December 2016

राजस्थानका कैयन् ठाउँ तथा भवनहरु आफ्नो भुताहा कहानीका कारण दुनियाभर चर्चित छन् । तर राजस्थानमा एउटा यस्तो भवन पनि छ जहाा यदि कोही पाले ड्युटीका क्रममा निदायो भने उसलाई भुतले थप्पड हान्छ ।
राजस्थानको कोटास्थित ब्रजराज भवन प्यालेस आफ्नो अनौठो इतिहासका लागि आजपनि चर्चित छ । १८० वर्ष पूरानो यो भवनलाई सन् १९८० मा ऐतिहासिक भवन घोषित गरिएको थियो । तर यहाँ आउने मानिसलाई अहिलेपनि यो भवन निकै भुताहा रहेको अनुभव हुन्छ ।
भनाई अनुसार यो होटलमा मेजर बर्टन नामक एक भुत बस्दछ जो ब्रिटिस शासनकालमा कोटामा कार्यरत थियो । सन् १८५७ मा विद्रोहका दौरान उसलाई भारतीय सिपाहीहरुले हत्या गरेका थिए ।
बर्टनसँगै उसका दुई छोरीपनि त्यहीँ मारिएका थिए । सन् १९८० मा कोटाकी पूर्व महारानीले मेजर बर्टनको आत्मालाई ऊ मारिएकै ठाउँमा देखेकी थिइन् भन्ने दाबी गरिएको छ ।
मानिसहरुका अनुसार यो भुतले कसैलाई पनि केही हानीनोक्सानी पूराउँदैन । तर रातमा ड्युटीको बेला यदि कोही गार्ड निदाएमा उसलाई थप्पड मार्दछ । त्यसैले उक्त होटेलमा काम गर्ने मानिसहरु कामका बेला सुत्न डराउँछन् ।  यतिमात्र होइन यो भवनमा यदि कसैले चुरोट पियो भने पनि ऊ भुतको थप्पडको भागिदार हुन्छ ।

आजको दुनियामा सिर्जनशीलताको ठूलो मूल्य छ । यहीँ कडीमा अस्ट्रेलियाको क्विन्सल्याण्डमा बस्ने ३७ वर्षकी जस्मिन ओभरटोन नामकी महिला जोडिएकी छिन् । उनले महिलाको दुधबाट बनेको सावुन उत्पादन गरी गज्जबको व्यवसाय सुरु गरेकी छिन् ।
निकै सिर्जनात्मक सोँचबाट उनले तयार गरेको साबुनले खुबै लोकप्रियता प्राप्त गरेको छ । महिलाको दुधबाट साबुन बनाउने विचार उनलाई तब आयो जब उनकी सुत्केरी बहिनी बच्चालाई चाहिने भन्दा निकै धेरै दुध उत्पादन भएर दिक्क थिइन् ।
बच्चाले खान नसकी सधै दुध दुहेर फ्याँक्नुपर्ने जस्ता कुराहरु बारम्बार बहिनीको मुखबाट सुनेपछि जस्मिनलाई झ्वाट्ट आइडिया आयो की किन आखिर खेर जाने यस्तो दुधबाट साबुन नबनाउने ? त्यसपछि उनले बहिनीसँगबाट छोरीलाई चुसाएर बाँकी हुने दुध दुहेर आफुलाई दिन आग्रह गरिन् र सोही बमोजिम उनले दुध संकलन गरिन् ।
बहिनी क्रिस्टलले जस्मिनलाई आफ्नो दुध दिने मात्र होइन दुधबाट साबुन बनाउन पनि ठूलो सहयोग गर्छिन् । दुधमा किसिम किसिमका तेलहरुको प्रयोग गर्छिन् जस्मिन । साबुन तयार गर्न ४ देखि ६ हप्तासम्म लाग्छ । विभिन्न डिजाइनमा साबुन उत्पादन गरेकी छिन् उनले । महिलाको दुधबाट बनेका ती साबुन अस्ट्रेलियामा निकै लोकप्रिय बनेका छन् र माग बढिरहेको छ ।
यस्तो साबुनको प्रयोग गर्नाले छाला निकै नरम हुन्छ भने छालाबाट बढि चिल्लो पदार्थ आउने, डण्डिफोर आउने जस्ता समस्या घटाउन पनि सहयोग पुग्दछ ।

