विराटनगरःपूर्वाञ्चलका प्रमुख बजारहरुमा चाडवाड सुरु नहुँदै पटाका भित्र्याउने क्रम बढेको छ । तिहार र छठ पर्वमा धेरै पटाका पड्काउने गरिन्छ ।
झापा, मोरंग र सुनसरीसँग सटिएका भारतीय बजारबाट भित्र्याइने गरेको पटाका नियन्त्रण गर्न सुरक्षाकर्मीले तदारुकता देखाउन थालेको छ । यही क्रममा पटाकासहित लागूऔषध सुनसरी प्रहरीले बरामद गरेको छ । 

चाडवाड लक्षित विशेष सुरक्षा योजना लागू गरेकै दिन सुनसरी प्रहरीले ठूलो परिमाणमा पटाका र लागूऔषध बरामद गरेको हो । विराटनगरको रानी भन्सारसहित छोटी भन्सार क्षेत्रमा समेत प्रहरीले पटाका र विष्फोटक पदार्थ भित्रन नदिन निगरानी बढाएको जिल्ला प्रहरीका एसपी सन्दीप भण्डारीले बताए ।

सुनसरी प्रहरीले बरामद गरेको पटाका र लागुऔषध सार्वजनिक पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीले विभिन्न खाले पटकासहित नाइट्रोसन, स्पास्मो प्रोक्सोभिन ट्याबलेट र कोरेक्स बरामद गरी सार्वजनिक गरेको हो । सुनसरीका भारतीय सीमावर्ती क्षेत्रमा पनि विशेष निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

यसैबीच, सुनसरी प्रहरी दसैं तिहार लक्षित गरी विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडपर्वको समयमा हुने सक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्नलाई सुरक्षाकर्मीहरुको संख्या बढाउनेदेखि गस्ती बढाउनेसम्मका योजना प्रहरीले सार्वजनिक गरेको हो । झापाको भद्रपुर, काकडभिट्टासहितका नाकामा पनि निगरानी बढाइएको छ ।  

Fireworks in nepal, fireworks eligal in nepal,

लेबल:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.