2016

राजस्थानका कैयन् ठाउँ तथा भवनहरु आफ्नो भुताहा कहानीका कारण दुनियाभर चर्चित छन् । तर राजस्थानमा एउटा यस्तो भवन पनि छ जहाा यदि कोही पाले ड्युटीका क्रममा निदायो भने उसलाई भुतले थप्पड हान्छ ।
राजस्थानको कोटास्थित ब्रजराज भवन प्यालेस आफ्नो अनौठो इतिहासका लागि आजपनि चर्चित छ । १८० वर्ष पूरानो यो भवनलाई सन् १९८० मा ऐतिहासिक भवन घोषित गरिएको थियो । तर यहाँ आउने मानिसलाई अहिलेपनि यो भवन निकै भुताहा रहेको अनुभव हुन्छ ।
भनाई अनुसार यो होटलमा मेजर बर्टन नामक एक भुत बस्दछ जो ब्रिटिस शासनकालमा कोटामा कार्यरत थियो । सन् १८५७ मा विद्रोहका दौरान उसलाई भारतीय सिपाहीहरुले हत्या गरेका थिए ।
बर्टनसँगै उसका दुई छोरीपनि त्यहीँ मारिएका थिए । सन् १९८० मा कोटाकी पूर्व महारानीले मेजर बर्टनको आत्मालाई ऊ मारिएकै ठाउँमा देखेकी थिइन् भन्ने दाबी गरिएको छ ।
मानिसहरुका अनुसार यो भुतले कसैलाई पनि केही हानीनोक्सानी पूराउँदैन । तर रातमा ड्युटीको बेला यदि कोही गार्ड निदाएमा उसलाई थप्पड मार्दछ । त्यसैले उक्त होटेलमा काम गर्ने मानिसहरु कामका बेला सुत्न डराउँछन् ।  यतिमात्र होइन यो भवनमा यदि कसैले चुरोट पियो भने पनि ऊ भुतको थप्पडको भागिदार हुन्छ ।

आजको दुनियामा सिर्जनशीलताको ठूलो मूल्य छ । यहीँ कडीमा अस्ट्रेलियाको क्विन्सल्याण्डमा बस्ने ३७ वर्षकी जस्मिन ओभरटोन नामकी महिला जोडिएकी छिन् । उनले महिलाको दुधबाट बनेको सावुन उत्पादन गरी गज्जबको व्यवसाय सुरु गरेकी छिन् ।
निकै सिर्जनात्मक सोँचबाट उनले तयार गरेको साबुनले खुबै लोकप्रियता प्राप्त गरेको छ । महिलाको दुधबाट साबुन बनाउने विचार उनलाई तब आयो जब उनकी सुत्केरी बहिनी बच्चालाई चाहिने भन्दा निकै धेरै दुध उत्पादन भएर दिक्क थिइन् ।
बच्चाले खान नसकी सधै दुध दुहेर फ्याँक्नुपर्ने जस्ता कुराहरु बारम्बार बहिनीको मुखबाट सुनेपछि जस्मिनलाई झ्वाट्ट आइडिया आयो की किन आखिर खेर जाने यस्तो दुधबाट साबुन नबनाउने ? त्यसपछि उनले बहिनीसँगबाट छोरीलाई चुसाएर बाँकी हुने दुध दुहेर आफुलाई दिन आग्रह गरिन् र सोही बमोजिम उनले दुध संकलन गरिन् ।
बहिनी क्रिस्टलले जस्मिनलाई आफ्नो दुध दिने मात्र होइन दुधबाट साबुन बनाउन पनि ठूलो सहयोग गर्छिन् । दुधमा किसिम किसिमका तेलहरुको प्रयोग गर्छिन् जस्मिन । साबुन तयार गर्न ४ देखि ६ हप्तासम्म लाग्छ । विभिन्न डिजाइनमा साबुन उत्पादन गरेकी छिन् उनले । महिलाको दुधबाट बनेका ती साबुन अस्ट्रेलियामा निकै लोकप्रिय बनेका छन् र माग बढिरहेको छ ।
यस्तो साबुनको प्रयोग गर्नाले छाला निकै नरम हुन्छ भने छालाबाट बढि चिल्लो पदार्थ आउने, डण्डिफोर आउने जस्ता समस्या घटाउन पनि सहयोग पुग्दछ ।

बैकबाट ऋण लिनका लागि धरौटी अर्थात् जमानत राख्नुपर्दछ । तर चीनमा एउटा कम्पनीले धरौटीको नाममा कुनै जग्गाजमिन वा गरगहना जस्ता चिज होइन युवतीहरुका नांगा फोटा राख्दछ ।
यतिमात्र होइन यदि ऋण चुक्ता नगरेमा जुन परिणामको सामना गर्नुपर्दछ, त्यो कल्पना भन्दा पनि बाहिर छ ।
जेदाइबाओ नामको उक्त कम्पनी मानिसहरुलाई अनलाइनमार्फत लोन दिन्छ । यो कम्पनीबाट ऋण लिनका लागि न त कुनै बैंकमा लामो लाइन लागे जसरी लाइन लाग्नुपर्छ, न त कुनै दलाल लगाउनुपर्छ । तर कम्पनीबाट ऋण लिनका लागि युवतीहरुले कडा अमानवीय शर्तको पालना गर्नुपर्दछ ।
कम्पनीबाट ऋण लिनका लागि युवतीहरुले धरौटीको रुपमा आफ्नो नांगो फोटो बुझाउनुपर्छ । तस्वीरमा युवतीले आफ्नो परिचयपत्रका साथ पोज दिएका हुन्छन् ।
निर्धारित समयमा ऋण चुक्ता गरेमा कम्पनीले धरौटीको रुपमा राखेको उक्त निर्वत्र फोटो ऋणीलाई फिर्ता गर्दछ । तर समयमा ऋण चुक्ता नगरेमा उक्त फोटो ऋण लिने युवतीका परिवार तथा आफन्तलाई पठाइदिन्छ । यतिमात्र होइन ऋणी युवतीको पूरा विवरण सहित सोसल साइटमा पनि उक्त फोटो राखिदिनछ ।
यो कम्पनीले निकै चर्को ब्याज असूलने गरेको छ । ३० प्रतिशत व्याजमा उसले ऋण दिने गरेको छ । एकजना विद्यार्थीले उक्त कम्पनीबाट उद्योग खोल्नका लागि लिएको २० लाख रुपैयाँ बराबरको ऋणको ब्याज बढेर ४ महिनामा ४० लाख पुगेपछि कमपनीको मिटर ब्याजको खुलासा भयो ।
यो कम्पनीले अहिलेसम्म १६० जना युवती ऋणीहरुको नग्न तस्वीर सहितको विवरण इन्टरनेटमा शेयर गरिसकेको छ । यो कम्पनीले अहिले तिव्र विरोध झेलिरहेको छ र बन्द गर्नुपर्ने आवाज उठिरहेका छन् ।