बैकबाट ऋण लिनका लागि धरौटी अर्थात् जमानत राख्नुपर्दछ । तर चीनमा एउटा कम्पनीले धरौटीको नाममा कुनै जग्गाजमिन वा गरगहना जस्ता चिज होइन युवतीहरुका नांगा फोटा राख्दछ ।
यतिमात्र होइन यदि ऋण चुक्ता नगरेमा जुन परिणामको सामना गर्नुपर्दछ, त्यो कल्पना भन्दा पनि बाहिर छ ।
जेदाइबाओ नामको उक्त कम्पनी मानिसहरुलाई अनलाइनमार्फत लोन दिन्छ । यो कम्पनीबाट ऋण लिनका लागि न त कुनै बैंकमा लामो लाइन लागे जसरी लाइन लाग्नुपर्छ, न त कुनै दलाल लगाउनुपर्छ । तर कम्पनीबाट ऋण लिनका लागि युवतीहरुले कडा अमानवीय शर्तको पालना गर्नुपर्दछ ।
कम्पनीबाट ऋण लिनका लागि युवतीहरुले धरौटीको रुपमा आफ्नो नांगो फोटो बुझाउनुपर्छ । तस्वीरमा युवतीले आफ्नो परिचयपत्रका साथ पोज दिएका हुन्छन् ।
निर्धारित समयमा ऋण चुक्ता गरेमा कम्पनीले धरौटीको रुपमा राखेको उक्त निर्वत्र फोटो ऋणीलाई फिर्ता गर्दछ । तर समयमा ऋण चुक्ता नगरेमा उक्त फोटो ऋण लिने युवतीका परिवार तथा आफन्तलाई पठाइदिन्छ । यतिमात्र होइन ऋणी युवतीको पूरा विवरण सहित सोसल साइटमा पनि उक्त फोटो राखिदिनछ ।
यो कम्पनीले निकै चर्को ब्याज असूलने गरेको छ । ३० प्रतिशत व्याजमा उसले ऋण दिने गरेको छ । एकजना विद्यार्थीले उक्त कम्पनीबाट उद्योग खोल्नका लागि लिएको २० लाख रुपैयाँ बराबरको ऋणको ब्याज बढेर ४ महिनामा ४० लाख पुगेपछि कमपनीको मिटर ब्याजको खुलासा भयो ।
यो कम्पनीले अहिलेसम्म १६० जना युवती ऋणीहरुको नग्न तस्वीर सहितको विवरण इन्टरनेटमा शेयर गरिसकेको छ । यो कम्पनीले अहिले तिव्र विरोध झेलिरहेको छ र बन्द गर्नुपर्ने आवाज उठिरहेका छन् ।

