अनलाइनबाट सामान किनबेच गर्ने केमु अनलाइन आर्थिक संकटमा फसेको छ ।

जर्मनीमा रहेको उसको मातृ कम्पनी रकेट इन्टरनेटले पछिल्ला बर्षहरुमा निरन्तर घाटा बेहोरिरहेका बेला तीनवटा देशमा केमु अनलाइनको सेवा बन्द गर्ने घोषणा गरिएको टेक्नोलोजी पोर्टल टेक इन एशियाले जनाएको छ ।
जसअनुसार केमुले कम्बोडिया, फिलिपिन्स र म्यानमारमा आफ्नो सेवा बन्द गर्न लागेको हो । अब केमुको सेवा नेपाल, बंगलादेश, पाकिस्तान र श्रीलंका लगायतका सिमित दक्षिण एशियाली बजारमा मात्र जिवित रहने छ ।
कम्बोडियाको केमु होमपेजमा कम्पनीको सेवा बन्द भएको सूचना दिइएको छ । पछिल्लो आकडा अनुसार कम्बोडियामा ३६ कर्मचारी तथा १२ हजार उत्पादन थिए  । म्यानमार र फिलिपिन्समा कर्मचारी र उत्पादन बारे खुलाइएको छैन ।
केमुले पछिल्ला दिनमा ठूला सुपरमार्केट र मलहरु नभएका देशहरुमा आफ्नो सेवा विस्तार गर्ने नीति लिएको थियो । तर, केमुले सोंचेजस्तो बिजनेस गर्न नसकेपछि रकेट इन्टरनेटकै अर्को कम्पनी दराजसँग मर्ज गरी एकीकृत कारोबार थालिएको थियो । केमुमा बिभिन्न उत्पादनहरुको फ्रि लिस्टिङ गर्ने र प्राप्त अर्डरलाई डेलीभरी गर्ने गरिन्थ्यो ।
रकेट इन्टरनेटका बिभिन्न कम्पनीहरुले गएको ६ महिनामा ७ सय मिलियन डलर अर्थात करिव ७० करोड डलर नोक्सानी बेहोरेका छन् ।
लेबल:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.