आफ्नो छोराको बिहे बाबुआमाका लागि निकै ठूलो खुसीको अवसर हो । तर त्यहीँ छोराको बिहेमा बाबुआमालाई बाँधेर,जुत्ता को माला झुन्डाईदिएर,जनाबर को छाला झुन्डाएर,जिउ भरी फोहर गाली लेखि इत्यादि गरी शहर परिक्रमा गराइयो भने के होला ?
सायद यदि नियतबस कुनै छोराले आफ्नो बिहेमा बाबुआमालाई बाँधेर सहर परिक्रमा गरायो भने त त्यो भन्दा ठूलो अपमान के पो होला र ? तर आखिर संस्कार र परम्परा नै यस्तो भएपछि चाहीँ कसैको केही लाग्दो रहेछ ।
हो चीनमा यस्तै परम्परा छ । जहाँ छोराको बिहेमा बाबुआमालाई डोरीले गाडीमा बाँधेर सडकमा हिडाएर सहर घुमाइन्छ, जबकी त्यो गाडी बेहुलो छोराले नै चलाएको हुन्छ । यसरी बेहुलाको बुवालाई बाँधेर सहर परिक्रमा गराउने परेडमा थुप्रै मानिस सहभागी हुन्छन् ।
चीनको हेनान प्रान्तमा रहेको यो अनौठो परम्परा सुन्नेलाई नै निकै दयालाग्दो छ । यसरी छोराले गाडीमा बाँधेर सहर परिक्रमा गराइरहँदा ती गाइगोरुजस्तै बाँधिएर लुरुलुरु हिँडिरहेका बुवा आमालाई उनीहरुका साथी तथा आफन्तले खिसिट्युरी गरेर तथा जिस्काएर हैरान बनाउँछन् ।

तर यसरी बाँधिएर सडकमा घुम्दा तथा दुनियाले जिस्काउँदा पनि बेहुलाका मातापिताले पटक्कै दुख मान्दैनन् । परम्परा निभाउन पाउँदा आनन्द मान्छन् ।

To have and to hold: Father-of-the-groom dresses as a slave and pretends to pull son in car as part of bizarre wedding in China, china ko anoitho sanskriti

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.