असोज १६ :- अपराध गरेर कारागार पुगेका कैदीको संरक्षणमा खटिएका प्रहरी जवानले उपचार गर्न लैजान्छु भन्दै अस्पताल लगेर मस्ती गर्दै आएको खुलासा भएको छ ।
महिला कैदीलाई उपचारको वहाना बनाउन उत्प्रेरित गरी उपचार गर्न लैजान्छु भन्दै अस्पतालमा लगेर शारीरिक सम्पर्क राख्ने ८ जना प्रहरी रंगेहात समातिएका छन् । अस्पतालमा उपचार गराउने बेला उच्च अधिकारीको छड्केमा परेका ८ जना जवान मध्ये ३ जना रंगेहात पक्राउ परेका हुन् ।

हत्या जस्तो अपराधमा संलग्न कैदीलाई अस्पतालको वहानामा प्रहरीले मस्ती गर्दै आएको कुरा बुधबार सार्वजनिक भएको हो । यो घटना नेपाल–भारत सीमाना अन्तर्गत इन्डिया उतर प्रदेसमा पर्ने छिमेकी सहर पीलिभितको हो । जहाँ गम्भीर विरामीको वहाना बनाएर अस्पताल लगिएका हत्याका दोषी महिलासँग ३ जना प्रहरीले अस्पतालको शौचालयमा पालैपालो मस्ती गरेका छन् ।

पीलिभितका एसएसपीले अस्पतालमा छड्के हानेपछि विरामी र प्रहरी कोही पनि देखिएनन् । पछि अस्पतालभित्र खोजी गर्दा ३ जवान सहित २ युवती कैदी रंगेहात भेटिएका थिए । प्रहरीका एसपी जेके शाहीले दिएको जानकारी अनुसार युवतीसँग मस्ती ३ जना प्रहरी निलम्बनमा परेका छन् । अन्य प्रहरी जवान पनि कारवाहीमा परेका छन् । कैदी युवतीलाई नजरबन्दमा राख्न निर्देशन दिईएको छ ।

pilivit utar pradesh police sex scandal, police cought during sex with female prisoner

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.