हामी सबैले आफ्नो कम्प्युटरमा तस्वीरहरु डाउनलोड गर्छौँ । तपाइँले यसरी इन्टरनेटबाट तस्वीरहरु डाउनलोड गर्ने क्रममा केही यस्ता तस्वीर भेट्नुभएको छ जो डाउनलोड नै हुन मान्दैनन् ? यदि यस्तो भोग्नुभएको छ भने सावधान । यो खतराको घण्टी हुनसक्छ ।
डिजिटल ट्रेण्डस् नामक वेबसाइटका अनुसार यस्तो अपरिचित फाइललाई भुलेर पनि नखोल्नुहोस् । यो लकी रेन्समवेयर हुनसक्छ । यो फिरौती माग्ने भाइरस आजकल स्मार्टफोन, ट्याबलेट तथा कम्प्युटरमा तिव्र गतिमा फैलिरहेको छ ।
यसलाई खोल्नुभयो भने तपाइँको कम्प्युटरको डाटा लक हुन्छ र लक भएको डाटा खुल्ला गर्नका लागि तपाइँसँग फिरौति मागिन्छ ।
यस्तो पहिले पनि हुने गरेको थियो । तर यसभन्दा पहिलो यस्तो भाइरस केवल वर्ड फाइलको माध्यमबाट आउँथ्यो । यसलाई म्यालेसियम म्याक्रोको नामले चिनिन्थ्यो ।
इजरायली सुरक्षा कम्पनीको चेक प्वाइन्टका अनुसार कतिपय सोसल मिडियाको माध्यमबाट लकी रेन्समवेयर फैलिरहेको छ । फेसबुकको प्रयोग यो अपराधमा धेरै हुने गरेको छ ।
यदि तपाइँ यस्तो फिरौति भाइरसवाला फाइल खोल्न कोसिस गर्नुभयो भने त्यो खुल्नुको साटो फाइल डाउनलोड हुन थाल्दछ । जसमा लकी कोड चालु हुन्छ र तपाइँको कम्प्युटरका कैयन् फाइलहरु लक हुन्छन् । त्यसपछि सुरु हुन्छ फिरौति माग्ने सिलसिला ।
साइबर अपराधीहरुले अनलाइन दुनियाबाट पैसा कमाउने नयाँ तरिका खोजेका छन् । उनीहरु तस्वीरमा विशेष कोड हाल्छन् र सोसल मिडियामा पोस्ट गर्दछन् ।
त्यसपछि उनीहरु निकै चलाखीपूर्वक प्रयोगकर्तालाई उक्त तस्वीर डाउनलोड गर्न बाध्य पार्दछन् । त्यसपछि लकी रेन्समवेयर चल्दछ र ह्याकरहरुले तपाइँसँग फिरौति माग्दछन् ।
फिरौति पनि अनलाइनबाट तिर्न सकिन्छ । मागे अनुसारको फिरौति दिइसकेपछि मात्र ह्याकरहरुले लक भएका डाटा फुकुवा गरिदिन्छन् ।  साइबर सुरक्षा विज्ञहरुका अनुसार यदि यस्ता फाइल भुलबस क्लिक भयो भने पनि फाइललाई खोल्नु  हुँदैन ।
किनकी त्यो निकै खतरनाक हुनसक्छ र गोपनीयता र डाटाको सुरक्षामा ठूलो आक्रमण हुनसक्छ ।
ह्याकरले प्रयोगकर्ताको निजी तस्वीर, भिडियो तथा अन्य डाटामा गलत तरिकाले पहुँच प्राप्त गर्दछन् र ब्लाकमेलिंग गर्न त्यसलाई प्रयोग गर्न सक्दछन् ।
त्यसैले यस्तो चिजबाट सतर्क हुनु नै राम्रो हुन्छ । फिरौति माग्ने भाइरसको सिकार आफुपनि नबन्नुस् र अरुलाई पनि बन्नबाट रोक्ने पहल गर्नुस् ।

उदयपुर, २५ मंसिर । उदयपुरमा तीर्थयात्री सवार बस दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २५ जना घाइते छन् ।
खोटाङको प्रसिद्ध हलेसी महादेव मन्दिरको दर्शन गरेर फर्किँदै गरेका चालक सहित ४२ जना तीर्थयात्री सवार ना ४ ख ३६२० नम्बरको बस कटारी–घुर्मी सडकखण्ड अन्तर्गत उदयपुरको लेखानी ५ भदौरेमा आज दुर्घटना भएको हो । 
प्रहरीका अनुसार बस करिब २ सय मिटर तल खसेकोे छ । दुर्घटनामा सप्तरीका १३ वर्षीय दिपेश राम, मधुपट्टी ६ सप्तरीकै ६० वर्षीया सरस्वतीदेवी राम, ३३ वर्षीया उसम देवी राम र ७० वर्षीय ठकन रामको मृत्यु भएको प्रहरीले जनाएको छ । 
बस तेल बोकेको ट्यांकरलाई साइड दिन खोज्दा दुर्घटना भएको बताइएको छ । घाइते मध्य पाच जनाको अबस्था गम्भिर रहेको छ । उनीहरुलाई थप उपाचारका लागि धरान लगिएको प्रहरीले जनाएको छ ।

