९ असोज २०७३  राजविराज ।
प्रहरी चौकी तिलाठीले भारततर्फ लैजादै गरेको ५० क्वाटर मदिरासहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरी टोलीले सप्तरीको तिलाठी ८ खाँडोबाट सकरपुरा ५ निवासी पवन मण्डलले ब्यापारीक प्रयोजनका लागी नेपालबाट भारततर्फ भन्सार छली लैजाँदै गर्दा ५० क्वाटर गोल्डेन ओके मदिरासहित उनलाई पक्राउ गरेको जनाएको छ । 
यता जिल्ला प्रहरी कार्यालय सप्तरीले मदिरा र पक्राउ गरेको मण्डललाई भन्सार कार्यालय तिलाठीमा बुझाएको जनाएको छ । 
यस्तै सुरक्षा बेस क्याम्प पत्थरगाडाबाट गस्तीमा खटिएको प्रहरी टोलीले पत्थरगाडा ५ पोखरिया टोलबाट साइकल चेकजाँच गर्दा २० लिटर घरेलु मदिरा बरामद गरेको छ| याे खबर अाजकाे राजविराज दैनिक बाट लिएकाे हाे ।  

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.