विराटनगर : ओशो ध्यान आश्रम विराटनगरको आयोजनामा तीन दिने आवासीय ध्यान शिविर सम्पन्न भएको छ ।

भारत पटनाकी साधिका मा इशाले सहजीकरण गर्नु भएको शिविरमा नेपाल र भारतका विभिन्न ठाउँबाट सहभागी आएको आश्रमका अध्यक्ष विकास रुपाखेतीले जानकारी दिनुभयो ।


उहाँले भन्नुभयो,‘शिविरमा ध्यान गुरु ओशो रजनशिद्वारा प्रतिपादित ध्यानका विभिन्न विधि सिकाइयो, यसबाट साधकलाई शारीरिक स्फूर्तिका साथै मनोवैज्ञानिक फाइदा समेत पुगेको छ ।’
रुपाखेतीका अनुसार शनिबारसम्म चलेको ध्यान शिविरमा भाग लिन भारतको सिक्किम, पटना, बिहारका विभिन्न जिल्ला र नेपालको धरान, झापा तथा तेह्रथुमबाट साधकहरु विराटनगर आएका थिए ।

सहजकर्ता माँ इशाले ओशोका ध्यान विधि व्यस्त तर अति नै तनावपूर्ण जीवनशैलीमा बाँच्नेहरुका लागि बरदान भएको बताउँदै भन्नुभयो,‘खासगरी युवा पुस्तामा ध्यानले निकै रोमाञ्चक फाइदा पुग्ने गरेको छ ।’ उहाँले ध्यानका साथै जीवनशैलीमा परिवर्तन गर्ने र खुसी रहने सुत्र सिक्ने हो भने जीवनबाट तनाव सदाका लागि हराउँछ ।

सिक्किमबाट विराटनगर आउनु भएका प्रेम कुमारले आफूले शिविरबारे थाहा पाएर ध्यान गर्नकै लागि आएको बताउँदै भन्नुभयो,‘तीन दिनको बसाईको क्रममा ध्यानबारे धेरै कुरा जानकारी प्राप्त भयो, खुसी रहने विधि पनि थाहा पाइयो ।’
लेबल:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.