जितेन्द्र सिंह
जनकपुरधाम, २२ मंसिर । सरसफाईलाई मानव विकासको प्रमुख आधार मानिन्छ । सरसफाई नभएको ठाउमा दैनिक क्रियाकलाप संचालन गर्न समस्या हुनुका साथै गंभीर सामाजिक तथा स्वास्थ्य समस्याहरु समेत उत्पन्न हुने गर्दछ । सरसफाई मानव जीवनसंग सम्बन्धित विषय हो ।
यो मानवको जीवनसंग प्रत्यक्ष सरोकार राख्ने विषय पनि भएकोले सरकारले पछिल्लो समय सरसफाईका साथै खुला दिशा मुक्त अभियानमा विशेष रुपमा जोड दिदै आएको छ ।
अझ भन्नुपर्दा सार्वजनिक सरोकार राख्ने मठमन्दिरमा त झन सरसफाई हुनु आवश्यक छ । सरसफाई अभियान मै लागेको कारणले कतिपय व्यक्तिहरुलाई सरसफाईको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका साथै सरकारी स्तरबाट  सम्मान तथा पुरस्कृत गर्दै आएको छ । 
दुर्गन्धित अवस्थामा रहेको जनकपुरको गंगा सागरलाई शौन्दर्यीकरण गरी गंगा महाआरती संचालन गरेकै कारण पत्रकार रामअशिष यादवलाई विभिन्न संघसंस्थाले सम्मान गरेको छ । स्वर्गद्वारका निर्माता पवन सिंघानियालाई समेत सम्मान गर्ने गरिएको छ । तर मंगलवार दिंउंसो जनकपुरमा सरसफाई गरेकै कारणले डा. सीके राउतका १७ जना कार्यकर्तालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । 
जानकी मन्दिरमा सरसफाई गरेको भन्दै डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका १७ जना कार्यकर्तालाई जानकी मन्दिरबाट पक्राउ गरिएको छ  । जानकी मन्दिरमा सरसफाई गरिरहेको अवस्थामा प्रहरीले गठबन्धनका जिल्ला संयोजक रामाशंकर महासेठका साथै संजय यादव, मनोज मरबैत लगायत १७ जना कार्यकर्तालाई पक्राउ गरेको गठबन्धनले जनाएको छ । 
गठबन्धनका नेता जासेर यादवका अनुसार सरसफाई गरिरहेका नेता तथा कार्यकर्तालाई प्रहरीले अभद्र व्यवहार गर्दै पक्राउ गरेको छ । विवाह पञ्चमीको क्रममा जानकी मन्दिर दुर्गन्धित बनेको भन्दै गठबन्धनका नेता तथा कार्यकर्ताहरु सरसफाईको लागि मन्दिर पुगेका थिए, नेता यादवले भने–“ सरसफाई सुरु गरेको केही समयभित्रै प्रहरीले हस्तक्षेप गर्दै पक्राउ गरेका थिए ।”
सप्ताहव्यापी विवाह पञ्चमीको क्रममा जानकी मन्दिर, राम मन्दिर लगायतका क्षेत्र दुर्गन्धित बनेको छ । विवाह पञ्चमी समाप्त भएको २४ घण्टा बढी समयसम्म पनि जनकपुर नगरभित्र सरसफाई हुन सकेको छैन । सरकारी स्वामित्वमा रहेको जानकी मन्दिरको सरसफाई लगायतको कार्य स्थानिय स्तरबाट नै हुंदै आएको छ ।
सप्ताहव्यापी विवाह पञ्चमीले दुर्गन्धित बनेको जानकी मन्दिरमा सरसफाई गर्न सरोकारवाला निकायले खासै ध्यान नदिएको भन्दै गठबन्धनका नेता तथा कार्यकर्ताले सरसफाई कार्यक्रमको आयोजना गरेको थियो  । 
विवाह पञ्चमी सोमवार दिउंसो रामकलेवा संगै सम्पन्न भएपनि सरसफाई गरिएको छैन ।
यस अघि विवाह पञ्चमीको दिन समेत प्रहरीले गठबन्धनका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएका थिए । विवाह पञ्चमीमा सहभागी हुने श्रद्धालुहरुको लागि निःशुल्क खानेपानी बितरण गरेको भन्दै प्रहरीले रामानन्द चोकबाट दर्जनौ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको थियो । 
गठबन्धन धनुषाले विवाह पञ्चमीको दिन रामानन्द चोकमा निःशुल्य स्वास्थ्य शिविरका साथै पानी बितरण कार्यक्रमको आयोजना गरेको थियो । गठबन्धनका नेता तथा कार्यकर्ताहरुलाई सामाजिक कार्य गर्ने क्रमममा पक्राउ गर्न थालेपछि कार्यकर्ताहरु आक्रोश व्यक्त गरेका छन् । तराई मधेशलाई छुट्टै देश बनाउनुपर्ने अभियानमा लागेका डा.राउतका कार्यकताहरु शान्तिपुर्ण आन्दोलनको क्रममा पटक पटक पक्राउ पर्दै आएका छन् ।

मंसिर ५ – भारतको कानपुरमा रेल दुर्घटना हुँदा कम्तिमा ६३ जनाको ज्यान गएको छ । आइतबार बिहान पटना–इन्दौर एक्सप्रेस रेलको १४ वटा डिब्बा लिकबाट उछुट्टिएर भएको दुर्घटना एक सय ५० भन्दा धेरै यात्रु घाइते भएका छन् । 

इन्दौरबाट पटनाका लागि छुटेको रेल दुर्घटनामा परेको हो । कानपुर नजिकैको पुखरायां स्टेशनमा दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेको संख्या बढ्न सक्ने कानपुर प्रहरीका अधिकारी दलजीत चौधरीले बताएका छन् । घाइतेलाई नजिकैका अस्पताल लगिएको छ 




रौतहट, ३० कात्तिक । रौतहटको देवाहीमा सोमबार बिहान डाका समूह र प्रहरीबीचको भिडन्तमा एक जनाको मृत्यु भएको छ । गाउमा हतियारधारी समूह पसेको सूचना पाएपछि अञ्चल प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली देवाही ८ मा पुग्दा हतियारधारी डाकाको समूहसग झडप भएको हो ।
बिहान ६ बजे देवाही वडा नं. ८ मा प्रहरी देखेपछि चार जनाको समूहमा रहेका डाकाहरुले गोली चलाएका थिए । प्रहरी र डाकाबीच भएको दोहोरो गोली हानाहानमा एक डाकाको मृत्यु भएको छ भने प्रहरी तर्फ प्रहरी जवान सुरेन्द्र चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका अन्दाजी ३० वर्षीय पुरुषको सनाखत हुन सकेको छैन । उनको टाउकोमा गोली लागेको छ ।
यता खुट्टामा गोली लागेको प्रहरी जवान चौधरीलाई थप उपचारको लागि हेटौंडा पठाइएको छ । प्रहरीले घटनास्थलबाट तीन थान हतियार र गोलीहरु बरामद गरेको छ । 
घटनास्थलबाट अत्याधुनिक इन्सास राइफल एक थान, मेड इन इटाली लेखिएको पेस्तोल र त्यसको म्याग्जिन तथा एक थान कटुवा पेस्तोल बरामद गरेको रौतहटका डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए । घटनास्थलबाट बरामद भएको इन्सास राइफल नेपालमा नेपाली सेनाले मात्रै प्रयोग गर्छ भने भारतमा सीमा सुरक्षा बल एसएसबी लगायतले प्रयोग गर्दछन् । प्रहरीले ईन्सास राइफलमा प्रयोग हुने १५ थान गोलीसमेत बरामद गरेको छ ।


