पूर्वाञ्चल नाट्य यात्रा २०७३ अन्तर्गतको नाटक मञ्चन हुने भएको छ ।  रंगकर्मी दयाहाङ राईले निर्देशन गरेको नाटक डिग्री माइला यही कार्तिक १२ गते आरोहण गुरुकुल आरोहरणको सुशीला कोइराला नाटक घरमा मञ्चलन हुन लागेको हो ।  


काठमाडौंको मण्डला थिएटर नेपालले लेट्स इन्टरटेन्मेन्ट प्रा.लि.सँगको सहकार्यमा यात्रा हुँदैछ । कार्तिक ४ गते विराटनगरमै घुम्ती रंगमञ्च बस जुनकिरीमा राजन खतिवडाको निर्देशन रहेको मनचिन्ते फिरन्ते नाटक मण्ञ्चन हुनेछ ।  

नाट्य यात्रामा कलाकारहरुमा दयाहाङ राई, राजन खतिवडा, सिर्जना सुब्बा, बुद्धि तामाङ, नाजिर हुसेन, प्रदिप कुमार चौधरी, सोमनाथ खनाल, सुलक्षण भारती, उमेश तामाङ, बिकाश जोशी, आर्जेश रेग्मी, सारदा अधिकारी, निशा कार्की, निमिश कट्टेल, इँगिहोपो कोइँच सुनुवार, शक्ति राई, सिजन दाहाल, रोहित पौडेल, रोशन थापा (आधा सुर) र दीपक श्रेष्ठ रहनेछन् । घुम्ती रंगमञ्च वसका इन्जिनियर तथा प्राविधिकहरु अनिल कार्की र सुरेश कार्कीको पनि यात्रामा सहभागिता हुनेछ ।  विराटनगरका लागि हामी युवा र जुनियर जेसिजलाई आयोजकको जिम्मा दिईएको छ । 

नाटकको टिकट विक्रिका लागि विराटनगरका विभिन्न ५ ठाउँमा राखिएको हामी युवाका संस्थापक सविन दाहालले बताए । टिकट दर रु.५०० र रु.३०० रहेको दाहालको भनाई छ । 

कार्तिक ३ गते सुनसरीको धरानबाट शुरु हुने नाटक यात्रा इटहरी, विराटनगर र बेलबारी हुँदै झापाको दमकसम्म पुग्नेछ । धरानबाट थिएटर सहारा, इटहरीबाट कलालय, दमकबाट युथ फर ब्लड झापा र बेलवारीबाट लेट्स इन्टरटेनमेन्टलाई स्थानीय आयोजकको रुपमा छानिएको छ । कार्यक्रमको व्यवस्थापन लेट्स इन्टरटेनमेन्ट प्रा.लिका कार्यकारी प्रमुख बिकाश बुढाथोकीले गर्दैछन् । 

dyahang rai drama in biratnagar, dayahan rai in biraynagar, dyahan rai ko beratnagar performance

लेबल:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.