बलिउडमा कार्यरत पाकिस्तानी कलाकारलाई भारत छाड्न धम्की दिइएको छ ।
राज ठाकरे नेतृत्वको महाराष्ट्र नवनिर्माण सेना (एमएनएस) ले भारतमा रहेका पाकिस्तानी कलाकारलाई ४८ घण्टाभित्र भारत छाड्न धम्की दिइएको हो । शिव सेनाबाट अलग्गिएर बनेको एमएनएसले हिन्दु एवं मराठीहरुको पक्षमा वकालत गर्दै आएको छ ।

भारत र पाकिस्तानबीच पछिल्लो समय बढेको तनावलाई निहुँ बनाएर सो दलले भारतमा रहेका पाकिस्तानी कलाकारलाई भारत छाड्न चेतावनी दिएको हो ।
भारतमा फवाद खान, अली जाफर, महिरा खान, अतीफ असलम लगायतका ३० भन्दा बढी पाकिस्तानी कलाकार कृयाशील छन् ।
एमएनएसका अनुसार ४८ घण्टाभित्र पाकिस्तानी कलाकारले भारत नछाडे उनीहरुमात्र नभई ती कलाकारलाई काम दिने निर्माता–निर्देशकलाई समेत निशाना बनाइने भएको छ । सो दलले महाराष्ट्रमा कार्यरत उत्तर भारतीयमाथि समेत बेलाबखत आक्रमण गर्दै आएको छ ।

- source Indianews

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.