जनकपुरधाम, २९ कात्तिक । धनुषाको बहेडाबेलाकी एक वृद्धालाई बोक्सीको आरोपमा मल मुत्र खुवाउने प्रयास भएको छ ।
बहेडाबेला गाविस वडा नम्वर २ निवासी एकल महिला वर्ष ८० की फुलेसरी देवी यादवलाई गत बुधवार अवेर सांझ बोक्सीको आरोपमा मलमुत्र खुवाउने प्रयास भएको परिवारजनले आरोप लगाएका हुन् । कात्तिक पुर्णिमाको पूर्व सन्ध्यामा  धनुषामा यस्तो घटना सार्वजनिक भएको हो । जिल्लाका धामीझाक्रीहरु कमला स्नानको तयारीमा रहदा एकल महिलालाई बोक्सीको आरोपमा मलमुत्र खुवाउने प्रयास गरिएको हो ।  
स्थानिय देवनारायण मंडल र उनको छोरा जय कुमार मंडल लगायतले मल मुत्र खुवाउने प्रयास गरेको पीडित महिला यादवले बताइन् । तर आफनो छोरा तथा बुहारीले बचाउन खोज्दा उल्टै आफना पकड्का व्यक्तिहरुलाई परिचालन गरेर कुटपिट गरेको उनले बताइन् । 
जयकुमार यादवकी कान्छी छोरी टुनामुनाकै कारण विरामी भएको आरोप लगाउंदै भएको विवाद झडपमा परिणत भएको स्थानियहरुको भनाई छ ।
झडपमा परी पीडित फुलेसरीकी छोरा चन्दे यादवको धरानमा उपचार भईरहेको बताइएको छ भने पीडित भन्ने देवनारायण पक्षका समेत एक जनालाई धरान पठाइएको बताइएको छ । 
यता घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पीडित पक्षका सत्यनारायण यादव, तपेश्वर यादव, भोला यादव, मनोहर यादव, बिरेन्द्र यादव, दिलिप राउत, राकेश यादव, मंजे यादव र रोशन यादवलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु सम्पुर्ण नेकपा एमालेका स्थानिय नेताहरु भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक लालमणी आचार्यले फुलेसरी देवीकै पक्षबाट विवादको सुरुवात भएको दावी गर्दै क्षति भने देवनारायण पक्षको भएको स्पष्ट गरे ।
यता नेकपा एमाले धनुषाले घटनाबारेमा सत्यतथ्य जांचबुझ गरी कारवाही प्रक्रिया अगाडि बढाउन दवाव दिएको छ । जिल्ला अध्यक्ष राजकिशोर यादवको नेतृत्वमा हरिनारायण महतो लगायतका २ दर्जन बढी नेताहरु जिप्रकाका प्रमुख लालमणी आचार्यलाई ध्यानाकर्षण गराएका हुन् । गृहमंत्रीको दबाबमा एमालेका कार्यकर्ताहरुलाई मात्र पक्राउ गरिएको उनीहरुले आरोप समेत लगाएका छन् ।


वीरगन्ज, ३० कात्तिक ।     वीरगन्जको इनर्वास्थित रजत चोक नजिकै एक जना महिलालाई प्रहरीको समुहले नियन्त्रणमा लिई लछारपछार गरी निर्घात कुटपिट गरेको दृष्य यतिखेर समाजिक संजालहरुमा भाइरल भइरहेको छ । 
बोलीमा मिठोपना देखाउने पर्साका प्रहरी उपरीक्षक पछल्लो समयमा सम्प्रदायिक मानसिक्ताले प्रेरित भई स्थानीय समुदाय बिरुद्ध परिचालन गरेको भन्न थालिएको छ ।
दृष्य भाइरल भएपछि जिल्ला प्रहरी कार्यालयले ति प्रहरीहरुलाई झिकाई छानबिन सुरु गरेको जनाएको छ । बद्नाम भएपछि नेपाल प्रहरीले घुमुवा परिचालन बन्द गरेपनि घुमुवा प्रकृतिकै काम गर्न ‘टाईगर टोली’ अपराध नियन्त्रणका लागि भनेर पर्सा प्रहरीले खटाएकोमा यस्ता घट्ना पटक पटक दोह्रिदैछ ।
   
 टाइगरको दुई नम्बर टोलीले गत 
बुधवार रक्सोलबाट वीरगन्जतिर ४ जोर नयँ जुता भन्सार नतिरी लिएर आउदै गर्दा महिला चन्दा कुमारीलाई नियन्त्रणमा लिएर लछारपछार गर्दै कुटेको थियो । छुटाउन खोज्ने स्थानीयलाई पनि ति प्रहरीले दुब्यवहार गरेको प्रत्यक्षदर्शीले बताए । 
सबै दृष्यलाई नजिकै घर भएका एक स्थानीय मानिसले मोबाईलबाट छायांकन गरेको तस्विर र भिडियो भाइरल भएपछि जनआक्रोश बढेको हो ।  प्रहरी हवल्दार शान्तमणी लम्साल, प्रहरी जवान रजनीश ठाकुर र प्रहरी चौकी ईनर्वाका एकजना प्रहरी जवानले घट्ना गरेको खुलेको छ ।
नेपाल प्रहरीले जनतासंग संगठनको सम्बन्ध सुमधुर पार्न ‘प्रहरी मेरो साथी’ जस्ता अभियान चलाई रहेको बेला पर्सा प्रहरीको एउटा टोलीले गरेको यो घटनाको विरोध  भएको छ । महिलासंग प्लास्टिकको झोलामा रहेको जुत्ता खोसीसकेपछि पनि प्रहरी जवान ठाकुरले महिलाको टाउकोमा हिर्काएको दृष्य देखिएको छ ।  ‘फेसबुकमा हामी प्रचार त गर्दैनौ, पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठ भने, ‘प्रहरीको छवी बिगर्ने काम भएकोले गम्भीर किसिमकै बिभागीय कारवाही हुन्छ ।

३० कात्तिक, काठमाडौं । मकाउलाई पराजित गर्दै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ । यससँगै यू-२३ सहित उपाधिको हृयाटि्रक मात्र गरेन, पहिलो महादेशीय उपाधि पनि उचाल्यो ।
मलेसियाको कुचिङमा मंगलबार भएको फाइनल भिडन्तमा नेपालले मकाउलाई १-० गोल अन्तरले पराजित गरेको छ ।
नेपालको जितमा सुजल श्रेष्ठले निणर्ायक गोल गरे । खेलको २९ औं मिनेटमा भरत खवासको पासमा सुजलले हेड गोल गरेका थिए ।
पानी परेका कारण हिलाम्मे मैदानमा नेपालले मकाउमाथि लगातार दबाव दिएको थियो ।

नेपालले माघमा बङ्गबन्धु कपको उपाधि जितेको थियो । तर, यो अन्तराष्ट्रिय मान्यता पाएको प्रतियोगिता थिएन । लगतै सागको फुटबलमा स्वर्ण जितेको नेपालको एकै क्यालेेण्डर वर्षमा यो तेस्रो उपाधि हो ।

