ताजा अपडेट

मंसिर ५ – भारतको कानपुरमा रेल दुर्घटना हुँदा कम्तिमा ६३ जनाको ज्यान गएको छ । आइतबार बिहान पटना–इन्दौर एक्सप्रेस रेलको १४ वटा डिब्बा लिकबाट उछुट्टिएर भएको दुर्घटना एक सय ५० भन्दा धेरै यात्रु घाइते भएका छन् । 

इन्दौरबाट पटनाका लागि छुटेको रेल दुर्घटनामा परेको हो । कानपुर नजिकैको पुखरायां स्टेशनमा दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेको संख्या बढ्न सक्ने कानपुर प्रहरीका अधिकारी दलजीत चौधरीले बताएका छन् । घाइतेलाई नजिकैका अस्पताल लगिएको छ 




रौतहट, ३० कात्तिक । रौतहटको देवाहीमा सोमबार बिहान डाका समूह र प्रहरीबीचको भिडन्तमा एक जनाको मृत्यु भएको छ । गाउमा हतियारधारी समूह पसेको सूचना पाएपछि अञ्चल प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली देवाही ८ मा पुग्दा हतियारधारी डाकाको समूहसग झडप भएको हो ।
बिहान ६ बजे देवाही वडा नं. ८ मा प्रहरी देखेपछि चार जनाको समूहमा रहेका डाकाहरुले गोली चलाएका थिए । प्रहरी र डाकाबीच भएको दोहोरो गोली हानाहानमा एक डाकाको मृत्यु भएको छ भने प्रहरी तर्फ प्रहरी जवान सुरेन्द्र चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका अन्दाजी ३० वर्षीय पुरुषको सनाखत हुन सकेको छैन । उनको टाउकोमा गोली लागेको छ ।
यता खुट्टामा गोली लागेको प्रहरी जवान चौधरीलाई थप उपचारको लागि हेटौंडा पठाइएको छ । प्रहरीले घटनास्थलबाट तीन थान हतियार र गोलीहरु बरामद गरेको छ । 
घटनास्थलबाट अत्याधुनिक इन्सास राइफल एक थान, मेड इन इटाली लेखिएको पेस्तोल र त्यसको म्याग्जिन तथा एक थान कटुवा पेस्तोल बरामद गरेको रौतहटका डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए । घटनास्थलबाट बरामद भएको इन्सास राइफल नेपालमा नेपाली सेनाले मात्रै प्रयोग गर्छ भने भारतमा सीमा सुरक्षा बल एसएसबी लगायतले प्रयोग गर्दछन् । प्रहरीले ईन्सास राइफलमा प्रयोग हुने १५ थान गोलीसमेत बरामद गरेको छ ।


जनकपुरधाम, २९ कात्तिक । धनुषाको बहेडाबेलाकी एक वृद्धालाई बोक्सीको आरोपमा मल मुत्र खुवाउने प्रयास भएको छ ।
बहेडाबेला गाविस वडा नम्वर २ निवासी एकल महिला वर्ष ८० की फुलेसरी देवी यादवलाई गत बुधवार अवेर सांझ बोक्सीको आरोपमा मलमुत्र खुवाउने प्रयास भएको परिवारजनले आरोप लगाएका हुन् । कात्तिक पुर्णिमाको पूर्व सन्ध्यामा  धनुषामा यस्तो घटना सार्वजनिक भएको हो । जिल्लाका धामीझाक्रीहरु कमला स्नानको तयारीमा रहदा एकल महिलालाई बोक्सीको आरोपमा मलमुत्र खुवाउने प्रयास गरिएको हो ।  
स्थानिय देवनारायण मंडल र उनको छोरा जय कुमार मंडल लगायतले मल मुत्र खुवाउने प्रयास गरेको पीडित महिला यादवले बताइन् । तर आफनो छोरा तथा बुहारीले बचाउन खोज्दा उल्टै आफना पकड्का व्यक्तिहरुलाई परिचालन गरेर कुटपिट गरेको उनले बताइन् । 
जयकुमार यादवकी कान्छी छोरी टुनामुनाकै कारण विरामी भएको आरोप लगाउंदै भएको विवाद झडपमा परिणत भएको स्थानियहरुको भनाई छ ।
झडपमा परी पीडित फुलेसरीकी छोरा चन्दे यादवको धरानमा उपचार भईरहेको बताइएको छ भने पीडित भन्ने देवनारायण पक्षका समेत एक जनालाई धरान पठाइएको बताइएको छ । 
यता घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पीडित पक्षका सत्यनारायण यादव, तपेश्वर यादव, भोला यादव, मनोहर यादव, बिरेन्द्र यादव, दिलिप राउत, राकेश यादव, मंजे यादव र रोशन यादवलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु सम्पुर्ण नेकपा एमालेका स्थानिय नेताहरु भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक लालमणी आचार्यले फुलेसरी देवीकै पक्षबाट विवादको सुरुवात भएको दावी गर्दै क्षति भने देवनारायण पक्षको भएको स्पष्ट गरे ।
यता नेकपा एमाले धनुषाले घटनाबारेमा सत्यतथ्य जांचबुझ गरी कारवाही प्रक्रिया अगाडि बढाउन दवाव दिएको छ । जिल्ला अध्यक्ष राजकिशोर यादवको नेतृत्वमा हरिनारायण महतो लगायतका २ दर्जन बढी नेताहरु जिप्रकाका प्रमुख लालमणी आचार्यलाई ध्यानाकर्षण गराएका हुन् । गृहमंत्रीको दबाबमा एमालेका कार्यकर्ताहरुलाई मात्र पक्राउ गरिएको उनीहरुले आरोप समेत लगाएका छन् ।