हामी सबैले आफ्नो कम्प्युटरमा तस्वीरहरु डाउनलोड गर्छौँ । तपाइँले यसरी इन्टरनेटबाट तस्वीरहरु डाउनलोड गर्ने क्रममा केही यस्ता तस्वीर भेट्नुभएको छ जो डाउनलोड नै हुन मान्दैनन् ? यदि यस्तो भोग्नुभएको छ भने सावधान । यो खतराको घण्टी हुनसक्छ ।
डिजिटल ट्रेण्डस् नामक वेबसाइटका अनुसार यस्तो अपरिचित फाइललाई भुलेर पनि नखोल्नुहोस् । यो लकी रेन्समवेयर हुनसक्छ । यो फिरौती माग्ने भाइरस आजकल स्मार्टफोन, ट्याबलेट तथा कम्प्युटरमा तिव्र गतिमा फैलिरहेको छ ।
यसलाई खोल्नुभयो भने तपाइँको कम्प्युटरको डाटा लक हुन्छ र लक भएको डाटा खुल्ला गर्नका लागि तपाइँसँग फिरौति मागिन्छ ।
यस्तो पहिले पनि हुने गरेको थियो । तर यसभन्दा पहिलो यस्तो भाइरस केवल वर्ड फाइलको माध्यमबाट आउँथ्यो । यसलाई म्यालेसियम म्याक्रोको नामले चिनिन्थ्यो ।
इजरायली सुरक्षा कम्पनीको चेक प्वाइन्टका अनुसार कतिपय सोसल मिडियाको माध्यमबाट लकी रेन्समवेयर फैलिरहेको छ । फेसबुकको प्रयोग यो अपराधमा धेरै हुने गरेको छ ।
यदि तपाइँ यस्तो फिरौति भाइरसवाला फाइल खोल्न कोसिस गर्नुभयो भने त्यो खुल्नुको साटो फाइल डाउनलोड हुन थाल्दछ । जसमा लकी कोड चालु हुन्छ र तपाइँको कम्प्युटरका कैयन् फाइलहरु लक हुन्छन् । त्यसपछि सुरु हुन्छ फिरौति माग्ने सिलसिला ।
साइबर अपराधीहरुले अनलाइन दुनियाबाट पैसा कमाउने नयाँ तरिका खोजेका छन् । उनीहरु तस्वीरमा विशेष कोड हाल्छन् र सोसल मिडियामा पोस्ट गर्दछन् ।
त्यसपछि उनीहरु निकै चलाखीपूर्वक प्रयोगकर्तालाई उक्त तस्वीर डाउनलोड गर्न बाध्य पार्दछन् । त्यसपछि लकी रेन्समवेयर चल्दछ र ह्याकरहरुले तपाइँसँग फिरौति माग्दछन् ।
फिरौति पनि अनलाइनबाट तिर्न सकिन्छ । मागे अनुसारको फिरौति दिइसकेपछि मात्र ह्याकरहरुले लक भएका डाटा फुकुवा गरिदिन्छन् ।  साइबर सुरक्षा विज्ञहरुका अनुसार यदि यस्ता फाइल भुलबस क्लिक भयो भने पनि फाइललाई खोल्नु  हुँदैन ।
किनकी त्यो निकै खतरनाक हुनसक्छ र गोपनीयता र डाटाको सुरक्षामा ठूलो आक्रमण हुनसक्छ ।
ह्याकरले प्रयोगकर्ताको निजी तस्वीर, भिडियो तथा अन्य डाटामा गलत तरिकाले पहुँच प्राप्त गर्दछन् र ब्लाकमेलिंग गर्न त्यसलाई प्रयोग गर्न सक्दछन् ।
त्यसैले यस्तो चिजबाट सतर्क हुनु नै राम्रो हुन्छ । फिरौति माग्ने भाइरसको सिकार आफुपनि नबन्नुस् र अरुलाई पनि बन्नबाट रोक्ने पहल गर्नुस् ।

उदयपुर, २५ मंसिर । उदयपुरमा तीर्थयात्री सवार बस दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २५ जना घाइते छन् ।
खोटाङको प्रसिद्ध हलेसी महादेव मन्दिरको दर्शन गरेर फर्किँदै गरेका चालक सहित ४२ जना तीर्थयात्री सवार ना ४ ख ३६२० नम्बरको बस कटारी–घुर्मी सडकखण्ड अन्तर्गत उदयपुरको लेखानी ५ भदौरेमा आज दुर्घटना भएको हो । 
प्रहरीका अनुसार बस करिब २ सय मिटर तल खसेकोे छ । दुर्घटनामा सप्तरीका १३ वर्षीय दिपेश राम, मधुपट्टी ६ सप्तरीकै ६० वर्षीया सरस्वतीदेवी राम, ३३ वर्षीया उसम देवी राम र ७० वर्षीय ठकन रामको मृत्यु भएको प्रहरीले जनाएको छ । 
बस तेल बोकेको ट्यांकरलाई साइड दिन खोज्दा दुर्घटना भएको बताइएको छ । घाइते मध्य पाच जनाको अबस्था गम्भिर रहेको छ । उनीहरुलाई थप उपाचारका लागि धरान लगिएको प्रहरीले जनाएको छ ।