काठमाडौं, २९ कात्तिक । द्वन्द्वकालिन केही गम्भीर अपराधमा उन्मुक्ति दिन मिल्ने गरी सरकारले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन सम्बन्धी दुई आयोगको ऐन संशोधन तयारी गरेको छ । 
बम बिष्फोट, सामुहिक हत्या र अन्तर्राष्ट्रिय कानुनविपरितका केही गम्भीर अपराधमा उन्मुक्ति दिन सकिने गरी सरकारले ऐन संशोधन तयारी गरेको हो ।
विद्यमान ऐनअनुसार द्वन्द्वकालिन मुद्दाहरू सम्बोधन गर्न “सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन’ आयोग गठन गरिएको छ । ती आयोगले द्वन्द्वकालिन उजुरी संकलन गरिसकेका छन् । उजुरी छानबिनकै चरणमा छन् ।
सर्वोच्च अदालतको फैसलालाई आफू अनुकुल व्याख्या गर्दै सरकारले ऐन संशोधन तयारी गरेको हो । संशोधन प्रस्तावमा ऐनमा रहेको गम्भीर अपराधसम्बन्धी नौ नम्बर बुँदा हटाइएको छ । उक्त बुँदामा रहेको अन्तर्राष्ट्रिय मानवअधिकार वा मानवीय कानुनविपरित गरिएका जुनसुकै किसिमका अमानवीय कार्य वा मानवताविरूद्धको अपराधलाई हटाइएको छ । आजको नागरिक दैनिकमा खबर छ । 


सामसुङले स्क्रिन फोल्ड हुने नयाँ स्मार्टफोन ल्याउँदैछ । सामसुङले आउँदो वर्ष सन् २०१७ मा उक्त फोन बजारमा ल्याउने तयारीका साथ काम गरिरहेको छ ।
अन्तराष्ट्रिय समाचार संस्थाहरुका अनुसार सामसुङले ग्यालेक्सी एस एट र ग्यालेक्सी नोट एटसँगै कम्पनीले स्क्रिन पट्याउन मिल्ने स्मार्टफोन पनि ल्याउने तयारी गरिरहेको छ ।
उक्त फोल्डेड स्क्रिनवाला स्मार्टफोनको नाम ग्यालेक्सी एक्स हुने डच टेक वेबसाइटले जनाएको छ । यद्यपी सामसुङले भने आधिकारिक धारण अहिलेसम्म बाहिर ल्याएको छैन ।
.


गोर्खाको सामान्य परिवारमा जन्मेकी कुसुम परिवारकी एक्लो सन्तान हुन् । चलचित्र,मोडलिङ र फोटोशुटको अफर पाएकी उनी कान्तिपुर साप्ताहिकको आजको अंकमा छाएकी छिन् । उनको फोटो र समाचारलाई नेपाल बाहेक अन्य देशका समाचारपत्रले पनि स्थान दिएका छन् । लामो कपाल,सिलिक्क परेको शरीर अनि गहुँगोरी उनको सधै लामो कपडा लगाउनु एउटा अर्को बिशेषता हो । तर उनले तरकीवाली भएर चर्चामा आएपछि पछि लामो कपडाको विषेशता बिर्सेर लामो,छोटो दुबै पहिरन लगाउन थालेकी छिन् । उनले लामो र छोटो ड्रेसमा पहिलो फोटो शुट गरेकी छिन् । तस्वीरमा हेर्नुहोस् तरकारीवाली कुशुम श्रेष्ठ 






फोटो फिचर : कान्तिपुर 


गोर्खाकी कुसुम श्रेष्ठ तिहारको समयमा सामाजिक संजालमा एका एक हिट भईन ।
पर्यटन व्यावसायी रुप चन्द्र महर्जनले गोर्खा देखि फिस्लिङमा तरकारी बेच्न ल्याउँदै गर्दा पुलमा उनको फोटो खिचेका थिए । फोटो खिच्ने क्रममा खासै वास्ता नगरेकी कुसुम भोली पल्ट देखिनै चर्चामा आउन थालीन् ।
दशैँ तिहारमा कलेज विदाको अवसर पारेर घर गएकी उनी परिवारलाई सघाउने हेतुले तरकारी बेच्न हिँडेकी थिईन् । उनले तरकारी बोकेको फोटो सामाजिक संजालमा आएपछि भारतिय मिडियाले कुसुमलाई तरकारीवालीको नाम दिएर समाचार प्रकाशित गर्यो । त्यसपछि उनी एकाएक चर्चामा आईन् । 


गोर्खाको सामान्य परिवारमा जन्मेकी कुसुम परिवारकी एक्लो सन्तान हुन् । तरकारीवालीको नाममा चर्चामा आएकी कुसुमलाई अहिले धेरै अफरहरु आईरहेका छन् । चलचित्र,मोडलिङ र फोटोशुटको अफर पाएकी उनी कान्तिपुर साप्ताहिकको आजको अंकमा छाएकी छिन् । 

उनको फोटो र समाचारलाई नेपाल बाहेक अन्य देशका समाचारपत्रले पनि स्थान दिएका छन् । लामो कपाल,सिलिक्क परेको शरीर अनि गहुँगोरी उनको सधै लामो कपडा लगाउनु एउटा अर्को बिशेषता हो । तर उनले तरकीवाली भएर चर्चामा आएपछि पछि लामो कपडाको विषेशता बिर्सेर लामो,छोटो दुबै पहिरन लगाउन थालेकी छिन् । 
उनले लामो र छोटो ड्रेसमा पहिलो फोटो शुट गरेकी छिन् । तस्वीरमा हेर्नुहोस् तरकारीवाली कुशुम श्रेष्ठ 










हामीले दिनहुँ सुत्ने समयमा दुध पिउनु स्वास्थ्यको लागि फाईदाजनक हुन्छ । दुधले हामीलाई शक्ति दिन्छ । दुधमा हुने क्याल्सियम र प्रोटिनले हड्डीलाई बलियो बनाउँछ । आज हामी जीवनमन्त्र अन्र्तगत राती सुत्ने समयमा दुध पिउनाले हुने १० फाईदाका बारेमा जानकरी दिँदैछौँ ।
१)  छालामा निखार-दुधले शरीरलाई हाईड्रेड राख्छ, जसले हाम्रो छालामा चमक आउँछ । 

२) डायबिटीजबाट बचाउँछ-दुधले हाम्रो रगतमा चिनीको मात्रालाई कन्ट्रोल गर्न मदद्त गर्छ । जसका कारण हामी डायबिटिजबाट बच्छौँ । 

३) मसल्स बलियो बनाँउछ-दुधमा प्रोटिनको मात्रा धेरै हुन्छ । यसले हाम्रोे मसल्स बलियो बनाउन मद्दत गर्छ । 

४) अर्थराईटिस-यसमा क्याल्शियमको मात्रा धेरै हुन्छ । जसले हाम्रो हड्डीहरु बलियो हुन्छन् । यसले हामीलाई अर्थराईटिसबाट पनि बचाउँछ । 

५) दाँत बलियो-दुधमा हुने फस्फोरसले दाँत बलियो हुन्छ । साथै दाँतको दुखाईको समस्याबाट पनि हामी टाढा रहन्छौँ । 

