असोज १७, २०७३ काठमाडौं : दक्षिण अफ्रिका भ्रमणमा रहेको अष्ट्रेलियन क्रिकेट टोलीले दोस्रो एकदिवसीय खेलमा पनि खराब प्रदर्शन गरेको छ। गयराति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १ सय ४२ रनको विशाल अन्तलरले पराजित गरेको छ। पहिलो एकदिवसीय खेलमा पनि दक्षिण अफ्रिकाले ६ विकेटको सहज जित हासिल गरेको थियो।  जोहानेसवर्गमा भएको खेलमा ३ सय ६२ रनको विजय लक्ष्य पछ्याएको अष्ट्रेलियाले मात्र ३७ ओभर ४ बल खेल्दा आफ्ना सबै विकेट गुमाएर २ सय १९ रन मात्र जोड्न सफल रह्यो। 


अष्ट्रेलियाका लागि टर्भिस हेडले ५१ रन र डेभिड वार्नरले ५० रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याटस्म्यानले सम्झन लायक प्रदर्शन गर्न सकेनन्। म्याथु वाडेले ३३ रन, जोन हास्टिङले २३ रन जोडेका थिए। अष्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा वायन पार्नेलले ३ विकेट लिएका थिए भने कागिसो रबादा र एनडिले फेह्लुक्वायोले समान २-२ विकेट र डेल स्टेन, इमरान ताहिर र जेपी डुम्नीले समान १-१ विकेट लिएका थिए।  यसअघि टस हारेर ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै ३ सय ६१ रनको योगफल तयार पार्न सफल भएको थियो।

 दक्षिण अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिसले सर्वाधिक १ सय ११ रन जोडेका थिए भने जेपी डुम्नीले ८२ रन तथा रिलेी रोस्सोउले ७५ रन जोडेका थिए। अष्ट्रेलियाका लागि जोन हास्टिङले ३, मिचेल मार्सले २ तथा क्रिस ट्रेमेनले १ विकेट लिएका थिए।  खेलको म्यान अफ दी म्याच दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिस घोषित भए। यो जीतसँगै दक्षिण अफ्रिकाले ५ खेलको श्रृंखलामा २-० को अग्रता लिएको छ।

news australia vs south africa nepali

लेबल:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.