हामी सबैले आफ्नो कम्प्युटरमा तस्वीरहरु डाउनलोड गर्छौँ । तपाइँले यसरी इन्टरनेटबाट तस्वीरहरु डाउनलोड गर्ने क्रममा केही यस्ता तस्वीर भेट्नुभएको छ जो डाउनलोड नै हुन मान्दैनन् ? यदि यस्तो भोग्नुभएको छ भने सावधान । यो खतराको घण्टी हुनसक्छ ।
डिजिटल ट्रेण्डस् नामक वेबसाइटका अनुसार यस्तो अपरिचित फाइललाई भुलेर पनि नखोल्नुहोस् । यो लकी रेन्समवेयर हुनसक्छ । यो फिरौती माग्ने भाइरस आजकल स्मार्टफोन, ट्याबलेट तथा कम्प्युटरमा तिव्र गतिमा फैलिरहेको छ ।
यसलाई खोल्नुभयो भने तपाइँको कम्प्युटरको डाटा लक हुन्छ र लक भएको डाटा खुल्ला गर्नका लागि तपाइँसँग फिरौति मागिन्छ ।
यस्तो पहिले पनि हुने गरेको थियो । तर यसभन्दा पहिलो यस्तो भाइरस केवल वर्ड फाइलको माध्यमबाट आउँथ्यो । यसलाई म्यालेसियम म्याक्रोको नामले चिनिन्थ्यो ।
इजरायली सुरक्षा कम्पनीको चेक प्वाइन्टका अनुसार कतिपय सोसल मिडियाको माध्यमबाट लकी रेन्समवेयर फैलिरहेको छ । फेसबुकको प्रयोग यो अपराधमा धेरै हुने गरेको छ ।
यदि तपाइँ यस्तो फिरौति भाइरसवाला फाइल खोल्न कोसिस गर्नुभयो भने त्यो खुल्नुको साटो फाइल डाउनलोड हुन थाल्दछ । जसमा लकी कोड चालु हुन्छ र तपाइँको कम्प्युटरका कैयन् फाइलहरु लक हुन्छन् । त्यसपछि सुरु हुन्छ फिरौति माग्ने सिलसिला ।
साइबर अपराधीहरुले अनलाइन दुनियाबाट पैसा कमाउने नयाँ तरिका खोजेका छन् । उनीहरु तस्वीरमा विशेष कोड हाल्छन् र सोसल मिडियामा पोस्ट गर्दछन् ।
त्यसपछि उनीहरु निकै चलाखीपूर्वक प्रयोगकर्तालाई उक्त तस्वीर डाउनलोड गर्न बाध्य पार्दछन् । त्यसपछि लकी रेन्समवेयर चल्दछ र ह्याकरहरुले तपाइँसँग फिरौति माग्दछन् ।
फिरौति पनि अनलाइनबाट तिर्न सकिन्छ । मागे अनुसारको फिरौति दिइसकेपछि मात्र ह्याकरहरुले लक भएका डाटा फुकुवा गरिदिन्छन् ।  साइबर सुरक्षा विज्ञहरुका अनुसार यदि यस्ता फाइल भुलबस क्लिक भयो भने पनि फाइललाई खोल्नु  हुँदैन ।
किनकी त्यो निकै खतरनाक हुनसक्छ र गोपनीयता र डाटाको सुरक्षामा ठूलो आक्रमण हुनसक्छ ।
ह्याकरले प्रयोगकर्ताको निजी तस्वीर, भिडियो तथा अन्य डाटामा गलत तरिकाले पहुँच प्राप्त गर्दछन् र ब्लाकमेलिंग गर्न त्यसलाई प्रयोग गर्न सक्दछन् ।
त्यसैले यस्तो चिजबाट सतर्क हुनु नै राम्रो हुन्छ । फिरौति माग्ने भाइरसको सिकार आफुपनि नबन्नुस् र अरुलाई पनि बन्नबाट रोक्ने पहल गर्नुस् ।

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.