६) मुटुको समस्या-दुधले शरीरमा कोलेस्ट्रोलको मात्रालाई पनि कन्ट्रोल गर्छ । यसले हामीलाई मुटुको समस्याबाट टाढै राख्छ । 

७) क्यान्सर-दुधमा भएको लिनोलिक एसिडले क्यान्सरबाट बचाउँछ । 

८) आँखाको ज्योति-दुधमा भिटामिन “ए” हुन्छ । यसको कारणले आँखाको ज्योति कम हुन पाउँदैन । 

९) एनिमिया-दुधमा हुने फलामले शरीरमा रगतको कमी हुन दिँदैन । 

१०) कमजोरी-दुधमा राईबोफ्लेविन हुन्छ । यसले कमजोरी हट्छ र एनर्जी लेवल बढ्छ ।

आम मानिस होस् या कुनै सेलिब्रेटी आफ्नो विवाहलाई सबैले स्पेशल बनाउन चाहन्छन् । बलिउडमा पनि सेलिब्रेटीका विवाह कुनै न कुनै कारणले स्पेशल र चर्चाको विषय बनेको हुन्छ । 

स्पेशल विवाह भन्ने बित्तिकै अभिनेत्री शिल्पा शेट्टीको विवाह धेरैले सम्झन्छन् । किनकी बलिउडको महंगो विवाह मध्येको एक विवाह थियो शिल्पाको । सन् २००९ को नोभेम्बर २२ मा व्यापारी राज कुन्द्रकी दोस्रो श्रीमती बनेर भित्रिएकी शिल्पाको विवाहमा ५० लाख भारतीय रुपैयाँको आउटफिट र ५ करोड रुपैयाँको गहना प्रयोग भएको थियो । यस बाहेक उनको विवाहको अर्को चाखलाग्दो कुरा, उनीहरुले विवाहमा २० किलोको केक पनि काटेका थिए जसमा ९ स्टेज थिए । 

अभिशेक बच्चन र ऐश्वर्या राय 

अभिशेक र ऐश्वर्याको रिसेप्शनमा पाँच सय मानिसहरुको सहभागिता थियो । रिसेप्शनलाई स्पेशल बनाउनको लागि माथिबाट हेलिकप्टरबाट फूल बर्साइएको थियो ।

उनीहरुको विवाहको अर्को एउटा चाखलाग्दो कुरा के छ भने अभिशेकसँग विवाह गर्नुभन्दा पहिले ऐश्वर्याको मांगलिक दोष हटाउन भन्दै पिपलको बोटसँग विवाह गरिएको थियो । यो हिसाबले ऐश्वर्याको दुई पटक विवाह भएको थियो ।

ऋषि कपूर र नितू कपूर


ऋषि कपूर र नितू कपूरको विवाह सन् १९८० मा भएको थियो । एक अन्र्तवार्ताको क्रममा नितूले उनीहरुको विवाहको काम आर के हाउसमा २० दिनसम्म चलेको बताएकी थिइन् । नितूका अनुसार नुसरत फतेह उनको विवाहमा पफर्म गरेपछि नै चर्चित भएका थिए रे ।

विवेक ओब्रोय र प्रियंका अल्वा


उनीहरुको विवाहको सबै काम बैंगलोरको पाँचतारे होटेलमा भएको थियो । यो विवाहको विशेषता उनीहको कार्डमा थियो । एक कार्डको मूल्य ७ हजार रुपैयाँ थियो । जसलाई हातले बनाइएको थियो । यसलाई एक ज्वेलरी बक्समा राखिएको थियो । 

शुनील शेट्टी र माना


सुनिल शेट्टीले विवाहमा पत्नीलाई बि एम डब्ल्यु कार उपहार दिएका थिए । यस कारको पछाडि  बि एम डब्ल्युको अर्थ बी माई वाईफ लेखिएको थियो । यहि नै उनीहरुको विवाहको विशेषता थियो ।

अनुराग कश्यप र कल्की कोचलिन


निर्देशक तथा अभिनेता अनुराग कश्यप र अभिनेत्री कल्की कोचलिनको विवाह २०११ मा भएर २०१३ मा टुटेको थियो । तर उनीहरुको विवाहको एउटा चाखलाग्दो कुरा भने छ । उनीहरुले एक सय वर्ष पुरानो आँपको फेदमा विवाह गेका थिए । जुन रुखको फेदमा कल्की बाल्यकालमा खेल्ने गर्थिन् ।

मोरङ, कात्तिक २६ 
मोरङको टंकिसिनवारी-२ स्थित सेन्चुरी मसला फ्याक्ट्रीको गोदाममा विहीबार भिषण आगालगी भएको छ। साँझ ६ बजेतिर अचानक लागेको आगोले फ्याक्ट्रिको दुई तला, र दुईवटा गोदाम जलेर नष्ट भएको छ।
आगलागी पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरका कार्यालय प्रमुख प्रहरी नायव महानिरिक्षक केशरीराज घिमिरेसहितको स्थानिय नेपाल प्रहरीको टोली, नेपाली सेना, शसस्त्र प्रहरी र मोरङ, झापा, सुनसरी, सप्तरी, सिरहाबाट दम्कल र स्काइवेटरको सहयोगमा नियन्त्रणमा लिने कार्य भइरहेको छ।
आगलागीको अन्य क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

काठमाडौं / सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा फेल भए अब तीन महिना कुर्न नपर्ने भएको छ । एकपटक लिखित परीक्षा पास गरेपछि तीनपटकसम्म लगातार ट्रायल परीक्षा दिन पाइने भएको छ ।

