बिराटनगर कार्तिक १९ , गत कार्तिक १४ गते राती बिराटनगर-५ गोकुल टोलका ३३ वर्षिय बिपिन कटुवाललाई कुटपिट तथा ईटाले प्रहार गरी हत्या भएको छ। हत्या गरेको अभियोगमा तीन जना समेत पक्राउ परेका छन।

पक्राउ पर्नेमा विराटनगर ४ बस्ने १८ वर्षिय सुरज मण्डल, सोही ठाउँ बस्ने २९ वर्षिय सुरेश कटुवाल र २७ वर्षिय भीम बहादुर मगर रहेका छन।उनीहरु सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङले बिहिबार सार्वजनिक गरेको हो।पक्राउ परेका ३ जना उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
लेबल:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.