बिराटनगर ,१४ आश्विन – दशैतिहारलाई लक्षित गरेर मोबाइल कम्पनीहरुले ग्राहकलाई आकर्षक छुट र अफर दिन थालेका छन् । कम्पनीहरूले बजारीकरणका लागि चाडपर्वलाई कुरिरहेका हुन्छन् भने सेवाग्राहीहरू पनि यस्ता चाडपर्व कुरेर किनमेल गर्ने गर्दछन् ।


साम्सुङ


सामसुङले ‘हरेक दिन लखपति अफर योजना’ ल्याएको छ । ४० दिनसम्म ४० लाख जित्ने मौका दिइएको यो अफरअन्तर्गत सामसुङ स्मार्टफोनको खरिदमा हरेक दिन लक्की ड्रमार्फत एक जनाका लागि रू. १ लाख जित्ने मौका र हरेक दिन ३ जनाले विभिन्न सामसुङका प्रडक्ट जित्न सक्छन् । उसले यो अवसरमा अधिकांश मोडलका स्मार्टफोनको मूल्य घटाएको छ ।

हुवावे

त्यस्तै हुवावे उपभोक्ता व्यवसाय समूहले दशैं अफरका रूपमा ‘प्राइज एक–सा–एक, यो दशैंमा भाग्यशाली अनेक’ नामक योजना ल्याएको छ । यो अफरअन्तर्गत ग्राहकले हुवावेको कुनै पनि स्मार्टफोनको खरिद गरी हरेक हप्ता र १५ दिनमा विभिन्न उपहार जित्न सक्नेछन् । लक्की ड्रमार्फत ग्राहकले हरेक हप्ता सयओटा पावर बैंक, २० ओटा स्मार्टफोन र किटसहित चार जाएन्ट साइकल प्राप्त गर्नेछन् ।

जियाेनी

जियोनी मोबाइलले ल्याएको ‘जियोनी उत्सव अफर, दुबई सफर’ अन्तर्गत हरेक जियोनी स्मार्टफोनको खरिदमा प्राप्त हुने स्क्य्राच कार्डमार्फत एक्सक्लुसिभ गिप्mट, ५० जियोनी एफ १०३ प्रो मोबाइल सेट प्राप्त गर्न सकिन्छ ।

पानासाेनिक
पानासोनिक मोबाइलले ल्याएको ‘१०० प्रतिशत क्यासब्याक अफर’ अन्तर्गत कुनै पनि पानासोनिक स्मार्ट खरिद गरी ५ भाग्यशाली ग्राहकले हरेक दिन लक्की ड्रमार्फत पूरै पैसा फिर्ता पाउन सक्नेछन् ।
माइक्रोम्याक्स

माइक्रोम्याक्सले ल्याएको ‘उपहार म्याक्सिमम्, खुसी म्याक्सिमम’ अफरअन्तर्गत बम्पर उपहार सुजुकी मोटरसाइकल दिइनेछ भने हरेक स्मार्टफोनको खरिदमा ग्रँहकले स्योर सटको नगद उपहारसमेत पाउनेछन् । लक्की ड्रमार्फत् ५ जना भाग्यशाली ग्राहकहरूले एलइडी टेलिभिजन पाउन सक्नेछन् ।

जेडटिइ

जेडटिइले स्मार्टफोनको खरिदमा क्यास ब्याक अफर र अन्य आकर्षक उपहार घोषणा गरेको छ । यो दशैंमा कुनै पनि ZTE Smartphone किन्दा रु ५०० देखि रु २००० सम्म SAVE गर्न सकिन्छ ।

लेनोभो

लेनाेभाे स्मार्टफोनले ल्याएको वीनान्जा अफरमा उपभोक्ताहरूले बम्पर उपहारस्वरुप सुजुकी जिक्सर बाइक जित्न सक्नेछन् भने हरेक साताको लक्की ड्रमार्फत् लेनोभो ट्याब्लेटहरू तथा नोटबुक जित्नेछन् ।
लाभा
लाभा मोबाइलले दसैं तिहारलाई लक्षित गरेर ‘लाभाको ह्विल्स एन्ड थ्रिल्स अफर’ जारी गरेको छ । नयाँ ग्राहकलाई उपहार जित्ने अवसर प्रदान गर्न यो अफर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । योजनाअनुसार प्रत्येक १५ दिनमा बुलेट मोटरसाइकल र थाइल्यान्ड भ्रमण तथा प्रत्येक सातामा ३२ इन्चको एलईडी टीभी प्राप्त गर्ने कम्पनीले जनाएको छ । त्यस्तै हरेक दिन लाभा स्मार्टफोन जित्ने अवसरसमेत छ ।
अन्य माेबाइल, कम्प्लेक्स, एक्स्पाे अादिमा छुट
सिटिभी मोबाइलले आफ्ना आउटलेटबाट मोबाइल खरिद गर्दा अर्को मोबाइल अफर तथा लक्की ड्रमा मोटरसाइकल उपहार दिने योजना ल्याएको छ । त्यस्तै दशैंअगाडि आएको मेइजुले पनि आफ्ना २ मोडलका नयाँ स्मार्टफोनमा छुट प्रदान गरेको जनाएको छ ।

कलर्सले क्लासिक लिग (ईपिएल) ज्वाइन गरेबापत ग्राहकलाई प्रत्येक हप्ता उपहारहरू र कलर्स फोन उपलब्ध गराइरहेको छ । यसका साथै साओमी, ओप्पो, जेडटिई, वान प्लस, माइक्रोम्याक्स, लाभा लगायतले आफ्ना मोबाइलमा छुट दिएका छन् । दशैतिहारको अवसरमा आयोजित मोबाइल एक्स्पोहरूमा समेत अधिकांश मोबाइलहरूले छुटसहित विक्री गरिरहेका छन् ।

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.