दुई महिनाअघि सरकारले संशोधन गरेको सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ लाई यातायात व्यवस्था विभागले कार्यान्वयन गर्न लागेको हो । संशोधित नियमावलीमा एकपटक लिखित परीक्षा पास गरेपछि ९० दिनभित्र तीनपटकसम्म ट्रायल दिन पाउने प्रावधान रहेको र मंसिरदेखि त्यसलाई कार्यान्वयन गर्न लागिएको यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले बताए ।
मंसिरको पहिलो सातादेखि देशभरि परीक्षा सञ्चालन
नियमावली संशोधन भएयता देशभरि लाइसेन्स परीक्षा रोकिँदै आएको छ । सफ्टवेयर अपडेट गरेर मंसिरको पहिलो सातादेखि देशभरि परीक्षा सञ्चालन सुरु गरिने पाण्डेले बताए । हरेक महिना १५–१६ हजार सर्वसाधारणले लाइसेन्स परीक्षा दिने गरेका छन् । विभागले उपत्यकालगायत अञ्चल यातायात कार्यालयहरूमा क्षमता विस्तार गरी नयाँ नियमावली कार्यान्वयन गर्न लागेको हो ।
उपत्यकामा मीनभवनमा मोटरसाइकल तथा भद्रकालीस्थित नेसनल ट्रेडिङको जग्गामा विभागले गाडीको ट्रायल परीक्षा लिँदै आएको छ । विभागले गुर्जुधारामा आफ्नै ट्रायल सेन्टर बनाउँदै छ। बन्द भएको रोपवे कम्पनीको जग्गामा विभागले मोटरसाइकल र गाडीको ट्रायल सेन्टर बनाउने प्रक्रिया अघि बढाइसकेको छ ।
तीनवटा कार्यालय थपिने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनअनुसार यातायात व्यवस्था विभागले उपत्यकामा तीनवटा कार्यालय स्थापना गरेको छ । कलंकी, भक्तपुरको सल्लाघारी र चाबहिलमा नयाँ कार्यालय स्थापना गरिएको हो । ती कार्यालयले मंसिरको अन्तिमबाट सेवा सुरु गर्ने तयारी भइहरेको यातायात व्यवस्था विभागका प्रवक्ता पाण्डेले बताए । उपसचिवको नेतृत्वमा ती कार्यालयमा २६–२६ जना कर्मचारी हुनेछन् । लाइसेन्स परीक्षा लिनेदेखि सवारी दर्ता तथा नवीकरणका सबै काम ती कार्यालयबाट हुने पाण्डेले बताए ।
नयाँ दरबन्दी स्वीकृत भई कर्मचारी व्यवस्थापनको काम पनि भइरहेको उनको भनाइ छ । ललितपुरको एकान्तकुनामा मात्र कार्यालय हुँदा सेवाग्राहीको अत्यधिक भीड हुने गरेको थियो । बिहानैदेखि सर्वसाधारण लाइनमा बस्नुपर्दथ्यो। भीडकै कारण दलालहरूको चलखेल हुँदै आएको छ । सेवाग्राहीलाई सास्ती भएको भन्दै प्रधानमन्त्री प्रचण्डले गत भदौमा उपत्यकामा यायातात कार्यालय थप्न निर्देशन दिएका थिए। सोहीअुनसार थप तीन कार्यालय सुरु गर्न लागिएको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

काठमान्डौ, २६ कातिक । भारत सरकारले प्रतिबन्ध लगाएको ५०० र हजारको नोट नेपालमा तीन करोड बढी रहेको राष्ट्र बैंकले जनाएको छ । मुलुकका बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट इजाजत प्राप्त सटही केन्द्रसंग एक हजार र ५०० दरका भारतीय नोट तीन करोड ३६ लाख ९० करोड रहेको छ ।

राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितका अनुसार सर्वसाधारणसँग रहेको रकमको व्यवस्थापन र बैंकिङ प्रणालीमा रहेको रकमबारे जानकारी सहित राष्ट्र बैंकले आजै रिजर्भ बैंक अफ इन्डियालाई पत्र पठाएको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको उक्त रकम नै अन्तिम भएको सहप्रवक्ता पण्डितले जानकारी दिनुभयो । 


बिराट्नगर, कार्तिक २६ गते । एटीएम ह्याक गरी पैसा चोरी गर्ने गिरोह नेपालमा सक्रिय रहेको भन्दै प्रहरीले आफ्नो एटीएमको पासवर्ड तत्काल परिवर्तन गर्न सबैलाई अपिल गरेको छ ।

एटीएममार्फत पैसा चोरीमा संलग्न तीन रोमानीयाली पक्राउ परेपछि प्रहरीले यस्तो अपिल गरेको हो । उनीहरुको पक्राउसँगै प्रहरीले नेपालमा ठूलै अन्तराष्ट्रिय गिरोह सक्रिय रहेको पत्ता लगाएको हो ।
पक्राउ पर्नेमा जिता हुजुन, इओसिफ मोरारु र एलुक्स क्रिष्टेइन छन् । उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले पक्राउ गरेको हो ।

ब्यूरोका प्रमुख डीआईजी नवराज सिलवाल भन्छन्, ‘समातिएका तीनजनाबाट नेपालका एटीएमको पिनकोड अन्तर्राष्ट्रिय गिरोहमा पुगिसक्यो । त्यसैले जतिसक्दो चाँडो आफ्नो एटीएम पिन चेन्ज गर्नुहोला ।
नेपालमा हाल ३५ लाख एटीएम प्रयोगकर्ता छन् । ति मध्ये अधिकांशको एटीएम पासवर्ड चोरी भएको प्रहरीले जनाएको छ ।
प्रहरीले केही दिन अगाडिमा एटीएमबाट पैसा चोरने एकलाई पक्राउ गरिएको थियो ।


महिला र पुरुषको शारीरिक संरचनाको भिन्नताले उनीहरुका पहिरन पनि एक अर्काबाट भिन्न हुन्छन् । तर जापानी पुरुषहरुमा पछिल्लो दिनमा महिलाका भित्री वस्त्र लगाउनेक्रेज बढिरहेको छ ।
पुरुषहरुमा तिव्र रुपमा बढ्दै जाँदा पुरुषहरुले आफ्ना साइज अनुसारका महिलाले लगाउने भित्री वस्त्र अनलाइनमार्फत खरीद गर्न अर्डर गरिरहेका छन् ।

जापानमा महिला अन्डरगार्मेन्ट्सको माग यतिधेरै बढेको छ की कम्पनीहरुले पुरुषहरुलाई मिल्ने महिलाका भित्री वस्त्र उत्पादन गरिरहेका छन् । सपिंग मल र अनलाइनमा पुरुषहरुले आफ्ना लागि महिलाका भित्री वस्त्र खरीद गरिरहेका छन् ।पुरुषहरुले यसरी महिलाका कपडा लगाउने क्रेज बढाउनुमा हर्मोन परिवर्तन मुख्य कारक रहेको बताइएको छ ।

हमोर्नले गर्दा जापानी पुरुषहरुको सारीरिक संरचना परिवर्तन भैरहेको छ । छातिको आकार बढिरहेको छ भने सरीर स्लिम बनिरहेको छ ।पुरुषका लागि महिलाका जस्तै भित्री वस्त्र थपिएको मात्रहोइन पुरुषहरुका अन्य कपडा पहिले भन्दा स्लिम हुँदै गएका छन् र कम्पनीहरुले सोही मुताविक साँघुरा कपडा उत्पादन गरिरहनुपरेको छ ।

