काठमाडौँ, १४ असोज – सरकारले मिर्गौला फेल भएका विरामीका लागि गर्नुपर्ने डायालासिस सेवा साताको तीन पटक गर्नुपरे पनि निशुल्क उपलव्ध गराउने भएको छ ।
साताको दुईपटकको दरले दुई बर्षसम्म निशुल्क डायालासिस सेवा दिदै आएको सरकारले चालु आर्थिक बर्षको बजेटमा डायालासिस सेवा साताको दुईपटकको दरले तर आजिवन रुपमा निशुल्क उपलव्ध गराउने घोषणा गरेको थियो । यसले सातामा तीन पटक डायालासिस गराउनुपर्ने व्यक्तिले एक पटकको डायालासिसको खर्च बेहोर्नुपर्ने बाध्यता थियो ।
तर विहीबारको एक कार्यक्रममा स्वास्थ्य मन्त्री गगन थापाले जतिपटक डायालासिस गर्नु परेपनि शुल्क नलाग्ने व्यवस्था भएको जानकारी दिए । ‘डायालासिस फ्रि भनेपछि फ्रि नै हो । दुईपटकको फ्रि तीन पटकको चाहि पैसा तिर्नुपर्ने भन्ने होइन्’, मन्त्री थापाले भने, ‘जतिपटक गर्नुपरेपनि पैसा लाग्दैन् ।’
 तर उनले तीनपटक डायलासिस गर्नुपर्ने व्यक्तिले चिकित्सकको सिफारिस ल्याउनुपर्ने बताए । ‘खासमा सातामा तीनपटक डायालासिस गर्नु राम्रो मानिदो रहेछ । तर हामीकहाँ दुईपटक मात्रै छ । अब हामीले त्यसलाई तीन पटक गराउने तयारी गर्दैछौँ । तर त्यसअघि पनि डायलासिस त गरिहाल्नुपर्छ । त्यसैले त्यो व्यवस्था नहुँदासम्म चिकित्सकको सिफारिस बनाइ सातामा तीन पटक सेवा लिन सक्नुहुनेछ,’ मन्त्री थापाले भने ।
सरकारले डायालासिस गरेबापत सूचीकृत अस्पताललाई प्रति डायालासिस २ हजार ५ सयका दरले रकम अनुदान उपलव्ध गराउछ । त्यस्तै मिर्गौलाका विरामीले प्रत्यारोपण गर्दा दुई लाख रुपैयाँ ( अस्पताललाई ) र प्रत्यारोपण पछिको औषधि खानका लागि भन्दै एक लाख रुपैयाँ विरामीको खातामा हालिदिने गरेको छ ।

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.