भूमिसुधार तथा ब्यवस्था मन्त्री विक्रम पाण्डेले थारुहरुको सबैभन्दा ठूलो चाड जितियमा राष्ट्रिय विदा हुनुपर्ने बताएका छन्। माडी नगरपालिकाको बसन्तपुरमा थारुहरुको जितिया पर्वको झम्टा नृत्य प्रतियोगिता कार्यक्रममा बोल्दै पाण्डेले यस्तो बताएका हुन्। 

पाण्डेले तराईमा रहेर नेपाल भारतको सीमा सुरक्षाको काम गर्ने विना बर्दीका सिपाही थारु समुदायको यति ठूलो चाड ठूलो जनसंख्या र राजनीतिक दलमा प्रतिनिधित्व भएको बताउँदै राष्ट्रिय विदाको पहल नगरेकोमा दुःख ब्यक्त गरे। विभिन्न समुदायको पर्वमा राष्ट्रिय विदा दिँदैआएको सरकारले थारु समुदायको पर्व जितियाका लागि राष्ट्रिय विदा दिनुपर्ने बताए। त्यसका लागि आफूले पहल गर्ने उनले बताए।
आपनो क्षेत्रमा आउने बेलामा कुनै न कुनै नयाँ उपहार लिएर आउने बताउँदै जितिया पर्वमा पनि माडी बासिका लागि खुसीको खबर लिएर आएको बताए। उनले माडीमा निर्माणधीन थारु संस्कृति संग्राहलय निर्माणको लागि रु ११ लाख दिने घोषणा गरे। उनले गर्दी सेरुवाका आमा समूहलाई ७० हजार सहयोग गर्ने घोषणा गरे। पाण्डेले माडी बासीको लागि ३ सय ल्याण्डलाइन सुविधा दिने काम अगाडि बढिसकेको बताए।

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.