मासिक १० हजार रुपैयाको तलब, ५ हजार बसाई मै सकिने २ हजार यताउता , बचत ३ हजार भन्दा कम । यति सानो रकमको लागि पनि हाम्रा धेरै नेपालीहरु आफ्नो परिवार, समाज र देश छाडि परदेशीएका छन् । ‘नेपालमा बसेर के नै गर्न सकिएको छ र ? न काम छ, न पैसा नै’ यसो भनि बेरोजगारी समस्याबाट पन्छिन खोज्ने धेरैका लागि तिखो उत्तर बनेका छन् विराटनगरको छिमेकी गाविस टंकि सिनवारीका एक चटपटे व्यापारी मुन्ना साह ।
टंकि सिनवारी चौकमा चटपटे व्यवसाय गर्ने मुन्नाले यहि व्यवसायको आमदानीबाट दुई सन्तानलाई बोर्डिङ्ग स्कुलमा पढाउनुको साथै २ तले बिल्डिङ्ग पनि ठड्याएका छन् । ३२ वर्षे मुन्नाले यो व्यवसायमा लागेको २२ वर्ष भई सक्यो । उनको अनुसार उनी दश वर्षको उमेर देखि नै चटपटे बेच्दै आएका हुन् । ‘घरको आर्थीक समस्याको कारण ३ कक्षा पढ्दा पढ्दै काम गर्नु पर्ने अवस्था आयो’ परिवारको पाँच जना दाजु भाई मध्येका जेठो छोरो मुन्नाले आफ्नो दुखेसो पोखे ‘सुरुमा फ्याक्ट्रीमा केहि महिना काम गरे तर आम्दानी चित्त बुझ्दो र पर्याप्त नभएकाले कुनै व्यवसाय गर्न मन लाग्यो, अनि आमालाई भनेर चटपटे बेच्न थाले’ । आँफुले पढ्न नपाएको भए पनि उनले आफ्ना ६ वर्षे छोरा राशन र ९ वर्षे छोरी रोश्नीलाई स्थानीय अंग्रेजी माध्यमका स्कुलमा पढाएका छन् । ‘छोरा भन्दा छोरी पढाईमा जान्ने छे , जिउले साथ दिए उनिहरुलाई तिनिहरुले चाहेअनुसार जति पनी पढाउने छु’ मुन्नाले हौसीएर सुनाए ।
अहिले मुन्ना विहानै उठेर चटपटेको ठेला र डब्बाहरु सफा गर्छन, २ घण्टा नियमित त्यसमा लागे पछि सामान किन्नका लागि बजार पुग्छन् । बजारबाट भुजा, कागती, खोर्सानी लगायतका सामाग्री खरिद गरिसके पछि घर आई पुरी लगायतका सामग्री तयार गर्न भान्सा पस्छन् । यस काममा उनलाई श्रीमती प्रमिलाले पनि साथ दिने गर्छिन । उनले २०५० सालमा विवाह गरी सोनापुर सुनसरीबाट भित्र्याएका प्रमिलाले उनलाई हरेक समस्यामा साथ दिएको बताउछन् उनी । ‘रोजी रोटी र कमाई राम्रैसँग चलेको छ, खासै समस्या छैन त्यसैले पनि श्रीमान्को काम प्रति केहि आपत्ती छै्रन ।’ प्रमिलाले भनिन् । करिब ६ वर्ष अघि परिवारबाट अलग्गीएर बसेका भए पनि आफुले आमा बुबा र भाईहरु प्रतिको जिम्मेवारी पुरा गरी रहेको बताए । ‘मेरो दुई भाई विदेशमा काम गर्दैछन् अनि दुई जना प्रहरीमा लागेका छन् ।’ विदेश गएका भाईहरु प्रति असन्तुष्टि जनाउदै उनी भन्छन् ‘फर्केर आउन भनी रहेको छु , सुन्दैनन् ।’ उनी काम सानो ठुलो नभनी मिहिनेत गरे यहि पनि विदेश भन्दा बढि कमाउन सकिने कुरा बताउछन् । दैनिक १४ घण्टा चटपटे व्यवसायमा लगाउने उनी अहिले मासिक ३० हजार भन्दा बढि आम्दानी गर्ने बताउछन् । ‘घरायसी खर्च कटाएर मासिक २० हजार बढि बचत गर्ने गरेको छु । यसरी दशौ वर्ष मिहिनेत गरी अहिले घर बनाएको हुँ । अहिलेसम्म पच्चिस लाख यो घरमा खर्च गरिसँके , पुरै निर्माण गर्न ३० लाख लाग्ला । ’
सप्रेको व्यापार, राम्रै आम्दानी विच पनि उनलाई समस्याले भने छाडेको छैन ‘केहि दिन अघि घर निर्माणका लागि राखेको ५० हजारको छड चोरी भयो ’ आफ्नो पसिनाप्रतिको मायामा उनले सुनाए ‘स्वास्थ्य पनि ठिक छैन, केहि समय अघि विरामी पर्दा पनि ७० हजार भन्दा बढि खर्च भयो । विरामी भएकाले ठेला तान्न समस्या हुन्छ ।’
‘मेरा लागि त मेरो ग्राहक सबै देवता हुन, तिनीहरुको मायाले नै आज मुन्ना चटपटेवाला भनेर चिनिन पाएको छु ।’ आफ्नो छुट्टै अस्तित्व प्रति गर्व व्यक्त गर्छन उनी । हुन पनि आधा दर्जन बढि चटपटे व्यापारीले व्यापार गर्ने टंकी सिनवारी चौकमा मुन्ना चटपटेवाला भनी धेरै उनको ठेला मै झुम्मिन्छन् । किन त ग्राहकले तपाईलाई नै खोजेको ? भन्ने प्रश्नमा उनी भन्छन् ‘मुन्नाले ग्राहकसँग मिठो बोल्छ, कहिले काँही ग्राहकले भने जस्तो चटपटे नभए फेरी पनि बनाएर दिने गरेको छु , स्थानिय भएकैले पनि धेरैले माया गर्नु हुन्छ’ । ‘तर जस्तो भए पनि अहिले पहिलेको जस्तो व्यवसाय गर्न सजिलो भने छैन’ उनी भन्छन् ‘सामान महङ्गो भएको छ, फाइदा कम हुन्छ अझ प्रतिस्पर्धा पनि बढेको छ’ । ५–६ वर्ष अघिसम्म पनि टंकि चौकमा एक्लै चटपटे बेच्ने मुन्नाले अहिले आफ्नो व्यवसाय झण्डै आधा दर्जन व्यापारीसँग बाड्नु परेको छ । प्रतिस्पर्धा बढेकोमा भने उनलाई कुनै चिन्ता छैन भन्छन् ‘सबैले गरी खाउन्, मिहिनेत गर्न लजाउनु हुन्न’ ।
जागीर नपाई बेरोजगार भई बसेका युवालाई उनी भन्छन् ‘ मैले जस्तो चटपटे नै बेच्नु पर्छ भन्ने छैन तर श्रमलाई हेला नगरी कुनै पनि काममा आफु लाग्ने हो भने पैसा कमाउन असम्भव छैन , कमाउन कै लागी पनि विदेश जानु पर्दैन ।' 
Source:OurBiratnagar

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.