जितेन्द्र सिंह
जनकपुरधाम, २२ मंसिर । सरसफाईलाई मानव विकासको प्रमुख आधार मानिन्छ । सरसफाई नभएको ठाउमा दैनिक क्रियाकलाप संचालन गर्न समस्या हुनुका साथै गंभीर सामाजिक तथा स्वास्थ्य समस्याहरु समेत उत्पन्न हुने गर्दछ । सरसफाई मानव जीवनसंग सम्बन्धित विषय हो ।
यो मानवको जीवनसंग प्रत्यक्ष सरोकार राख्ने विषय पनि भएकोले सरकारले पछिल्लो समय सरसफाईका साथै खुला दिशा मुक्त अभियानमा विशेष रुपमा जोड दिदै आएको छ ।
अझ भन्नुपर्दा सार्वजनिक सरोकार राख्ने मठमन्दिरमा त झन सरसफाई हुनु आवश्यक छ । सरसफाई अभियान मै लागेको कारणले कतिपय व्यक्तिहरुलाई सरसफाईको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका साथै सरकारी स्तरबाट  सम्मान तथा पुरस्कृत गर्दै आएको छ । 
दुर्गन्धित अवस्थामा रहेको जनकपुरको गंगा सागरलाई शौन्दर्यीकरण गरी गंगा महाआरती संचालन गरेकै कारण पत्रकार रामअशिष यादवलाई विभिन्न संघसंस्थाले सम्मान गरेको छ । स्वर्गद्वारका निर्माता पवन सिंघानियालाई समेत सम्मान गर्ने गरिएको छ । तर मंगलवार दिंउंसो जनकपुरमा सरसफाई गरेकै कारणले डा. सीके राउतका १७ जना कार्यकर्तालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । 
जानकी मन्दिरमा सरसफाई गरेको भन्दै डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका १७ जना कार्यकर्तालाई जानकी मन्दिरबाट पक्राउ गरिएको छ  । जानकी मन्दिरमा सरसफाई गरिरहेको अवस्थामा प्रहरीले गठबन्धनका जिल्ला संयोजक रामाशंकर महासेठका साथै संजय यादव, मनोज मरबैत लगायत १७ जना कार्यकर्तालाई पक्राउ गरेको गठबन्धनले जनाएको छ । 
गठबन्धनका नेता जासेर यादवका अनुसार सरसफाई गरिरहेका नेता तथा कार्यकर्तालाई प्रहरीले अभद्र व्यवहार गर्दै पक्राउ गरेको छ । विवाह पञ्चमीको क्रममा जानकी मन्दिर दुर्गन्धित बनेको भन्दै गठबन्धनका नेता तथा कार्यकर्ताहरु सरसफाईको लागि मन्दिर पुगेका थिए, नेता यादवले भने–“ सरसफाई सुरु गरेको केही समयभित्रै प्रहरीले हस्तक्षेप गर्दै पक्राउ गरेका थिए ।”
सप्ताहव्यापी विवाह पञ्चमीको क्रममा जानकी मन्दिर, राम मन्दिर लगायतका क्षेत्र दुर्गन्धित बनेको छ । विवाह पञ्चमी समाप्त भएको २४ घण्टा बढी समयसम्म पनि जनकपुर नगरभित्र सरसफाई हुन सकेको छैन । सरकारी स्वामित्वमा रहेको जानकी मन्दिरको सरसफाई लगायतको कार्य स्थानिय स्तरबाट नै हुंदै आएको छ ।
सप्ताहव्यापी विवाह पञ्चमीले दुर्गन्धित बनेको जानकी मन्दिरमा सरसफाई गर्न सरोकारवाला निकायले खासै ध्यान नदिएको भन्दै गठबन्धनका नेता तथा कार्यकर्ताले सरसफाई कार्यक्रमको आयोजना गरेको थियो  । 
विवाह पञ्चमी सोमवार दिउंसो रामकलेवा संगै सम्पन्न भएपनि सरसफाई गरिएको छैन ।
यस अघि विवाह पञ्चमीको दिन समेत प्रहरीले गठबन्धनका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएका थिए । विवाह पञ्चमीमा सहभागी हुने श्रद्धालुहरुको लागि निःशुल्क खानेपानी बितरण गरेको भन्दै प्रहरीले रामानन्द चोकबाट दर्जनौ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको थियो । 
गठबन्धन धनुषाले विवाह पञ्चमीको दिन रामानन्द चोकमा निःशुल्य स्वास्थ्य शिविरका साथै पानी बितरण कार्यक्रमको आयोजना गरेको थियो । गठबन्धनका नेता तथा कार्यकर्ताहरुलाई सामाजिक कार्य गर्ने क्रमममा पक्राउ गर्न थालेपछि कार्यकर्ताहरु आक्रोश व्यक्त गरेका छन् । तराई मधेशलाई छुट्टै देश बनाउनुपर्ने अभियानमा लागेका डा.राउतका कार्यकताहरु शान्तिपुर्ण आन्दोलनको क्रममा पटक पटक पक्राउ पर्दै आएका छन् ।

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.