वीरगन्ज, ३० कात्तिक ।     वीरगन्जको इनर्वास्थित रजत चोक नजिकै एक जना महिलालाई प्रहरीको समुहले नियन्त्रणमा लिई लछारपछार गरी निर्घात कुटपिट गरेको दृष्य यतिखेर समाजिक संजालहरुमा भाइरल भइरहेको छ । 
बोलीमा मिठोपना देखाउने पर्साका प्रहरी उपरीक्षक पछल्लो समयमा सम्प्रदायिक मानसिक्ताले प्रेरित भई स्थानीय समुदाय बिरुद्ध परिचालन गरेको भन्न थालिएको छ ।
दृष्य भाइरल भएपछि जिल्ला प्रहरी कार्यालयले ति प्रहरीहरुलाई झिकाई छानबिन सुरु गरेको जनाएको छ । बद्नाम भएपछि नेपाल प्रहरीले घुमुवा परिचालन बन्द गरेपनि घुमुवा प्रकृतिकै काम गर्न ‘टाईगर टोली’ अपराध नियन्त्रणका लागि भनेर पर्सा प्रहरीले खटाएकोमा यस्ता घट्ना पटक पटक दोह्रिदैछ ।
   
 टाइगरको दुई नम्बर टोलीले गत 
बुधवार रक्सोलबाट वीरगन्जतिर ४ जोर नयँ जुता भन्सार नतिरी लिएर आउदै गर्दा महिला चन्दा कुमारीलाई नियन्त्रणमा लिएर लछारपछार गर्दै कुटेको थियो । छुटाउन खोज्ने स्थानीयलाई पनि ति प्रहरीले दुब्यवहार गरेको प्रत्यक्षदर्शीले बताए । 
सबै दृष्यलाई नजिकै घर भएका एक स्थानीय मानिसले मोबाईलबाट छायांकन गरेको तस्विर र भिडियो भाइरल भएपछि जनआक्रोश बढेको हो ।  प्रहरी हवल्दार शान्तमणी लम्साल, प्रहरी जवान रजनीश ठाकुर र प्रहरी चौकी ईनर्वाका एकजना प्रहरी जवानले घट्ना गरेको खुलेको छ ।
नेपाल प्रहरीले जनतासंग संगठनको सम्बन्ध सुमधुर पार्न ‘प्रहरी मेरो साथी’ जस्ता अभियान चलाई रहेको बेला पर्सा प्रहरीको एउटा टोलीले गरेको यो घटनाको विरोध  भएको छ । महिलासंग प्लास्टिकको झोलामा रहेको जुत्ता खोसीसकेपछि पनि प्रहरी जवान ठाकुरले महिलाको टाउकोमा हिर्काएको दृष्य देखिएको छ ।  ‘फेसबुकमा हामी प्रचार त गर्दैनौ, पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठ भने, ‘प्रहरीको छवी बिगर्ने काम भएकोले गम्भीर किसिमकै बिभागीय कारवाही हुन्छ ।

३० कात्तिक, काठमाडौं । मकाउलाई पराजित गर्दै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ । यससँगै यू-२३ सहित उपाधिको हृयाटि्रक मात्र गरेन, पहिलो महादेशीय उपाधि पनि उचाल्यो ।
मलेसियाको कुचिङमा मंगलबार भएको फाइनल भिडन्तमा नेपालले मकाउलाई १-० गोल अन्तरले पराजित गरेको छ ।
नेपालको जितमा सुजल श्रेष्ठले निणर्ायक गोल गरे । खेलको २९ औं मिनेटमा भरत खवासको पासमा सुजलले हेड गोल गरेका थिए ।
पानी परेका कारण हिलाम्मे मैदानमा नेपालले मकाउमाथि लगातार दबाव दिएको थियो ।

नेपालले माघमा बङ्गबन्धु कपको उपाधि जितेको थियो । तर, यो अन्तराष्ट्रिय मान्यता पाएको प्रतियोगिता थिएन । लगतै सागको फुटबलमा स्वर्ण जितेको नेपालको एकै क्यालेेण्डर वर्षमा यो तेस्रो उपाधि हो ।

काठमाडौं, २९ कात्तिक । द्वन्द्वकालिन केही गम्भीर अपराधमा उन्मुक्ति दिन मिल्ने गरी सरकारले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन सम्बन्धी दुई आयोगको ऐन संशोधन तयारी गरेको छ । 
बम बिष्फोट, सामुहिक हत्या र अन्तर्राष्ट्रिय कानुनविपरितका केही गम्भीर अपराधमा उन्मुक्ति दिन सकिने गरी सरकारले ऐन संशोधन तयारी गरेको हो ।
विद्यमान ऐनअनुसार द्वन्द्वकालिन मुद्दाहरू सम्बोधन गर्न “सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन’ आयोग गठन गरिएको छ । ती आयोगले द्वन्द्वकालिन उजुरी संकलन गरिसकेका छन् । उजुरी छानबिनकै चरणमा छन् ।
सर्वोच्च अदालतको फैसलालाई आफू अनुकुल व्याख्या गर्दै सरकारले ऐन संशोधन तयारी गरेको हो । संशोधन प्रस्तावमा ऐनमा रहेको गम्भीर अपराधसम्बन्धी नौ नम्बर बुँदा हटाइएको छ । उक्त बुँदामा रहेको अन्तर्राष्ट्रिय मानवअधिकार वा मानवीय कानुनविपरित गरिएका जुनसुकै किसिमका अमानवीय कार्य वा मानवताविरूद्धको अपराधलाई हटाइएको छ । आजको नागरिक दैनिकमा खबर छ । 

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.