बाङ्लादेशको मंडी नामक जनजातिमा छोरीहरु आफ्नै आमाको सौता जाने अचम्मको चलन छ । यहाँ छोरीहरु आफ्नै बाबुको श्रीमती बन्छन् ।

एउटा पतिको सानो उमेरमा नै मृत्यु हुन्छ भने आमाले दोस्रो विहे गरेका पतिसँग आफ्नो छोरीको पनि विहे हुने परम्परा रहेको छ । जब ओरोला नामकी युवती धेरै सानो उमेरकी थिईन् उति बेला उनका बुवाको मृत्यु भएको थियो ।
बुवाको मृत्युपछि आमाले नाँटेन नामका पुरुषसँग दोस्रो विहे गरिन् । विहे गर्दा उनले आफू भन्दा सानो उमेरका केटासँग विहे गरिन् ताकि भविष्यमा आफ्नो छोरीका पति पनि नाँटेन नै हुनेहुनाले दुईटैको राम्ररी संरक्षण गर्न सकुन भनेर ।
आमाले विहे गरेका केटा छोरी ओरोलालाई पनि मन परेका थिए, ओरोलाले पनि सोच्थिन् यत्ति राम्रो केटा सँग विहे गर्न पाए हुन्थ्यो भनेर । तर, ओरोलालाई यत्ति कुरा थाहा थिएन् कि परम्परा अनुसार पछि मैले यिनैको श्रीमति हुनुपर्छ भनेर ।
जब ओरोलाले किशोर आवस्थामा प्रवेश गरिन् त्यसपछि उनको विवाह उनका दोस्रो बुवा अर्थात नाँटेनसँग भयो र उनले थाहा पाईन् अब यिनै मेरा पति हुन् भनेर ।
ओरोलाकी आमाको पनि यसरी नै पहिलो विहे भएको थियो । अहिले नाँटेन र ओरोलाका तीन बच्चा तथा नाँटेन र ओरोलाकी आमाका दुई बच्चा छन् ।
दुईटै आमाछोरी एउटै पतिसँग बस्छन् यस्तो परम्परा हुदाँहुदै पनि आमा र छोरीको सम्बन्ध सामान्य छैन् । दुबैजना पतिको बारेमा एकअर्कालाई मन पराउदैन् ।

सम्भार:ईन्टरनेट , कोचिला मिडिया

Doughter married to father, chhori le aafnai bau sanga bihe garin, aafnai aama ko sauta banchhin yuwati, bau sanga ko chhikai

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.