आश्विन २४, २०७३- युवाहरुको एक समूहले सन्हैठामा आइतवार राति गरेको छुरा प्रहारबाट कृष्णपुर ७ का २० वर्षीय
सञ्जय यादव गम्भीर घाइते भएका छन् । यादवको लहानस्थित डिभाइन हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।


यादवले आफ्नो घरबाट स७प १२४८ नम्बरको मोटरसाइकलमा सिरहा आउने क्रममा सन्हैठा गाउँमा युवाहरुले छुरा प्रहार गरेको बताए । ६ वटा मोटरसाइकलमा आएका सिरहा १ का पंकज यादव, कृष्णपुर पूर्वटोलका वीरेन्द्र यादव, खजनपुरका रामप्रताप यादव, औरहीका रविन्द्र दासलगायतका १३ जना युवाहरुले घेरा हाली निर्घात कुटपिट गरेको उनले दाबी गरे ।

कुटपिट गर्ने क्रममा पंकजले पछाडिबाट छुरा प्रहार गरेको उनले बताए ।  कृष्णपुर पूर्वटोलका वीरेन्द्र यादवलाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए । 

Sirha knife attack news

लेबल:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.