुंग र यसको एड एजेन्सी लिओ बर्नेटले एउटा सिर्जनात्मक समाधान ल्याएका छन् । यो प्रविधि अन्तरगत ट्रकको अगाडिको भिडियो फुटेज ट्रक पछाडि राखिएको  ४ वटा स्क्रिनमा देखाइन्छ । जसले गर्दा उक्त ट्रकभन्दा पछाडि गुडिरहेको गाडिको ड्राइभरले प्रष्ट रुपमा ट्रक अगाडिको दृश्य समेत देख्न पाउँछ र ओभरटेक गर्ने नगर्ने कुराकेा सही निर्णय गर्न पाउँछ ।
२. पकाउन सिकाउने तावाः  तपाइँलाई खानेकुरा पकाउन आउँदैन तर खाना पकाउने भाँडो अर्थात् तावा आफैले तपाइँलाई खाना पकाउन सिकाउँछ भने कत्तिको मज्जा होला ।
प्यान्टेलिजेन्ट नामक कम्पनीले एउटा यस्तो तावा बनाएको छ जसले मानिसलाई खाना पकाउने तरिका समेत सिकाउँछ । सिकदै पकाउँदै गर्न पाइन्छ यो तावामा । यो तावा ब्लुटुथ मार्फत स्मार्टफोनमा जोडिएको हुन्छ ।
एकपटक यसको स्मार्टफोन एपमार्फत पकाउने खानेकुरा छनोट गरेसँगै यसले विशेष ताप सेन्सरको माध्यमबाट खाना पकाउने विषयको रियल टाइम सल्लाह स्मार्टफोनको स्त्रिmनमा देखाउँदछ । जसका कारण तपाइँले उक्त खानेकुरा कसरी पकाउने, कतिखेल छोप्ने, चलाउने जस्ता कुराको निर्णय गर्नसक्नुहुन्छ ।
३. पानी छान्ने किताबः विश्वमा झण्डै ६६ करोड मानिस स्वच्छ खानेपानीको पहुँचमा छैनन् । खानेपानीको पहुँच नपुग्नुको एउटा मुख्य कारण भनेको पानी शुद्धिकरण पद्धति जटिल तथा महंगो हुनुपनि हो । तर अब भने किताबले नै पानी छान्ने भएको छ ।
दी डि्रन्केबल बुक नामक पानी छान्ने किताबलाई वैज्ञानिकहरुले वर्षौँसम्मको प्रयासपछि बनाउन सफल भएका हुन् । पानी छान्दै गर्दा यो किताबका पानाहरु दोब्बर मोटो हुँदै जान्छन् ।
परीक्षणका क्रममा यो किताबले ९० प्रतिशत हानिकारक ब्याक्टेरिया नष्ट गर्न सक्षम भएको देखिएको छ । यसलाई परीक्षणका रुपमा बंगलादेश, घाना र दक्षिण अफ्रिमा प्रयोग गरिएको थियो ।
४.घुर्न रोक्ने ग्याजेटः  सुतेको बेला घुर्ने समस्या धेरैको हुन्छ । यसले सँगै सुत्ने मानिसहरुलाई निकै हैरान बनाउँछ । तर यो घुर्ने समस्याको समाधान पनि निकालेका छन् वैज्ञानिकहरुले ।
वैज्ञानिकहरुले नोरा नामक स्मार्ट डिभाइस बनाएका छन् जसले घुर्ने बानी लागेकाहरुलाई घुर्नबाट जोगाउँछ ।
सिरानीमुनि राखिने यो डिभाइसले मानिस घुरेको बेला विशेष सेन्सरको सहयोगले घुर्ने मानिसको टाउको विस्तारै मोडिदिन्छ । जसका कारण मानिसको घाँटीको मांशपेशी रिल्याक्स हुन्छ, स्वासनली प्राकृतिक अवस्थामा आउँछ र घुर्न बन्द हुन्छ ।
५. रोपेको रुखसँगै बढ्ने गमलाः सानो गमलामा रोपेको रुख बढ्दै जाँदा रुखले गमला फुटाएको देख्नुभएकै छ । यदि रुख बढेसँगै गमलाको आकार पनि बढिदिए हुन्थ्यो भन्ने लाग्छ ।
तर निर्जिव गमलाको आकार बढ्ने कुरा भएन । तर वैज्ञानिकहरुले यस्तो गमला बनाएका छन् जो रुखको आकार बढेसँगै बढ्दछ । यो गमलामा रोपेको रुखको बढ्दै जाँदा गमलाको आकार पनि बढ्दछ । आयास्कान स्टुडियोजले यो ओरिग्यामी फ्लावर पट निर्माण गरेको हो ।

Source: OnlineKhabar

Five amazing Since discovery 2016, Baigyanik awiskaar , dami xa aawiskar

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.